
लमही, १८ मङ्सिर,, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ । आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारवाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकरी दिनुभयो । निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५ चालक तथा सोमबार ४६ चालकलाई कारवाही...बाँकी अंश →

हुम्ला, मङ्सिर १८ ,, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा हुम्लाको साधारणसभा सम्पन्न भएको छ । सभाले साङ्गठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै सभा सम्पन्न गरेको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरेर सञ्चारकर्मीले समाजको यथार्थ बाहिर ल्याउनुपर्ने बताउनुभयो । जिल्ला समन्वय...बाँकी अंश →

काठमाडौँ, १८ मङ्सिर,, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताउनुभएको छ । एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उहाँले महिला...बाँकी अंश →

हुम्ला, १८ मङ्सिर,, अदानचुली गाउँपालिका–४ ले आफ्नो वडाका ७२ ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल वितरण गरेको छ । वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो । वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रु दुई लाख रकमले वडामा भएका ज्येष्ठ...बाँकी अंश →

पोखरा, १८ मङ्सिर,, विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग रु दुई लाख ५० हजार आम्दानी गर्र्दै आउनुभएको छ । युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष साउदीमा रोजगारीमा बिताएका ५३ वर्षीय उहाँले पछिल्लो १८ वर्षयता भने सुन्तला...बाँकी अंश →

काठमाडौँ, १८ मङ्सिर ,, प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा...बाँकी अंश →

काठमाडौँ, १८ मङ्सिर,, काठमाडौँ महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ । कामपाको शहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताउनुभएको हो । ऐतिहासिक कमलपोखरी सोहीअनुरुप निर्माण गर्ने काम...बाँकी अंश →

बाजुरा, १८ मङ्सिर,, भालुको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला घाइते भएका छन् । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिनुभयो । रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट...बाँकी अंश →

ठिनी (मुस्ताङ), १८ मङ्सिर (रासस)ः सदरमुकाम जोमसोमस्थित जिल्ला अस्पतालले औषधि बिक्रीकक्ष सञ्चालन गरेको छ । सरकारी अस्पतालमा औषधि बिक्रीकक्ष नहुँदा बिरामी निजी औषधि पसलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य थिए । उपचारका लागि आउने बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले बिक्रीकक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष...बाँकी अंश →

बर्दिवास, १८ मङ्सिर,, महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो । सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो...बाँकी अंश →

सुर्खेत, १८ मङ्सिर,, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एशियाली विकास बैंक (एडिबी)को लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा हुनुपर्ने बताउनुभएको छ । एशियाली विकास बैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा वीरेन्द्रनगर, सुर्खेतमा सोमबार आयोजित ‘सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालसँगको छलफल तथा परामर्श’ कार्यक्रममा मुख्यमन्त्री शाहीले विगतको जस्तो...बाँकी अंश →

सप्तरी, १८ मङ्सिर,, भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं ८ का २१ वर्षीय सागरकुमार मण्डल रहेका छन् । प्रहरीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: