१३ चैत २०८२

प्रदेश

‘निगालीको सुन्तला’ कैलालीको पहिचान

धनगढी, २५ मङ्सिर,,   ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिनुभयो । सडक छेउमा निगालीको सुन्तला राखेर प्रचार भइरहेको सुनेका सुन्तलाका पारखीका लागि ‘ढुङ्गा खोज्दा देउता मिले’ झैँ भयो । कसैले एक किलो र...बाँकी अंश →


विवाह पञ्चमी महोत्सव ःआज मटकोर विधि

धनुषा, २५ मङ्सिर,,   जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हँुदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन...बाँकी अंश →


शेयर बजार ः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, २४ मङ्सिर,,   धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’...बाँकी अंश →


मुढा बुनेर आत्मनिर्भर बन्दै कैदीबन्दी

तनहुँ, २४ मङ्सिर,,   तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बुनेर आय आर्जन गर्न थालेका छन् । विभिन्न कसुरमा जेल सजाय भोग्दै आएका तनहुँ कारगारका कैदीबन्दीले फुर्सको समयको सदुयोग गर्दै मुढा बिक्री गरी आत्मनिर्भर बनेका हुन् । कैदीबन्दीले आ–आफूले जानेको सीपको सदुपयोग गर्दै मुढा बुन्ने कार्यमा सहभागी भएर मुढा बिक्रीबाट भएको आम्दानीले...बाँकी अंश →


ओखर बगैँचा स्थापना हँुदै

बैतडी, २४ मङ्सिर,,   फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैँचा स्थापना गरिने भएको छ । बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफलमा ओखरको बगैँचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । ओखरका बिरुवा ५० प्रतिशत...बाँकी अंश →


नेपाल र कतारबीच छलफल

काठमाडौँ, २४ मङ्सिर ,,   नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता परिमार्जन गर्ने उद्देश्यका लागि दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिमार्फत पहल गर्ने विषयमा छलफल भएको छ । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) महासभामा सहभागी हुन मोरक्को पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र कतारका...बाँकी अंश →


‘नागरिकको मुहारमा खुशी ल्याउन सके मानवअधिकार स्थापित हुने’–मुख्यमन्त्री पोखरेल

रुपन्देही, २४ मङ्सिर ,,   प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना शन्देश दिँदै उहाँले मुलुकमा तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले अब संविधानमा उल्लेख भएका...बाँकी अंश →


निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छः महानिरीक्षक खनाल

काठमाडौँ, २४ मङ्सिर,,  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो । महानिरीक्षक खनालले भन्नुभयो, “हाम्रो सामथ्र्यले...बाँकी अंश →


आलेख ,, कुपोषणको अवस्था डरलाग्दो

बाँके, २४ मङ्सिर ,,   बर्दियाकी तुलारानी थारुको बच्चा नौ महिनाको भयो । स्वास्थ्य संस्थामा जाँच गराउँदा उमेरअनुसार तौल कम भएको स्वास्थ्यकर्मीले बताएपछि उहाँलाई निकै तनाव भयो । गाउँकै एकजना छिमेकीले भेरी अञ्चल अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह वा जिल्ला जनस्वास्थ्यले सञ्चालन गरेको उपचार केन्द्रमा लग्न सुझाए । उहाँले त्यसै गर्नुभयो ।...बाँकी अंश →


मन्त्री विश्वकर्मा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

काठमाडौँ, २४ मङ्सिर,,   युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित हुनुभएको छ । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक समारोहबीच मन्त्री विश्वकर्मालाई आइतबार सो सम्मान प्रदान गरेको...बाँकी अंश →


सन्दीप अष्ट्रेलियातर्फ

काठमाडौँ, २४ मङ्सिर ,,   नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । बिबिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर प्याट्रियट्सबाट दुई खेल खेलेर अष्ट्रेलियातर्फ लागेका हुन् । शनिबारको उद्घाटन खेलमा सन्दीपले...बाँकी अंश →


मानवसेवा आश्रम गोङ्गबूलाई कम्बल वितरण

काठमाडौँ, २४ मङ्सिर,,   नेपाल व्यापार सङ्घ नयाँ सडकले मानवसेवा आश्रम गोङ्गबूलाई कम्बल वितरण गरेको छ । सङ्घले आज बिहान आश्रममा रहेका बालबालिका र वृद्धवृद्धालाई रु दुई लाख ५० हजार मूल्य बराबरको ११२ थान कम्बल वितरण गरेको हो । सो आश्रममा हाल ४७ बालबालिका तथा वृद्धवृद्धा रहेका छन् । कार्यक्रममा मानवसेवा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter