
बैतडी, १८ मङ्सिर ,, ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका...बाँकी अंश →

दाङ, १८ मङ्सिर,, चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । अहिले ताल अवलोकन, घुमघाम...बाँकी अंश →

भद्रपुर, १७ मङ्सिर,, झापाको मेचीनगर नगरपालिका–१० मा आज हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले रोकेको हो । धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् छात्रा इर्शा खातुनको विवाह हुँदैछ भन्ने थाहा...बाँकी अंश →

काठमाडौँ, १७ मङ्सिर,, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । उक्त संस्थानको ४४औँ वार्षिकोत्सव शुभारम्भ गर्दै उहाँले कर्मचारीलाई आगामी दिन व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिनुभएको हो । “यो सरकारी संस्थान...बाँकी अंश →

डोटी, १७ मङ्सिर,, नगर क्षेत्रभित्र रहेका वादी समुदायको व्यवस्थित बसोवास गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाले जग्गाको खोजी गरिरहेको छ । नगरपालिकाभित्र बसोवास गर्दै आएका तर आफ्नो घर जग्गा केही नभएका भूमिहीन वादी समुदायका लागि जग्गा खरीद गरी घर बनाउने योजना रहेको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । “वादी समुदायको व्यवस्थापन...बाँकी अंश →

भीमदत्तनगर, १७ मङ्सिर,, गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई विभिन्न सुविधा उपलब्ध गराएका कारण उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुर र कैलालीको एक लाख ४६...बाँकी अंश →

परासी, १७ मङ्सिर,, शान्तिका अग्रदूत भगवान गौतम बुद्धले आफैले महापरिनिर्वाण घोषणा गरेको दिनको सम्झनामा नवलपरासीमा फागुन ६ देखि ८ गतेसम्म ‘रामग्राम महोत्सव’ हुने भएको छ । बुद्धले वैशालीमा रहँदा आयुसंस्कारलाई त्यागी तीन महीनापछि आफ्नो परिनिर्वाण हुने भनी घोषणा गर्नुभएको थियो । बुद्धले माघ पूर्णिमाका दिन आफूले तीन महीनापछि वैशाख शुक्लपूर्णिमाका...बाँकी अंश →

बर्दिवास, १७ मङ्सिर,, महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । एचआइभी जाँच रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले जनाएको छ । विश्व एड्स दिवसका अवसरमा परियोजना प्रमुख धीरज पौडेलले हालसम्म आफ्नो ल्याबको परीक्षणबाट सङ्क्रमित पाइएका...बाँकी अंश →

काठमाडौँ, १७ मङ्सिर,, काठमाडौँमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव तथा वृहत चित्रकला प्रदर्शनी शुरु भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित महोत्सवमा विभिन्न ३८ देशका २७० चित्र प्रदर्शनमा रखिएको छ । आजै स्वदेश र विदेशका १३ जना चित्रकारले स्थलगत रुपमा चित्र कोरेका थिए...बाँकी अंश →

राजविराज, १७ मङ्सिर,, पश्चिमी नहर डाकनेश्वरी नगरपालिका–३ मा माछा मार्ग गएका एक युवकको डुबेर ज्यान गएको प्रहरीले आज जनाएको छ । घर नजिकै रहेको पश्चिमी नहरमा माछा मार्न हिँडेका स्थानीयवासी २५ वर्षीय रामबाबु मुखिया मृत भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । नहरको पुलमुनि माछा मार्ने क्रममा उनी डुबेका थिए...बाँकी अंश →

काठमाडौँ, १७ मङ्सिर,, प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताउनुभयो । रासससँग...बाँकी अंश →

घोराही, १७ मङ्सिर,, दाङमा प्रदेश नं ५ ले पूर्वाधार विकास कार्यालयको स्थापना गरेको छ । गत मङ्सिर २ गते कार्यालय स्थापना भएसँगै प्रदेशको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास नाम दिएर बजेट समेत विनियोजन गरेको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत खर्च हुने गरी सडक र पुल निर्माणका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: