
ललितपुर, २५ मङ्सिर ,, यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरुपता नहुँदा समस्या देखिएको हो । उहाँले भन्नुभयो, “यी सबै गल्ती सच्याउनै पर्ने...बाँकी अंश →

गलेश्वर, २५ मङ्सिर,, प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरुका लागि म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरु बरदान सावित भएका छन् । खास गरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको जस्ता समस्याहरुबाट आक्रान्त व्यक्तिहरुका लागि यहाँका तातोपानी कुण्डहरु लाभदायी भएका हुन् । जाडोयाममा बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी...बाँकी अंश →

बेनी, २५ मङ्सिर ,, विकट म्याग्दीको रघुगङ्गा गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि र गुणस्तर सुधारमा गाउँपालिकाले पहल थालेको छ । दुर्गम बस्ती भएका कारण गाउँवासीलाई प्राथमिक स्वास्थ्य सेवा पाउन कठिन भएकाले उक्त गाउँपालिकाले वडा नम्बर ४ दर्मीजामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको हो । वडा नम्बर ७ को कुइनेखानीमा समेत...बाँकी अंश →

गोरखा, २५ मङ्सिर,, गोरखा नगरपालिका–६ डुम्रीडाँडामा रहेको श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयको भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु हुनसकेको छैन । भारतीय सरकारले निर्माण गरिदिने भनिएको उक्त विद्यालयको पुनःनिर्माण नभएपछि अहिले भूकम्पले भत्किएको भवनमा नै जोखिम मोलेर पठनपाठन हँुदैआएको छ । भवन बन्न नसकेपछि प्राविधिकले रातो स्टिकर टाँसरे बस्न...बाँकी अंश →

कपिलबस्तु मंसिर २५,, कपिलबस्तुको कृष्णनगर न.पा. वडा नं.३ झन्डेनगरमा रहेको जामिया सेराजुल्ल उलुम मदरासा मा ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको आयोजनामा स्थानिय, भद्र-भलाल्मी,शिक्षक, विधार्थी र पत्रकार,बुद्धिजिबीहरु को उपस्थित मा उक्त मदरासाको हलमा भेला जम्मा गराई “लागुऔषध दुर्वेसनी” सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम सोमवार सम्पन्न गरियो। उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय कृष्नानगर का प्रमुख...बाँकी अंश →

जनकपुरधाम, २५ मङ्सिर,, मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह महोत्सवको रौनक छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् । महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत अन्य राष्ट्रका श्रद्धालु र पर्यटकको उपस्थितिले महोत्सव श्रद्धाको उत्सवसहित भव्य बन्दै गएको छ । एक साता...बाँकी अंश →

इटहरी, २५ मङ्सिर,, सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने उद्योगको...बाँकी अंश →

रोल्पा, २५ मङ्सिर,, घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे । साथीभाइ कोही डाक्टर, कोही इञ्जिनीयर, कोही वकिल, कोही शिक्षक बन्ने...बाँकी अंश →

वामी, २५ मङ्सिर,, गुल्मी मुसिकोट नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । बजार अनुगमन निर्देशिकाअनुसार नगरपालिकाले आइतबार र सोमबार गरी बजार क्षेत्रका करीब ३० वटा पसलमा अनुगमन गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । अनुगमनको क्रममा विक्रीका लागि राखिएको सामानको गुणस्तरीयता, पसल सञ्चालन गर्न अनुमति प्राप्त भए÷नभएको, नगरपालिकामा...बाँकी अंश →

बेझाड, २५ मङ्सिर,, पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् । गाउँमा खानेपानीको स्रोत नहँुदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् । बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ...बाँकी अंश →

गलेश्वर, २५ मङ्सिर,, वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुका साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमीन कमजोर बन्दै गएको छ । उद्योग...बाँकी अंश →

रौतहट, २५ मङ्सिर,, पूर्वपश्चिम गण्डक नहरअन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहँु दुर्घटना भइरहेका छन् । आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनका कारण गण्डक नहरको पर्सा, बारा र रौतहट जिल्लाअन्तर्गत बनेका दर्जनौँ पुल क्षतिग्रस्त भई दुर्घटनाको उच्च जोखिममा रहेको छ । गण्डक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: