
पर्वत, ४ पुस,, महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो । गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । गाउँपालिकाका प्रवक्ता जीवन...बाँकी अंश →

चितवन, ४ पुस,, चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने भएको छ । गिद्धलाई छाड्न नवलपुरको पिठौलीस्थित जटायू रेष्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई त्यहाँ बनाइएको जालीमा केही महीना राखेर प्रकृतिमा छाडिने छ । कसरास्थित गिद्ध प्रजनन् केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत...बाँकी अंश →

गोरखा, ४ पुस,, गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र...बाँकी अंश →

काठमाडौँ, ४ पुस,, पछिल्लो समय बाइसधारा उद्यानतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । वातावरणीय हिसाबले स्वच्छ, सफा र सुन्दर खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले युवा पुस्ताको मन तान्न सफल भएको छ । नागार्जुनको फेदीमा अवस्थित बाइसधारा उद्यानमा दैनिक घुम्न आउने, वनभोज, विवाह र ब्रतवन्ध गर्नेको रोजाइमा पर्न...बाँकी अंश →

बलेवा, ४ पुस,, दान र चन्दाकै भरमा करोडौँ रुपैयाँका संरचना बनाउने निकै कठिन काम हो । बागलुङको कुँडुले फेदीमा भने सहयोगकै भरमा झण्डै रु छ करोडको लागतमा संरचना बन्दै छ । कुडुलेफेदीमा निर्माण गर्न लागिएको भूमिगत शालिग्राम सङ्ग्राहलय दानकै भरमा निर्माण सम्पन्न हुने चरणमा छ । ऋषि प्रपन्नाचार्यको पहलमा निर्माण...बाँकी अंश →

काठमाडौँ, ३ पुस,, स्लोभानियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदीले त्यहाँका राष्ट्रपति बोरुट परहोरसमक्ष सोमबार लुब्जाना राजप्रसादमा आयोजित विशेष समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । त्यस अवसरमा राजदूत सुवेदीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रपति बोरुटमा शुभकामना व्यक्त गर्नुभयो । स्लोभानियाका राष्ट्रपतिले दुई देशबीचको सुमधुर...बाँकी अंश →

काठमाडौँ, ३ पुस,, आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार...बाँकी अंश →

मार्तडी, ३ पुस,, बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको उक्त साना जलविद्युत् एक सातादेखि अवरुद्ध हुँदा विभिन्न कार्यालय, सञ्चारमाध्यमको दैनिक कामकाजमा व्यवधान उत्पन्न भएको छ । गएको मङ्सिर २८ गतेबाट विद्युतगृहको...बाँकी अंश →

इलाम, ३ पुस,, इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिनुभयो । बालिका घर नफर्के...बाँकी अंश →

काठमाडौं, ३ पुस,, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ११६ ग्रामका चार बिस्कुट र करीब ५० ग्रामको एक...बाँकी अंश →

काठमाडौँ, ३ पुस,, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा आज वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “अझै पनि...बाँकी अंश →

काठमाडौँ, ३ पुस,, नेपाली तीन युवा खेलाडीलाई सुशील कोइराला फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ । फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेका खेलाडीमा यू–१६ टोलीका रित गौतम, त्रितराज दाश र भूपेन्द्र उप्रेती छन् । छात्रवृत्ति पाउने तीनै खेलाडीले भारतमा गएर एक महीना वीरेन्द्र सहवाग एकेडेमीमा प्रशिक्षण गर्नेछन् । त्यसको आधा खर्च एकेडेमीले र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: