१२ चैत २०८२

प्रदेश

ताराखोलाको झरनामा लोभिए पर्यटक

बागलुङ, १९ मङ्सिर ,,  वरिपरि हरियाली । छेवैँमा छ दरमखोला । सँगसँगै रहेको छ अग्लो पहाडबाट छङ्छङ् झरेको झरना । जिल्लाको ताराखोला गाउँपालिका–१ मा रहेको गाईघाटको झरनास्थल पुग्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव बिर्सन्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् ।...बाँकी अंश →


उखु क्रसिङबारे अन्योल

बर्दिवास, १९ मङ्सिर,,  उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीबीच उखुको मूल्य र उखु क्रसिङ (उद्योगमा उखु पेल्न थाल्ने काम) बारे सहमति हुन नसक्दा महोत्तरीसहित तराई क्षेत्रमा अन्योल बढेको छ । मङ्गलबार अबेर रातिसम्म महोत्तरीको बर्दिवासमा बसेको उखु उत्पादक सङ्घ र उखु उत्पादक कृषक सङ्घमा आबद्ध किसान प्रतिनिधि र चिनी...बाँकी अंश →


सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

भोजपुर, १९ मङ्सिर,,   नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले बताउनुभयो । पूर्वी पृतना फिल्ड अस्पताल, रणबम गण र जिल्ला अस्पतालको संयुक्त आयोजनामा मङ्गलबार सञ्चालन गरिएको उक्त शिविरमा ३७० जनाको...बाँकी अंश →


ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

तौलिहवा, १९ मङ्सिर,,   ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षीय श्याम यादव रहेका छन् । कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु३त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो । ट्याक्टर प्रहरी नियन्त्रणमा छ । चालक फरार छन्...बाँकी अंश →


बाँदरको आक्रमणबाट महिला घाइते

पर्वत, १९ मङ्सिर ,,  जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ । स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते हुनुभएको हो । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उहाँलाई बाँदरले आक्रमण गरेको हो । जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको...बाँकी अंश →


नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्ने ,, मन्त्री अधिकारी

काठमाडौँ, १९ मङ्सिर,,   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताउनुभएको छ । हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्नुहुँदै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय नागरिक...बाँकी अंश →


विद्युत् चोरीको आरोपमा आठ जना पक्राउ

राजविराज, १९ मङ्सिर ,,   सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले विद्युत््को पोलमा अङ्कुस लगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको विद्युत्् प्राधिकरण कार्यालयका प्रमुख चन्द्रनारयाण साहले बताउनुभयो । छिन्नमस्ता गाउँपालिका–१...बाँकी अंश →


बत्तीस वर्षमा दुई लाखको आँखाको शल्यक्रिया

नेपालगञ्ज, १९ मङ्सिर,,  नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार त्यस अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा...बाँकी अंश →


महिला हिंसा विश्वव्यापी चुनौती ,, परराष्ट्रमन्त्री ज्ञवाली

सुर्खेत, १९ मङ्सिर ,,   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले महिला हिंसा विश्वव्यापी चुनौती बन्दै गएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मङ्गलबार यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञावलीले विश्वव्यापी चुनौती बन्दै गएको महिला हिंसाको मुद्दा समाधानका लागि नेपालको संविधान...बाँकी अंश →


हरियाली बढाउँदै निजी वन

घोराही, १९ मङ्सिर,,  हापुर–५ का श्रीलोचन लामिछाने निजी वनका पारखी हुनुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको आफ्नो १०१ कट्ठा जग्गामा वृक्षरोपण गर्नुभएको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति लामिछानेले निजी जग्गामा बिरुवा रोपेर हरियाली बनाउनुभएको हो । घोराही उपमहानगरपालिका–१६ का प्रेमराज लोहोनीले पनि आफ्नो जग्गामा निजी वन बनाउनुभएको छ...बाँकी अंश →


जाडो छल्न बाहिरिँदै मनाङवासी

मनाङ, १९ मङ्सिर,,  मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् ।...बाँकी अंश →


कारागारबाट छुटाइदिने लोभ देखाई बलात्कार

सप्तरी, १८ मङ्सिर,,   कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् । राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter