
नवलपरासी, ५ पुस,, पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको छ । नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी भारतीय गण्डक नहरमा पानी बन्द भएका कारण नहरमा आवश्यकताअनुसार पानी नहँुदा विद्युत् उत्पादन गृहमा लामो समयदेखि विद्युत् उत्पादन बन्द हुन पुगेको हो । कार्यालयका अनुसार...बाँकी अंश →

काभ्रेपलाञ्चोक, ५ पुस,, बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ । स्थानीयवासी मीरा शाक्यले बिना अनुमति २०३३ सालदेखि उक्त उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । विभागबाट अनुमति नलिएको, पाउरोटी उत्पादन गर्न प्रयोग गरिएका सामग्री सरसफाइमा ध्यान नदिएको तथा केही...बाँकी अंश →

वीरगञ्ज, ५ पुस,, नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी रहेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ । “तीव्र गतिमा बाँकी...बाँकी अंश →

काठमाडौँ, ५ पुस,, काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ...बाँकी अंश →

जुम्ला, ५ पुस,, सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ । दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै नमूना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन नराकोटमा निर्माण भइरहेको हो । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको सहजीकरणमा भवन निर्माण कार्य ९५ प्रतिशत...बाँकी अंश →

बाजुरा, ५ पुस,, बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । सोही नगरपालिका–१० वडामा रहेको उक्त विद्यालयमा कक्षा...बाँकी अंश →

सिरहा, ५ पुस,, मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेशका बजारमा चहलपहल कम हुन थालेको छ । खासगरी गरीब विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरीब, विपन्न वर्गका समुदाय जाडोबाट...बाँकी अंश →

बेझाड, ५ पुस,, अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका छन् । दिउँसो वडा कार्यालयमा कामका लागि पुग्नुभएकी रामपुर नगरपालिका–६ का लक्ष्मी ढकाल कर्मचारी आन्दोलनमा निस्केपछि त्यसै फर्कनुपरेको बताउनुभयो । “मेरो अति आवश्यक काम परेका कारण साँझपख आन्दोलनको समय सकिएपछि...बाँकी अंश →

घोराही, ५ पुस,, दाङको देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ । आर्थिक वर्ष २०७३/७४ मा देउखुरी क्षेत्रलाई मकैको सुपरजोन घोषणा गरिएको थियो । सोही कार्यक्रमअन्तर्गत एक हजार हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती हुँदै आएकामा यस वर्ष थप तीन सय...बाँकी अंश →

बाँके, ५ पुस,, पश्चिम नेपालका अधिकांश जिल्लाबाट उपचारका लागि छालाका बिरामी नेपालगञ्जमा आउने गर्छन् । यसखाले समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दो रूपमा रहेको चिकित्सक बताउँछन् । स्वास्थ्यका बारे जनचेतना नभएकाले, सरसफाइमा ध्यान नदिँदा सङ्क्रमणबाट ढुसी (फंगस) बढी देखा पर्ने गरेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका चिकित्सक डा...बाँकी अंश →

कपिलबस्तु/संवाददाता कपिलबस्तु को कृष्णनगर नगरपालिका वडा नं.१० खैरा गाउमा अ.७ किलो ५००ग्राम चरेस बरामद भएको छ। ईलाका प्रहरी कार्यलय गणेशपुर प्रहरी निरीक्षक नबिन पौडेल को कमान्ड मा खटिएको गस्ती टोली ले विशेष सुराकी को आधारमा कृष्णनगर न.पा.१० खैरा गाउमा बस्ने रफीक अमिन खाँ को घर मा खान तलासी गर्दा घर...बाँकी अंश →

गौशाला, ५ पुस,, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका बासिन्दा विगत एक महीनादेखि खानेपानीबाट बञ्चित रहेका छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका जलेश्वर नगरपालिकाका एक हजार १८१ उपभोक्ता विगत एक महीनादेखि खानेपानी पाउन नसकेर हैरान छन् । जलेश्वर नगरपालिकाको साविक वडा १, २, ३,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: