
तेह्रथुम, २० मङ्सिर ,, तेह्रथुमको आठराई गाउँपालिका–४, इवाका सूर्यप्रसाद बिमलीलाई सामुदायिक वनबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा आफ्नोे आधा उमेर बितिञ्जेलसम्म पनि हेक्का थिएन । तर, उहाँले उहिल्यैदेखि त्यही वनबाट घाँस, दाउरा र स्याउला सोत्तर भने ओसारिरहनुभएकै थियो । जब सरकारले ०५२ सालताका घरमाथिको ठूलो कालेगैरी सामुदायिक वन समुदायलाई...बाँकी अंश →

कुश्मा, २० मङ्सिर,, पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ । दुई पवित्र नदी मोदी र कालीगण्डकीले खियाएका कारण बनेका गल्छिनाबाट ओर्ली–उक्ली गरेर कुश्मा पुग्न झण्डै डेढ घण्टा लाग्छ । टाढाबाट हेर्दा कुश्मा, ज्ञादी,...बाँकी अंश →

काठमाडौं २० मङ्सिर,, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि अमेरिकी राजदुत राण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ । भेटमा मन्त्री खनालले कृषि क्षेत्रमा असिमित आवश्यकता...बाँकी अंश →

काठमाडौँ, २० मङ्सिर ,, काठमाडाँैको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ । ‘रिमेक ड्रामा’ बन्ने चलन आइरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथामा आधारित रहेको छ । नाटकमा मगर समुदायको कथा वस्तुलाई समेटिएको छ । मङ्सिर १४ देखि शुरु भएको सो...बाँकी अंश →

रुकुम, २० मङ्सिर,, रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् । व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए । गत मङ्सिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट...बाँकी अंश →

काठमाडौँ, २० मङ्सिर ,, पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ । उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९...बाँकी अंश →

काठमाडाँै, २० मङ्सिर,, राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री,...बाँकी अंश →

वामी, २० मङ्सिर,, गुल्मीको मुसिकोट नगरपालिकाले कृषकका लागि ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्र्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समूहलाई खेतबारी जोत्नका लागि आधुनिक नौ वटा हाते ट्र्याक्टर वितरण गरेको हो । बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी प्रत्येक वडाका एक÷एक जनालाई हाते...बाँकी अंश →

काठमाडौँ, २० मङ्सिर ,, काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा...बाँकी अंश →

भोजपुर, २० मङ्सिर ,, भोेजपुर नगरपालिका–१ भाम्राङलाई उज्यालो वडा घोषणा गरिएको छ । वडाभित्रका ३३२ घरधुरीमा बत्ती पुगेपछि बुधबार एक कार्यक्रमका बीच वडालाई उज्यालो वडा घोषणा गरिएको हो । वडाका प्रत्येक घरमा विद्युत् गएसँगै स्थानीयवासीले कुटानी पिसानीका लागि सजिलो भएको बताएका छन् भने वडामा काम गर्नका लागि पनि सजिलो भएको...बाँकी अंश →

कपिलबस्तु २० मङ्सिर,, नेपाल देशको मित्र राष्ट्र भारतको उत्तर प्रदेश मा रहेको जिल्ला सिद्धार्थनगर को बढनी सिमा क्षेत्रको सुरक्षा प्रति दिन रात खटिएको शसस्त्र सिमा बल(एस.एस.बी)५०वी बाहिनी बलरामपुर द्वारा मिती २०७५/०८/१८गते देखी २०७५/०८/२२गते सम्मा ५दिने कार्यक्रम र बृहत समाजिक चेतना अभियान,स्वच्छ भारतको लागि एक कदम अगाडी बढने गरि सिमा क्षेत्र...बाँकी अंश →

जनकपुरधाम, २० मङ्सिर,, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताउनुभएको छ । मिडिया नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार हो भन्नुभयो । सरकारको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: