१२ चैत २०८२

प्रदेश

दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

काठमाडौँ, १७ मङ्सिर,,   काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो...बाँकी अंश →


अर्जुनधारामा दैनिक १५ हजार भक्तजन

भद्रपुर, १७ मङ्सिर,,   पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट भक्तजन आएका...बाँकी अंश →


पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ

साँखु, १७ मङ्सिर,, काठमाडौँ जोरपाटीको नयाँबस्तीबाट आइतबार मध्यराति जुवा खेलिरहेको अवस्थामा रु पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ स्थित राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेष्ट हाउसबाट १६ थान...बाँकी अंश →


लिफ्टिङ खानेपानी आयोजना सम्पन्न

बेझाड, १७ मङ्सिर,,   रामपुर नगरपालिका–५ मा बहखोलामा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा बहखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको हो । उक्त खानेपानी आयोजना निर्माणका लागि नगरपालिकाबाट रु पाँच लाख विनियोजित रकममध्ये रु तीन लाख ६४ हजार ४०० प्राविधिकको...बाँकी अंश →


हिन्दू सम्मेलन सम्पन्न

धनुषा, १७ मङ्सिर,,  विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय गरिएको विश्व हिन्दू युवा परिषद्का प्रवक्ता मिथुन साहले बताउनुभयो । सम्मेलनले...बाँकी अंश →


सौन्दर्यकी खानी बराहपोखरी

खोटाङ, १६ मङ्सिर,,   चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्न थालेको छ । पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडै पहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछा...बाँकी अंश →


तुरतुरेमा नौकाविहार

बागलुङ, १६ मङ्सिर ,,   पहिरोले बडिगाड खोला थुनेपछि बनेको तुरतुरे तालमा नौकाविहार सञ्चालनमा ल्याइएको छ । ताल घुम्ने पर्यटकलाई लक्षित गरी व्यावसायिकरूपमा नौकाविहार शुरु गरिएको हो । ताल प्रभावित क्षेत्रका बासिन्दाले ताललाई आयआर्जनसँग जोड्न यस्तो जुक्ति निकालेका हुन् । स्थानीयबासीले ‘तुरतुरे ताल डुङ्गा सञ्चालन समिति’ समेत बनाएका छन् । तत्काललाई...बाँकी अंश →


शान्ति सुरक्षा कायम गर्न आग्रह

काठमाडौँ, १६ मङ्सिर,,   एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बलात्कार र महिला हिंसा लगायत घटना दिन प्रतिदिन बढ्दै गएको उल्लेख गर्दै त्यसको अन्त्य...बाँकी अंश →


महिलाबाट सामूहिक आलु तथा लसुन खेती

रामपुर, १६ मङ्सिर,,   पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा लसुन रोपेका छन् । पूर्वखोला–२ जल्पाको खान्तुङ खोलाको नजीकै ५४ रोपनी जग्गामा ५२ क्वीन्टल आलु तथा १०५ किलो लसुन रोपिएको समूहका...बाँकी अंश →


एड्सबाट आठको मृत्यु

सल्यान, १६ मङ्सिर,,   एचआइभी एड्सका कारण यहाँ आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म सङ्क्रमित आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ...बाँकी अंश →


रानीपोखरी पुनःनिर्माण : प्राविधिक क्षमता परीक्षण हुँदै

काठमाडौँ, १६ मङ्सिर,,   रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरे/नगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन्÷होइनन् जस्ता विषयमा प्राविधिक क्षमता परीक्षण भइरहेको काठमाडौँ महानगरपालिकाले...बाँकी अंश →


सोरठी नाच देखाउँदै स्वास्थ्य एकाइ

गलकोट, १६ मङ्सिर ,,   धम्जाको सामुदायिक स्वास्थ्य एकाइले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न लोपोन्मुख सोरठी नाच प्रदर्शन गरेर आर्थिक सहयोग सङ्कलन गरिरहेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ मा रहेको सो एकाइमा नयाँ सेवा थप गर्न र निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउन सोरठी नाचबाट आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको एकाइ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter