
भरतपुर, ४ पुस,, चितवनको दुर्गम मानिने माडी क्षेत्रको विकासमा राष्ट्रिय निकुञ्ज तथा वन्युजन्तु संरक्षण ऐन २०२९ निकुञ्ज ऐन नै बाधक बनेको सरोकारवालाहरु बताउँछन् । ऐनमा रहेका अनेक प्रावधानका कारण ठेक्का सम्झौता भएका र बजेट विनियोजन भएर ठेक्काको प्रक्रियामा रहेका दर्जन बढी विकास योजनाहरु अलपत्र परेका छन् । दुई वर्षका लागि...बाँकी अंश →

काठमाडौँ,४ पुस,, काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय अनिल श्रेष्ठको आज बिहान मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका...बाँकी अंश →

सिंजा, जुम्ला, ४ पुस,, तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल...बाँकी अंश →

नेपालगञ्ज, ४ पुस,, छात्रा मात्र अध्ययन गर्न पाउने एक मात्र विद्यालय नेपालगञ्जमा ७७ वर्षदेखि सञ्चालनमा छ । तराई क्षेत्र बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढन थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न...बाँकी अंश →

घोराही, ४ पुस,, ९३ मुद्दा अदालतमा पेश गरेको जिल्ला वनले अघिल्लो वर्ष ६४ जनाविरुद्ध २५ मुद्दा अदालतमा दायर गरेको थियो । कार्यालयको तथ्याङ्कअनुसार विशेषगरी काठ चोरी गर्ने, काठ ओसारपसारमा संलग्न रहेका, जडीबुुटी ओसारपसार, वनमा आगो लगाउने, वन पैदवारलाई हानि नोक्सानी पु¥याउने, वन क्षेत्रबाट ढुङ्गा बालुवा ओसारपसारमा संलग्न, वन्यजन्तुको हाडछाला ओसारपसार...बाँकी अंश →

रुपन्देही, ४ पुस,, बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् । व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा लुम्बिनी बजारमा सडक खाना...बाँकी अंश →

काठमाडाैंमा नेपाली काँग्रेसकाे महासमिति मेलामा अाज दिउँसाे मुस्लिम संघ नेपालको अध्यक्ष अब्दुल सत्तारले पालाे लिएर बाेल्नुभयाे । रूपमा गहकिलाे बाेले जस्तै देखिए पनिसारमा उहाँले दाेहाेराे अर्थ लाग्ने गरी दबिएर बाेल्नु भयाे ।स्पेसखबर डटकममा अपडेट भएकाे समाचारमा उहाँका भनाइहरू उध्दृत गरिएका छन् । “कांग्रेसको चारतारे झण्डाको एउटाताराले धार्मिक स्वतन्त्रताको व्याख्या गर्ने भएकोले त्यसबाट पछाडि हट्न हुँदैन ।"धार्मिक स्वतन्त्रताबाट पछाडि हटेर के कांग्रेसले आफ्नो झण्डाको एउटा तारा हटाउन सक्छ ? त्यसोगर्नु भनेको वीपीको सिद्धान्त छाड्नु हाे।" सत्तार साहब ! विचारमा डग्मगिनु भयाे हजुर धर्मनिरपेक्षताकाे बिरूध्दमा काँग्रेसभित्र अावाज उठाउनेहरूमा स्व. खुमबहादुर खडका, गगन थापा (कहिलेकाहिँ), बीपीपुत्र शेखर काेइराला, सशांककाेइराला र शङ्कर भण्डारीहरू नै हुन् । अस्तिदेखि पस्किएकाे "सनातन वैदिक हिन्दू राष्ट्र" प्रणालीले धार्मिक स्वतन्त्रतालाई राेक्दैन । उनीहरूकाे हिन्दू राष्ट्रमा धार्मिक स्वतन्त्रताबिद्यमान रहनेछ । धार्मिक स्वतन्त्रता त नेपाल हिन्दू राष्ट्र रहेकाे बखतमा पनि थियाे । धार्मिक स्वतन्त्रता मात्र चाहिएकाे थियाे भने धर्मनिरपेक्षतासहितकाे संविधानमा काँग्रेसकासभासद्हरूले किन दस्तखत गरे त? सत्तार सर, हजुरले अाफ्नाे भनाइ राख्ने क्रममा धर्मनिरपेक्षताकाे डिफेन्स गरेकाे देखिएन । धार्मिक यस्वतन्त्रता भए पुग्ने शैलीमा दबिएरबाेल्नुभयाे । यसले त शंकर भण्डारी र कमल थापासम्मलाई समर्थन गरेकाे प्रतीतहुन्छ । धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र ल्याउने विषयले बजार पाएकाे हाे महासमिति बैठकमा ।धार्मिक स्वतन्त्रताकाे बिरूध्दमा कुरा उठेकाे भए हजुरकाे मन्तव्य ठीक हुन सक्थ्याे । धर्मनिरपेक्षताकाे वकालतमा तपाईं काँग्रेसका मुस्लिम नेताहरूलाई बाेल्न किन डर लाग्याे ? किन कमाउनुहुन्छ खुट्टा ? बिमलेन्द्र निधि र कृष्णप्रसाद सिटाैलाकाे जस्ताे फरक मतराख्न केले राेक्दाे रहेछ मुस्लिम लीडरहरूलाई ? धार्मिक स्वतन्त्रता धर्मनिरपेक्षतामा हुन्छ । र, याे हिन्दू राष्ट्रमा पनि सम्भव थियाे र छ ।धार्मिक तथा सामुदायिक विविधतालेभरिपूर्ण नेपाललाई चाहिएकाे धर्मनरिपेक्षता हाे जहाँ राज्यकाे कुनै धर्म न हाेस् । धर्म त व्यक्तिकाे हुन्छ । धर्मनिरपेक्षताभित्र स्वत: धार्मिक स्वतन्त्रता त छँदैछ नि । कमसेकम १००जना महासमिति सदस्य मुस्लिम हुनुहुन्छ हाेला । हिन्दू । राष्ट्रकाे पक्षमा बाेल्नुभयाे । धार्मिक स्वतन्त्रता जसकाे बारेमा बाेल्नुकाे कुनै अाैचित्य थिएन, बाेल्नुभयाे । तर, बिडम्बनाधर्मनिरपेक्षताकाे पक्षमा एकजनाले पनि बाेल्ने साहस गर्नुभएन। याेभन्दा राम्राे शंकर भण्डारीकाे "सनातन वैदिक हिन्दू राष्ट्र" माथि एकमुष्ठ दस्तखत गरिदिनुस् । यतिगरिदिनुभयाे भने तपाईंका नेताहरूकाे हाैसला बढेर स्यावासी पनि पाउन सक्नुहुन्छ । धन्यवाद,बाँकी अंश →

खोटाङ, ४ पुस,, डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान्सँगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ । विवाहबन्धनमा बाँधिएको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको...बाँकी अंश →

भद्रपुर, ४ पुस,, खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण सङ्कट झेलिरहेको छ । पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२ स्थित सो विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त भए पनि शिक्षकको अभाव छ । जुडोका राष्ट्रिय प्रशिक्षक गङ्गा खड्काको पहलमा २०६७ सालमा स्थापना...बाँकी अंश →

भरतपुर, ४ पुस,, प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताउनुभएको छ । प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई प्रदेश सरकारले...बाँकी अंश →

दमौली, ४ पुस,, तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई रु २५ हजार बराबरको चार थान साइकल सहयोग गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष मोहनकुमार विकले प्रहरी उपरीक्षक शिद्धीविक्रम...बाँकी अंश →

बेझाड, ४ पुस,, पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् । रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिनका लागि शिविर आयोजना गरिएको हो । “स्वास्थ्य...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: