
काठमाडौँ, २६ मङ्सिर,, महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारीलाई मङ्गलबार पक्राउ गरेको हो ।...बाँकी अंश →

गौशाला, २६ मङ्सिर,, महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताउनुभयो । घटनाबारे अनुसन्धान...बाँकी अंश →

भद्रपुर, २६ मङ्सिर,, सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । भारत बिहारको सुपौल...बाँकी अंश →

बेनी, २५ मङ्सिर,, म्याग्दी र मुस्ताङमा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्माण शुरु गरिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण कामले गति लिएको छ । कोरिडोरअन्र्तगत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रसारण लाइन र सब–स्टेशन निर्माण कार्यले गति लिएको हो ।...बाँकी अंश →

धनुषा, २५ मङ्सिर,, आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीन दलित विद्यार्थीलाई प्रदेश नं २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज तीनै जना विद्यार्थीलाई रु साढे तीन लाखको दरले चेक हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव...बाँकी अंश →

दमक, २५ मङ्सिर,, भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र...बाँकी अंश →

लहान, २५ मङ्सिर ,, सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा आज अपराह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ठाडीबाट लहानतर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार सप्तरीको सुरुङ्गा...बाँकी अंश →

काठमाडौँ, २५ मङ्सिर,, नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणले ३५ मेगावाट क्षमताको ब्रह्मायणी र १५ मेगावाट क्षमताको माथिल्लो ब्रह्मायणी आयोजनाबाट उत्पादन हुने विद्युत् खरीद गर्ने सम्झौता गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ती आयोजनाका प्रवद्र्धक...बाँकी अंश →

बैतडी, २५ मङ्सिर ,, बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेका नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताउनुभयो । बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य...बाँकी अंश →

काठमाडौँ, २५ मङ्सिर ,, एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा...बाँकी अंश →

काठमाडौँ, २५ मङ्सिर,, धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् । धर्नालाई नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाउनु भएको छ । शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उहाँले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले...बाँकी अंश →

काठमाडौँ, २५ मङ्सिर,, माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ । कम्पनीले आज एक सूचनामार्फत रकम रकमान्तर हुन नसकेका ५२ हजार आवेदकलाई आगामी पुस १ गतेदेखि आवेदन दिन आग्रह गरेको छ । शेयर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: