१५ चैत २०८२

प्रदेश

सौराहामा हात्ती महोत्सव हुने

चितवन, ३ पुस,,  यही पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनु, वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्नु र समाजमा जनचेतना अभिवृद्धि गराउनु महोत्सवको मुख्य उद्देश्य...बाँकी अंश →


कालोपत्रेमा चिरा

महोत्तरी, ३ पुस,,  निर्माणकार्य सम्पन्न नहँुदै महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच (कालोपत्रे) सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोक भन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको विभिन्न ठाउँमा चिरा पर्न थालेको हो । स्थानीयवासीय सुरेन्द्रकुमार सिंहका अनुसार रातिको समयमा सडकको क्षमता भारभन्दा बढी तौलका टिपर...बाँकी अंश →


एकीकृत जाँच चौकी निर्माण अलपत्र

बाँके, ३ पुस,,  भारतीय पक्षको बेवास्ताका कारण पश्चिम तराईको प्रमुख नाका नेपालगञ्जमा एकीकृत जाँच चौकी (आइसिपी) निर्माणकार्य वर्षौदेखि अधुरो रहेको छ । समयमा निर्माणकार्य शुरु नहुँदा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरको निर्माण क्षेत्र पशुचौपायाको चरणस्थल बन्न थालेको छ । समयमा निर्माण शुरु नहुँदा यहाँ रहेका भौतिक संरचना जीर्ण बन्दै गएका छन्...बाँकी अंश →


कुखुरापालक किसान आन्दोलनमा

बनियानी, ३ पुस,,  झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल...बाँकी अंश →


दुई महीनापछि शव नेपालमा

बेझाड, ३ पुस,,  धन कमाउन विदेश जानुभएका चापाकोट नगरपालिका– ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ । आठ महीनाअघि उहाँ कतार जानुभएको थियो । कतारमा गाडी चालकको रुपमा काम गर्दै आउनुभएका गैरे गत कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा भेटिनुभएको मृतकका आफन्त शङ्कर पोखरेलले बताउनुभयो...बाँकी अंश →


आइल्याण्ड साघुँरा बनाउँदै पोखरा महानगर

पोखरा, ३ पुस,, बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्याण्ड हटाउन थालिएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत मुस्ताङचोकमा रहेको आइल्याण्ड आज हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । आज बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीसहितको उपस्थितिमा दुईवटा...बाँकी अंश →


सैन्य तालीम पूरा

बेत्रावती, ३ पुस,, सैन्य तालीम केन्द्र मैथली ब्यारेक नुवाकोटको ६९औँ समूहको सैन्य तालीममा सहभागी ‘सैन्य आधार तालीमको अन्तिम दलेल कवाज’ पूरा भएसँगै ५०९ जना सैन्य सोमबारदेखि सिपाही भएका छन् । सैन्यबाट सिपाही भएकालाई सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक (उपरथी) गौरव तण्डुलले अन्तिम दलेल कवाज निरीक्षण गर्दै जनता, सैनिक सङ्गठन...बाँकी अंश →


अपराध संहिता कार्यान्वयनका लागिसरकारी वकिल

बनियानी, ३ पुस,,  भदौ १ गतेबाट लागू भएको अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने भएको छ । नयाँ अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यले यही पुस ८ गते काठमाडौँमा भेला आयोजना गर्न लागिएको झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले जानकारी दिनुभयो । पुरानो मुलुकी ऐन विस्थापित गरी...बाँकी अंश →


विपन्न परिवारलाई सिरक वितरण

भीमदत्तनगर, ३ पुस,,  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा विपन्न परिवारलाई न्यानो (सिरक) कपडा वितरण गरिएको छ । सोमबार भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले यहाँका २६ आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सिरक वितरण गर्नुभएको हो । वडा कार्यालयले विपन्न, दलित, आदिवासी जनजाति, पछाडि पारिएका समुदायको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम गर्ने नगरप्रमुख...बाँकी अंश →


उखु क्रसिङको ढिलाइले खेत बाँझै

बर्दिवास, ३ पुस,,  उखु क्रसिङमा ढिलाइ हुँदै जाँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् । जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट चिनी उद्योगले पुस लागे पनि उखु क्रसिङ नगर्दा उखु कटान गर्न ढिलाइ भएको छ । नयाँबाली लगाउने समय वित्न लागेपछि किसानलाई जग्गा बाँझो रहने चिन्ताले पिरोलेको छ...बाँकी अंश →


मदरसा का विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण

कपिलवस्तुको मस्लिम आगुवाहरुले मदरसा शिक्षालाई मुल प्रवह शिक्षा प्रणालीमा ल्याउनका लागि माग गरेका छन । मुस्लिम अगुवाहरुले नेपालको लगता अल्पसंख्यकको रुपमा रहेको मुस्लिम सामुदायको शिक्षालाई सरकारले हेर्ने नाजारिया फारक रहेको बताएका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिका भिल्मी गाँउमा आयोजित मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रममा उनीहरुले मदरसा शिक्षाको कागजात नेपालमा...बाँकी अंश →


आगलागीबाट रु १२ लाखको क्षति

तुलसीपुर, ३ पुस,, घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हँुदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । आज बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हँुदा विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान र ना२अ १९३६ नंको अटोरिक्सा र नगद जलेर नष्ट भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter