१२ चैत २०८२

प्रदेश

नेपाली शिक्षक चिनियाँ संस्कृति सिक्दै

काठमाडौँ, ९ मङ्सिर,,   कलङ्कीस्थित लर्निङ रियल्म, इन्टनेशनल (एलआरआई) विद्यालय परिसरमा अहिले देशका विभिन्न विद्यालयका शिक्षक चिनियाँ भाषा, साहित्य तथा संस्कृति सिक्दैछन् । सम्बन्धित विद्यालयका शिक्षकले त्यहाँको संस्कृतिका विभिन्न पक्ष तथा प्रारम्भिक भाषाको दीक्षा लिएपछि नयाँ संस्कृतिलाई आफ्ना विद्यार्थीलाई बुझाइने उनीहरुको तयारी छ । चीन सरकारको सहयोगमा गत कात्तिक २७ गतेदेखि...बाँकी अंश →


हाटबजारका तरकारीको पनि विषादी अवशेष परीक्षण

खस्यौली, ९ मङ्सिर,,    रुपन्देहीमा स्थानीय हाटबजारमा आउने तरकारी तथा फलफूलको समेत विषादी अवशेषको परीक्षण हुनथालेको छ । केही महीनादेखि बुटवल र भैरहवाको हाटबजारमा आउने तरकारीको विषादीको अवशेष परीक्षण भइरहेको विषादी अवशेष द्रूत एकाइ विश्लेषणका प्रमुख तथा बाली विकास अधिकृत रामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले तरकारी उत्पादन क्षेत्रबाट समेत...बाँकी अंश →


काङ्ग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने

काठमाडौँ, ९ मङ्सिर,,   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।...बाँकी अंश →


तल्लो मोदीखोलाको जलविद्युत् उत्पादन पुसभित्रै

पर्वत, ९ मङ्सिर,,   पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम...बाँकी अंश →


कालभैरव मन्दिरको प्रचारका लागि दौड

दमौली, ९ मङ्सिर ,,   तनहुँको म्याग्दे गाउँपालिका–५ मुलाबारीस्थित कालभैरव मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आज दौड प्रतियोगिता आयोजना गरिएको छ । कालभैरव मन्दिर विकास समितिले मन्दिरको प्रचारप्रसार गर्दै मुलाबारीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । थर्पु बजारदेखि मन्दिरसम्म आयोजना गरिएको दौडको उपाधि खगेन्द्र रानाभाटले जित्नुभएको छ ।...बाँकी अंश →


रेग्मीको ‘हरितारा’ खण्डकाव्य विमोचित

पर्वत, ९ मङ्सिर ,,   कवि एवं साहित्यकार टुकनाथ रेग्मी (बेलुराम) को दोस्रो खण्डकाव्य ‘हरितारा’ विमोचन भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने र बसाइँ सरेर शहर झर्ने युवालाई स्वदेश र गाउँमै बस्न आग्रह गरेर यो खण्डकाव्य तयार भएको कवि रेग्मीले बताउनुभयो । गाउँघरमा जमीन बाँझिएको, पारिवारिक विखण्डन बढेको, धार्मिक र...बाँकी अंश →


मृतक परिवारलाई राहत दिइने

राजविराज, ९ मङ्सिर,,   प्रदेश नं २ को सरकारले सप्तरी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई रु एक÷एक लाख राहत दिने भएको छ । दुर्घटनामा घाइते भएकाको अवस्था तथा मृतकलाई श्रद्धाञ्जलि दिन सप्तरी आउनुभएका प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतक परिवारलाई रु एक÷एक लाख राहतस्वरुप दिने दिने...बाँकी अंश →


आमालाई दुव्र्यसनीसम्बन्धी प्रशिक्षण

तुलसीपुर, ९ मङ्सिर,,   यहाँका करीब एक सय बढी आमालाई लागुऔषध सेवन गरेको थाहा पाउने विषयमा शनिबार प्रशिक्षण दिइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र दाङ र नार्कोनानले दाङका १० वटै स्थानीय तहका महिलालाई सहभागी गराएको थियो । कार्यक्रममा सहभागी आमालाई नार्कोनानका दक्षिण एशिया संयोजक तथा नेपाल पूर्वप्रहरी सङ्गठनका अध्यक्ष वरिष्ठ...बाँकी अंश →


श्वासप्रश्वास र आँखाका बिरामी बढ्दै

बर्दिवास, ९ मङ्सिर,,   महोत्तरी जिल्लामा श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकादेखि सुदूर दक्षिणी भेगको जलेश्वर नगर क्षेत्रका सबैजसो ठाउँमा अहिले श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या निकै बढेको अस्पताल र स्वास्थ्य संस्थाले जानकारी दिएका हुन् । बर्दिवास नगर क्षेत्रका सरकारीदेखि निजी क्षेत्रका...बाँकी अंश →


हातेमालो गर्दै हिंसाप्रभावित महिला

घोराही, ९ मङ्सिर ,,   घोराही–१८ की सरस्वती खत्री, घोराही–९ की डिला चौधरी, तुलसीपुरकी दीपा बस्नेत, देउखुरीकी पिङ्की सिंहलगायतका महिला अहिले एकै ठाउँमा बस्छन् । आफ्ना आफन्त, घरपरिवारबाट अपहेलना, दुव्र्यवहार, यातना सहन नसेकेर घरबाट निस्कन बाध्य उनीहरु अहिले एकैथलोमा बसेर सामूहिक व्यवसाय गरिरहेका छन् । नेपाल महिला सामुदायिक केन्द्रकी विमला योगीले...बाँकी अंश →


बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

नारायणपुर, ९ मङ्सिर ,,   दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो । दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । जैशी दमको रोगी...बाँकी अंश →


मा.हृदेश त्रिपाठी को नेतृत्वमा मिश्र र गुप्ता लाई हुलाकी सडक निर्माण गर्न अर्थमंत्री द्वारा प्रतिबद्धता

कपिलवस्तु ९ मङ्सिर,,   कपिलबस्तुको हुलाकी सडक खण्ड बर्षो देखि जीण अवस्थामा रहेको साथै बिभिन्न समयमा बिभिन्न सरकार र चुनाव आउदा विभिन्न नेता हरुले कपिलबस्तु हुलाकी सडक खण्ड कालो पत्रे निमार्ण गराएर छाडने प्रतिवद्धता जाहीर गरेपनि चुनाव जिते पछि सबै कुरा बिर्सेर सेल्फी मात्र खिचाउने जस्तो देखिएको छ। हुलाकी सडक खण्ड...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter