१३ चैत २०८२

प्रदेश

नेशनल माइक्रोफाइनान्सको नाफा रु १३ करोड

धादिङबँेसी, ३ पुस,, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले रु १३ करोड ४६ लाख नाफा गरेको छ । सो संस्थालाई गत वर्षको तुलनामा १५ प्रतिशत बढी नाफा भएको छ । नीलकण्ठ नगरपालिकामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले हाल रु दुई अर्ब ६३ करोड लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको अध्यक्ष केशवप्रसाद...बाँकी अंश →


समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति

काठमाडौँ, २ पुस,,  संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला सहभागिता कम भएको गुनासो गर्दै आर्थिक समृद्धि हासिल गर्न समावेशी विकासलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ । नेपाल मुस्लिम महिलाकल्याण...बाँकी अंश →


शेयर बजार.. दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, २ पुस,,  धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर एक हजार १८२ दशमलव ७८ बिन्दुमा पुगेको...बाँकी अंश →


बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार

गोदावरी, २ पुस,, दोलखा घर भएकी सुनिता विककी १० वर्षीया छोरी सन्दीका न बोल्न सक्छिन् । न त हिँड्न नै । छोरीको त्यस्तो अवस्था देख्दा आमा सुनिता विगतमा निकै चिन्तित हुनुहुन्थ्यो । समाजमा अरुका बालबालिका हिँड्दा र बोल्दा आमा सुनितालाई आफ्नी छोरीको हालत देखेर दिक्क लाग्थ्यो तर अपाङ्गता भएका व्यक्तिको...बाँकी अंश →


मेची पर्यटन महोत्सव हुने

इलाम, २ पुस,, जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा...बाँकी अंश →


बसको ठक्करबाट दुई जनाको मृत्यु

राँझा, २ पुस,, बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका– १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिनुभयो ।...बाँकी अंश →


नक्कली नागरिकता प्रकरण.. थप तीन जना पक्राउ

धनुषा, २ पुस,,  नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल तथा कार्यालय सहयोगीद्वय अरुणकुमार यादव र वीरेन्द्र चौधरी रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो...बाँकी अंश →


गंकी–धुस्वां पुरस्कार मल्ल र रामेशलाई

काठमाडौँ, २ पुुस,, यस वर्षको गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट नेपालभाषाका उपन्यासकार मल्ल के सुन्दर र धुस्वां साय्मि सिर्जना पुरस्कारबाट जनगायक रामेशलाई सम्मान गरिने भएको छ । गंकी–धुस्वां बसुन्धरा प्रतिष्ठानले प्रत्येक दुइ वर्षमा नेपालका विभिन्न भाषाका उपन्यासकारलाई गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट तथा नेपाली कला एवं सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वलाई धुस्वां साय्मि...बाँकी अंश →


कुटपिटबाट हत्या

सप्तरी, २ पुस,,  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घाइते भएका थिए ।...बाँकी अंश →


आलेख.. दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्

बेझाड, पाल्पा, २ पुस,,  पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहँुदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई...बाँकी अंश →


सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै, चुनौती कायमै

काठमाडौँ, २ पुस,, नेपालमा सुरक्षित गर्भपतनका लागि गर्भवती महिलाहरू आकर्षित हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि महिलामा यस्तो आकर्षण बढेको हो । स्वास्थ्य संस्थाहरूबाट हालसम्म १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको ग्रामीण महिला सन्जाल नेपालले आज...बाँकी अंश →


खुवाबाट घरदेखि डेरी उद्योग सञ्चालन

बनेपा, २ पुस,,  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ ढुङ्खर्कका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय सञ्चालन गरेर बजारमा घर किन्नेदेखि काठमाडौँमा डेरी उद्योग सञ्चालन गर्न सफल हुनुभएको छ । विसं २०३६ देखि गाउँमा नै किसानले उत्पादन गरेका दूध सङ्कलन गरी खुवा घोट्न शुरु गर्नुभएका उहाँले अहिले तल बजारमा घर किनेर त्यही लालीगुराँस खुवा उद्योग...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter