१५ चैत २०८२

प्रदेश

जीविकोपार्जनका आधारसहित पुनःनिर्माण सम्पन्न

ढुङ्गेनटार, ३ पुस,,  भूकम्पले पूर्ण रुपमा आवास क्षति भएका नुवाकोटका ९६ घरले नमूनाका रुपमा जीविकोपार्जनका आधारसहित पुनःनिर्माण सम्पन्न गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ९इसिमोड० ले विदुर नगरपालिका–६ र १२ का ९६ परिवारलाई पूर्वाधार, कृषि, सामुदायिक विकास, स्वास्थ्य क्षेत्रमा सहयोग गरेको हो...बाँकी अंश →


विद्यमान कानूनको अध्ययन गर्न चार उपसमिति गठन

काठमाडौँ, ३ पुस,, राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि चार वटा विषयगत उपसमिति गठन गरेको छ । विद्यायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विषयगत चार उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई तीन महीनाभित्र प्रतिवेदन तयार गर्न समय दिएको समितिका सभापति पशुराम...बाँकी अंश →


अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

सिंजा, ३ पुस,,  जुम्लामा अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन सकेका छैनन् । सङ्घीय संरचनापछि जिल्लाका कार्यालय खारेज हुँदा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउनै समस्या भएको छ । पहिला अपाङ्गता भएका व्यक्तिलाई अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रको सिफारिश र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य परीक्षणको आधारमा महिला तथा बालबालिका कार्यालयले परिचयपत्र...बाँकी अंश →


साक्षर प्रकाश नेपालीको कला सङ्घर्ष !

कुश्मा, ३ पुस,, गरीबीका कारण कक्षा ५ सम्मको पढाइ छाडेर ज्याला मजदूरीमा हिँडेका प्रकाश यहाँको कमाइले परिवार पाल्न धौधौ भएपछि साउदीअरबतिर लाग्नुभयो । चित्र कोर्न र मूर्ति कुँद्न भनेपछि हुरुक्कै हुने उहाँको त्यो कला र क्षमताप्रति त्यतिबेला यहाँ कुनै मूल्य थिएन । आफूसँग भएको सीपको मूल्य नभएका कारण उनलाई दुईचार...बाँकी अंश →


पूर्वप्रधानमन्त्री गिरीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ३ पुस,, पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले दुःख व्यक्त गरेको छ । राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) ले शोक विज्ञप्तिमार्फत मुलुकमा प्रजातान्त्रिक आन्दोलन, नेपाली राजनीति विकासक्रममा गिरीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् । राप्रपाका अध्यक्ष कमल थापाले गिरीको निधनको समाचारले आफू स्तब्ध र...बाँकी अंश →


‘पदाधिकारी’ विवादले महासमिति बैठक ओझेलमा

काठमाडौँ, ३ पुस,, नेपाली काङ्ग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमिति बैठक ओझेलमा परेको छ । महासमिति बैठकको आज चौथो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले प्रतिवेदन पेश हुनसकेको छैन । महासमिति सदस्यहरूले प्रतिवेदनमा सहमति कायम गरी बैठकमा छिटो पेश हुनुपर्ने...बाँकी अंश →


नेकपाः राजनीतिक प्रतिवेदनमा छलफल

काठमाडौँ, ३ पुस,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गर्नुभयो ।...बाँकी अंश →


एपिएफले मच्छिन्द्रलाई हरायो

काठमाडौँ, ३ पुस,, सशस्त्र प्रहरी बल (एपिएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपिएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा चौथो जित दर्ता गराएको हो । जितसँगै एपिएफले १३ अङ्क जोडेको...बाँकी अंश →


आगलागीमा परी एक वृद्धको मृत्यु

चरिकोट, ३ पुस,, दोलखा बिगु गाउँपालिकामा गए राति आगलागी हुँदा त्यसमा परेर एक वृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा बिगु गाउँपालिका–८ थामीचागुका ७५ वर्षीय बलबहादुर थामी रहेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । भूकम्पपछि सरकारी मापदण्डअनुसारको पक्की आवास निर्माण गरिरहेका थामी त्रिपालको टेन्टमुनि बस्दै आएका थिए । दोलखामा केही दिनदेखि...बाँकी अंश →


पोखरा आसपासमा चरा पर्यटन

पोखरा, ३ पुस,,  हिमाल, ताल र प्राकृतिक सौन्दर्यले मात्र होइन पछिल्लो समय पोखरा र आसपासको क्षेत्रमा पाइने चराचुरुङ्गीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । “ ताल वरपर र आसपासका क्षेत्रमा चरा हेर्ने पर्यटक पनि आउने गरेका छन् जसले पोखराको पर्यटनलाई बढाएको छ,” विगत २६ वर्षयता चरा गाइडका रुपमा काम गर्दै...बाँकी अंश →


कृषि थोक बजारबाट कृषक लाभान्वित हुने

विराटनगर, ३ पुस,, कृषकको जीवनस्तर उकास्न मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारले ठूलो मद्दत गर्ने भएको छ । कृषकले उत्पादन गरको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पु¥याउन कृषि थोक बजारले सहयोगीको भूमिका निर्वाह गर्ने प्रदेश नं–१ का कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले...बाँकी अंश →


तोरीखेतीतर्फ आकर्षण बढ्दो

चितवन, ३ पुस,,  तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका थिए । पछिल्ला तीन वर्षमा तोरी लगाउने क्रम बढेर गएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । केन्द्रका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter