
बेझाड, २० मङ्सिर,, कृषकलाई व्यावसायिक बनाउन रामपुर नगरपालिका वडा नं ६ पाल्पाले अनुदानमा जैविक मल र दाना वितरण गरेको छ । पाँच वर्षभित्रमा कृषि र पर्यटन विकासमा वडालाई विकास गर्ने उद्देश्यले वडाका ३४ कृषकलाई अनुदानमा जैविक मल र दाना वितरण गरेको हो । बुधबार वडाका २४ व्यावसायिक तरकारी खेती गर्ने...बाँकी अंश →

खस्यौली, २० मङ्सिर,, प्रदेश नं ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएको छ । प्रदेशसभा सञ्चालन भएपछि ती विधेयकमाथि छलफल हुने प्रदेश नं ५ को कानून तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था...बाँकी अंश →

चौतारा, २० मङ्सिर,, विसं २०७२ को भूकम्प र २०७३ असारको बाढी तथा सुख्खा पहिरोले क्षतिग्रस्त नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माणकार्य शुरु भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा साविकै स्थानबाट पुल निर्माणको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । चीनको...बाँकी अंश →

रोल्पा, २० मङ्सिर,, जिल्लामा लामो समय सेवा प्रवाह गरेका महत्वपूर्ण सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरेको भन्दै रोल्पाको एक प्रतिनिधिमण्डलले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा नेतृत्वको उक्त प्रतिनिधिमण्डलले बुटवलस्थित प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको...बाँकी अंश →

दमौली, २० मङ्सिर,, तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान दिनुभएको छ । गाउँपालिकाको पशुपछी शाखाको नाममा करीब रु ७० लाख मूल्य बराबरको जग्गा दान गर्नुभएकी उहाँले मङ्गलबार उक्त जग्गा मालपोत कार्यालयबाट शाखाको नाममा नामसारी गरिदिनुभएको थियो । श्रेष्ठका छोरा चिरञ्जीवी श्रेष्ठले भन्नुभयो, “जीवनमा केही योगदान...बाँकी अंश →
गौशाला, २० मङ्सिर,, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् । उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा...बाँकी अंश →

तेह्रथुम, २० मङ्सिर,, सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमीन बाझिो छ । वर्षामा वर्षेनी उतारचढाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका थिएनन् । वर्षा याममा पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका थिए । जिल्लाको ३० हजार ६८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीन बाँझै रहेको प्राप्त तथ्याङ्कमा उल्लेख छ...बाँकी अंश →

राँझा, २० मङ्सिर,, नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गए राति आगलागी हुँदा लाखौँको जलेर सामान नष्ट भएको छ ।बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी र धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियोे । आगलागीबाट मेडिकलमा रहेका...बाँकी अंश →

काठमाडौँ, २० मङ्सिर,, मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता...बाँकी अंश →

मार्तडी, २० मङ्सिर,, बाजुराको बडीमालिका नगरपालिका–४ रिलामा बुधबार १७२ पीडित घरपरिवारलाई राहात प्रदान गरिएको छ गत भदौ महीना आएको बाढीपहिरोबाट प्रभावित ती परिवारलाई सहयोगी हात समूहअन्तर्गत सहास नेपालको सहयोगमा राहत वितरण गरिएको बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिनुभयो । ती पीडितका साथै उक्त वडामा रहेको पाथरको आधारभूत विद्यालयका...बाँकी अंश →

ललितपुर, २० मङ्सिर ,, ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सुचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ । मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका...बाँकी अंश →
काठमाडौँ, १९ मङ्सिर,, सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको आगामी आइतबार ससदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि सिफारिश राजदूतको संसदीय सुनुवाइ आगामी आइतबार गर्ने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सरकारले नीलाम्बर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: