
रामपुर ४ पुस,, पर्सा जिल्लाको दक्षिण पश्चिममा रहेको ठोरी गाउँपालिकामा आन्तरिक तथा भारतीय पर्यटक भित्र्याउने उद्देश्यले ‘प्रथम ठोरी महोत्सव’ आयोजना हुनेभएको छ । ऐतिहासिक राईधारा परिसरमा हुने महोत्सवले स्थानीय उत्पादनको प्रचारप्रसार हुने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास आयोजकले लिएको छ । राईधार नेपाल भारत क्षेत्रको दशगजा...बाँकी अंश →

लमही, ४ पुस,, दाङमा तराई मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १३ वटा योजनाका लागि रु सात करोड ७५ लाख बजेट छुट्याइएको छ । सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत...बाँकी अंश →

बाँके, ४ पुस,, पश्चिम राप्ती नदीको पानीबाट सिँचाइ पु¥याई कृषि उत्पादनसँगै आर्थिक विकासलाई गति दिने उद्देश्यले सिक्टा सिँचाइ आयोजनाको निर्माण शुरु गर्दा समृद्धिका सपना देखेका बाँकेबासी अहिले निराश भएका छन् । बाँकेको समृद्धिका रुपमा लिइएको आयोजना सञ्चालनमा नआउँदै भत्किएपछि उनीहरुमा नैराश्यता छाएको हो । त्रिचालीस वर्षअघि निर्माणको चर्चा चलेको सिक्टाको...बाँकी अंश →

काठमाडौँ, ४ पुस,, कर्मचारी समायोजनको कुरा उठाइरहेका बेला सरकारले समायोजनका क्रममा विशेष दक्षताबिना नै प्रक्रिया अघि बढाइरहेको कर्मचारीले आरोप लगाएका छन् । कर्मचारीको प्रतिनिधित्व गर्दै शिक्षा सेवाका उपसचिव ईश्वरीप्रसाद पोखरेलले अन्य विधाभन्दा शिक्षालाई सरकारले अछुत बनाइरहेको आरोप लगाउनुभयो । आज यहाँ आयोजित पत्रकार सम्मेलन बोल्नुहुँदै उपसचिव पोखरेलले शिक्षा क्षेत्रमा कुनै...बाँकी अंश →

बलेवा, ४ पुस,, यतिबेला बागलुङका वनहरुमा साँझको समयमा शिकारीको लर्को देखिन्छ । घाम डुबेर गोधूलि साँझ शुरु भएसँगै शिकारीहरु वनको आसपासमा पुग्ने गर्छन् । घाम अस्ताएपछि बासस्थानको खोजीमा रहेको कालिजलाई पछ्याउँदै उसको बाससम्म पुग्ने शिकारीहरु देखिन थालेका छन् । विशेष गरेर बस्ती नजीकैका वनहरुमा पाइने कालिजको शिकार गर्ने क्रम बढेको...बाँकी अंश →
बेझाड, ४ पुस,, माछापालन व्यवसायबाट पाल्पाका कृषकले मनग्य आम्दानी लिन थालेका छन् । आधुनिक पोखरी निर्माण गरी व्यवसाय गर्न थालेपछि यहाँका कृषकले माछापालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका माछापालन गरेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले आर्थिक वर्ष ०७०/०७१ देखि साविक...बाँकी अंश →

काठमाडौँ, ४ पुस,, ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४/७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पूँजी वा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत स्वीकृत...बाँकी अंश →

काठमाडौँ, ४ पुस,, दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया (परिवर्तित नाम) फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्कनुभयो । सानैमा बिहे गर्नुभएकी उहाँ श्रीमान्ले मदिरापान गरेर दुःख दिएपछि सन्तानको सुखी भविष्यका लागि कुवेत जानुभएको थियो । दलालले धेरै महिला कामदारलाई जस्तै घुमाउरो बाटो हुँदै उहाँलाई खाडी पु¥यायो...बाँकी अंश →

काभ्रेपलाञ्चोक, ४ पुस,, मण्डन देउपुर नगरपालिका–२ अट्टेडाँडामा नगरको व्यवस्थापनमा प्रहरीचौकी स्थापना गरिएको छ । पर्यटकीयस्थल नगरकोट, नाल्दुम तथा बालुवापाटी देउपुरको समग्र सुरक्षालाई मध्यनजर गर्दै प्रहरीचौकी स्थापना गरिएको नगर प्रमुख टोकबहादुर वाइबाले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको सुरक्षा र समस्यामा प्रहरीको आवश्यकता महसुस भएकाले प्रहरीचौकी स्थापना गरेका हौँ ।” उहाँका अनुसार...बाँकी अंश →

तेह्रथुम, ४ पुस,, जिल्लाको म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३२ वर्षे सुनीता सम्बाहाम्फेका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । बाह्र वर्षे छोरा कक्षा ५ र नौ वर्षे छोरी कक्षा ३ मा पढ्छन् । सानो छोरा अहिले तीन वर्षको पुग्दैछ । ठूला दुई नानी हुर्काउन सुनितालाई निकै हम्मे–हम्मे प¥यो...बाँकी अंश →

ललितपुर, ४ पुस,, काठमाडौँ उपत्यकामा कुनकुन मार्गमा कति गाडी गुडाउने भन्ने अध्ययन अन्तिम चरणमा पुगेको छ । प्राथमिक, सहायक र भित्री गरेर तीनथरिका मार्ग निर्धारण गर्न लागिएको प्रदेश नं ३ अन्तर्गतको यातायात व्यवस्था कार्यालयले बताएको छ । सडकको लम्बाइ र जनसङ्ख्याको आधारमा मार्ग छुट्टाउन लागिएको कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले बताउनुभयो...बाँकी अंश →

काठमाडौँ, ४ पुस,, नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम आज पाँचौँ दिन पनि जारी छ । बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलमा जारी भए पनि पार्टीको विधान मस्यौदा प्रतिवेदन भने भोलिमात्रै पेश हुनेछ । यसअघि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: