दमौली, ५ पुस,, डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ग१ख ४७९० नंको बसको ठक्करबाट मङ्गलबार घाइते कँडेलको उपचारका क्रममा बुधबार...बाँकी अंश →

रोल्पा, ५ पुस,, स्थानीय सरकारका न्यायिक समितिमा कतै बढी मुद्दा परेका छन् भने कतै निकै कम । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको न्यायिक समितिमा पहिलो एक वर्षमा दुईवटा मात्र उजुरी परेका थिए । ती मुद्दा पनि लेनदेन र बच्चाको हेरचाह नगरेको विषयका थिए । दुवै मुद्दामा मित्रापत्र गराइको जानकारी दिँदै समितिका...बाँकी अंश →
गोदावरी, ५ पुस,, स् अर्थ अभावका कारण नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहमा ‘स्मार्ट सिटी’को अवधारणाबारे जानकारी दिन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयमा बजेट कम भएको जनाएका कारण प्रत्येक स्थानीय तहमा पुग्न नसकिने भएकाले प्रदेश तहमा गएर कार्यक्रम गर्न लागिएको नाष्टका प्रविधि...बाँकी अंश →

जाजरकोट, ४ पुस,, भेरी नगरपालिका–४ गैरीखालीमा रहेको टोनी हेगन रत्न पत्थर उद्योग बजारको अभावमा सञ्चालमा कठिनाइ भएको छ । दुई वर्षअघि घरेलु तथा साना उद्योग विकास समिति, जाजरकोटमा दर्ता गरेर सञ्चालनमा ल्याइएको टोनी हेगन रत्न पत्थर उद्योग बजारीकरणको अभावले नियमित रुपमा सञ्चालन आउन नसकेको हो । जिल्लाको औद्योगिक विकासमा योगदान...बाँकी अंश →

काठमाडौँ, ४ पुस,, सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण...बाँकी अंश →

खस्यौली, ४ पुस,, मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले (ब्रोकर) दलाल कार्यालयमार्फत अनलाइन शेयर कारोवार गर्न काठमाडौँमा केही लगानीकर्तालाई सहज भए पनि बुटवलमा यसको प्रयोग नभएको (ब्रोकर)...बाँकी अंश →

काठमाडौँ, ४ पुस,, प्याकुरेल सेवा समाजले समाजसेवी हितबहादुर प्याकुरेललाई सम्मान गरेको छ । प्याकुरेलले नुवाकोट सूर्यगढी गाउँपालिकास्थित वागेश्वरी माविमा निःशुल्क १४ वर्ष गर्नुभएको सेवाको कदर गर्दै सो सम्मान गरिएको हो । पशुबलिका विरोधी उहाँ ब्रह्माकुमारी सेवा केन्द्रसँग पनि आबद्ध हुनुहुन्छ । यसैबीच मेचीमहाकाली जनसमन्वय दलका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका प्याकुरेलले...बाँकी अंश →

चितवन, ४ पुस,, आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पाँच महीनामा रु ११ अर्ब ६५ करोड ४२ लाख ५६ हजार राजश्व असुल गरेको छ । कार्यालयले लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व असली गरेको हो । कार्यालयलाई आन्तरिक राजश्व विभागले दिएको लक्ष्यभन्दा रु एक अर्ब ५३ करोड एक लाख ७०...बाँकी अंश →

काठमाडौँ, ४ पुस,, प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशसभा र स्थानीय तहमा रिक्त पदमा आगामी चैत वैशाखभित्र निर्वाचनको तयारीका लागि वातावरण बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले स्थानीय सरकारको रुपमा रहेका जनप्रतिनिधिको पद लामो समयदेखि रिक्त रहँदा जनतामा सेवा प्रवाह प्रभावित हुने पक्षलाई हेक्का राख्दै...बाँकी अंश →

विदुर, ४ पुस,, कृषि र पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा नेपालकै पहिलो एग्रो टुरिजममा आधारित जैविक रिसोर्ट सञ्चालन गरिने भएको छ । नुवाकोटको बेल्कोटगडी नगरपालिका–८ जिलिङको फेदीमा ड्रिम ल्याण्ड रिसोर्ट एण्ड प्राङ्गारिक फार्म हाउस रु २५ करोडको लगानीमा सञ्चालनको तयारी हुन लागेको हो । स्थानीय नेपाली परम्परा, संस्कृति,...बाँकी अंश →

खस्यौली, ४ पुस,, प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको आज स्थलगत अवलोकन गर्नुभएको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्व कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउन लागेकोलगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले जितगढीमा नेपाली...बाँकी अंश →

धनगढी, ४ पुस,, कैलाली जिल्लाका कतिपय सहकारी संस्थाले सरकारको अनुदानित रासायनिक मलको मूल्य मनोमानी ढङ्गले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले मलको कारोवारबारे गरिएको स्थलगत अनुगमनका क्रममा जिल्लाका कतिपय सहकारी संस्थाले मनोमानी ढङ्गले मलको मूल्य निर्धारण गरी बिक्री गरिरहेको पाइएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: