
काठमाडौँ, ६ पुस,, पुनरुत्थानवादी शक्ति नेपालले सर्वोच्च अदालतबाट फैसला कार्यान्वय नभए आन्दोलन गर्ने घोषणा गरेको छ । सार्वजनिक जग्गालाई प्लटिङ गरी बिक्री गरी मुनाफा कमाउने समूहलाई सरकारले संरक्षण गरिरहेको र अस्थायी शिक्षकलाई स्थायी गर्ने सरकारी घोषणा कार्यान्वयनमा पनि बेवास्था गरिएको अभियानका प्रमुख नेता तारा बरालको आरोप थियो । देशमा भइरहेका...बाँकी अंश →

लमही, ६ पुस,, कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरिरहनुभएकी दाङ लालमटीयाका दुर्गा सार्कीले व्यवसायलाई निन्तरता दिएका कारण आम्दानी गर्नाका साथै पक्की घरसमेत निर्माण गर्न सफल हुनुभएको छ ।ग्रामीण महिला उत्थान केन्द्रबाट ऋण लिएर बङ्गुरपालन शुरु गरेपछि दुर्गाको आम्दानीको स्रोत बढ्दै गएकाले पक्की घर निर्माण गर्नुभएको हो। अहिले उहाँसंग ६०...बाँकी अंश →

रुकुम (पूर्व), ६ पुस,, जिल्लाको मुख्य पर्यटकीयस्थल कमल तालको छेवैमा बगैँचा बन्ने भएको छ । कमल ताललाई आकर्षक तथा थप हेर्न लायक बनाउन तालको पश्चिमतर्फ बगैँचा र अन्य संरचना बनाउन थालिएको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले रु तीन करोड १६ लाख बजेट विनियोजन गरेको थियो ।...बाँकी अंश →
काठमाडौँ, ५ पुस,, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताउनुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुन क्षेत्रमा कस्तो खाले जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै...बाँकी अंश →

दार्चुला, ५ पुस,, लेकम गाउँपालिका–३ लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ । भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको लालीमा सञ्चालन हुने ट्युब विस्थापनअन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काम पूरा भएको हो । पुल निर्माणको औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्न मात्रै बाँकी रहेको निर्माण...बाँकी अंश →

डडेल्धुरा, ५ पुस,, अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको गए राति मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला...बाँकी अंश →

इलाम, ५ पुस,, पचास हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आजदेखि शुरू भएको छ । इलाममा आयोजना भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो पर्यटन महोत्सवका रूपमा लागेको उक्त महोत्सवमा साहित्यिक तथा सांस्कृतिक विषयवस्तुको प्रदर्शन गरिएको छ भने जातीय खानाका परिकारसमेत प्रस्तुत गरिएको छ । महोत्सवको शुरुमा...बाँकी अंश →

काठमाडौँ, ५ पुस,, यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको सामाजिक विकास...बाँकी अंश →

नवलपरासी, ५ पुस,,पूर्वी नवलपरासीको दाउन्ने डाँडा द्वन्द्वकालमा दाउन्नेमा रहेको रिपिटर टावरको सुरक्षाका लागि खटिएको नेपाली सेना शान्ति सुरक्षाको कुनै जोखिम नभएको भन्दै हटाइएको छ । जिल्ला सुरक्षा समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को निर्णयअनुसार नेपाली सेनाले आफ्नो जिम्मेवारी बरबुजारत गरी दाउन्नेबाट बाहिरिएको हो । हाल देशमा शान्ति सुरक्षा कायम भएको...बाँकी अंश →

विराटनगर, ५ पुस,, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राईले समाजमा देखिएका नकारात्मक...बाँकी अंश →

काठमाडौँ, ५ पुस,, नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत फाजिल (जगेडा)मा रहेका वरिष्ठ कर्मचारीलाई तत्काल व्यवस्थापन गर्न माग गरेको छ । दशाँै तहका मात्र करीब ४० कर्मचारी फाजिलमा रहेका बताइन्छ । सङ्घका अध्यक्ष श्रीकृष्ण भट्टले आज सो मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई भेट गरी प्रदेशअन्तर्गत स्वास्थ्य सेवा विभाग गठन गर्न...बाँकी अंश →

काठमाडौँ, ५ पुस,, तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ । सूचना छिटो छरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन दिइने व्यवस्था गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभरिको १३७ महिला स्वयंसेविकालाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: