१३ चैत २०८२

प्रदेश

केन्द्रीय पुस्तकालय अनुगमन

काठमाडौँ, २१ मङ्सिर,,   राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयकोे आज अनुगमन गरेको छ । पुस्तकालयका राष्ट्रिय महत्वका दस्तावेजको अभिलेखबारे अध्ययन गर्न अनुगमन गरिएको समितिका सभापति रामनारायण विडारीले बताउनुभयो । अनुगमनका क्रममा पुस्तकालयका पुस्तकको संरक्षण हुन नसकेको पाइएको उहाँले बताउनुभयो । भूकम्पले पु¥याएको क्षतिपछि पुनःनिर्माण नगरिएको,...बाँकी अंश →


किसानलाई आधुनिक मौरी घार वितरण

वालिङ, २१ मङ्सिर,,  स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ । नगरपालिकाको ५, ६, ७, ८ र ९ नं गरी पाँच वटा वडाका ५० मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो । “पहिलो चरणमा पाँच वडाका ५० मौरीपालक किसानलाई चार...बाँकी अंश →


संसदीय मामिला पत्रकार समाज, प्रदेश नं ५ मा घिमिरे

बुटवल, २१ मङ्सिर,,   संसदीय मामिला पत्रकार समाज प्रदेश नं ५ को आज बुटलवमा सम्पन्न प्रथम अधिवेशनले पत्रकार विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा पत्रकार अमृता अनमोल, महासचिवमा सिपी खनाल, सचिवमा ओमप्रकास पङ्गेनी र कोषाध्यक्षमा लक्ष्मण पोखरेललाई चयन गरेको हो । यसैगरी सदस्यमा टीआर शर्मा, मिलन...बाँकी अंश →


सुशासन र विकास पक्षमा कलम चलाउनुपर्ने ,, अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, २१ मङ्सिर,,   अर्थमन्त्री डा युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्छ ।” अर्थमन्त्री डा...बाँकी अंश →


चार करोड लगानीमा जडीबुटी खेती शुरु

गोरखा २१, मङ्सिर,,   गोरखा नगरपालिका–१४ स्थित गोर्वुङमा करीब रु चार करोडको लागतमा जडीबुटी खेती शुरु भएको छ । आयुर्वेदिक औषधि बनाउन भारतीय बजारबाट आयात गर्नुपर्ने जडीबुटी नेपालमै उत्पादन गर्ने उद्देश्यले जडीबुटी खेती शुरु गरिएको हो । गोरखा आयुर्वेदिक कम्पनीलाई बिक्री गर्ने गरी गोरखा प्राङ्गारिक हर्बल फार्म दर्ता गरी जडीबुटी खेती...बाँकी अंश →


अकबरे खुर्सानी बेचेर दुई लाख आम्दानी

कुश्मा, २१ मङ्सिर,,   रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहनुभएको हो । आठ रोपनी जमीनमा खुर्सानी लगाउनुभएका क्षेत्रीले एकपटकको...बाँकी अंश →


बाख्राले पायो ६ वटा पाठापाठी

लमही, २१ मङ्सिर,,   दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो । तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको छ भने चारवटा पाठी र एउटा पाठा गरी पाँचवटा जीवित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताउनुभयो । बाख्रा स्थानीय ‘काठे’...बाँकी अंश →


मुआब्जा नपाएपछि सडक अवरुद्ध

जुम्ला, २१ मङ्सिर,,   जुम्लादेखि डोल्पा जोड्ने सडकअन्तर्गत दानसाँघुस्थित जोवा नदी पुल नजिकैका जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध गरेका छन् । तीन वर्षअघि निर्माण भएको दानसाँघु माथिल्लो पक्की पुल निर्माण गर्दा जग्गा मासिएपछि मुआब्जा नपाएका जग्गाधनीले सडक अवरुद्ध गरेका हुन् । “वर्षौंदेखि मुआब्जाका लागि पहल गर्दा पनि नपाएपछि अन्तिममा सडक अवरुद्ध...बाँकी अंश →


कास्कीको सुन्तलाः एकादेशको कथा बन्दै

पोखरा, २१ मङ्सिर,,   विगतमा बोटमा लटरम्म फल्ने पहेँलपुर बनेका सुन्तला टिप्ने हात यतिखेरको चिसो मौसममा तिनै सुन्तलाका दाउराले सेकाउनु यहाँका कृषकको दैनिकी बनेको छ । कास्कीको पोखरा मात्र नभई प्रमुख शहर चितवन, बुटवल, काठमाडौँं लगायतका स्थानमा पुग्ने कास्कीको सुन्तला मासिने क्रमसँगै केही वर्षमा नै एकादेशको कथा बन्ने चिन्ता कृषकमा देखिन्छ...बाँकी अंश →


हराएका बालक खोज्दा चोर भेटिएपछि…

जिरी, २१ मङ्सिर,,   बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी ग¥यो । बालक बिहीबार बस चढेको अवस्थामा प्रहरीले फेला पा¥यो । बालकलाई जिल्ला प्रहरी कार्यालय पु¥याएर सोधपुछ शुरु गरेको...बाँकी अंश →


सरकारको कार्यशैलीबाट सत्तारुढ दलकै नेतामा असन्तुष्टी : नेता सिंह

काठमाडौँ, २१ मङ्सिर,,   नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताउनुभएको छ । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारले गरेको काममा सत्तारुढ...बाँकी अंश →


दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्

ललितपुर, २१ मङ्सिर ,,   सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० थियो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter