१५ चैत २०८२

प्रदेश

रुखले च्यापेर मजदूरको मृत्यु

गलकोट, ८ पुस,, बागलुङको काठेखोला गाउ“पालिका–६ चिरपानीमा शनिबार रुख काट्ने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । पर्वत जिल्लाको मोदी गाउ“पालिका–७ रापु घर भई हाल बागलुङको काठेखोला गाउ“पालिकामा ज्याला मजदूरी गरी बस्दै आएका ४५ वर्षीय पूर्णबहादुर सार्कीको उत्तीसको रुख काट्ने क्रममा सोही रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको हो...बाँकी अंश →


घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै

बर्दिवास, ८ पुस,, महोत्तरी जिल्लाका मुसहर जातिको दलित बस्तीमा जाडो बढेसँगै बिरामी हुने क्रम निकै बढेको छ । पौष्टिक आहारको कमी र बस्न शीत छल्ने घर नहुँदा शिक्षा, स्वास्थ्य र अन्य अवसरबाट पछि पर्दै आएका मुसहर जातिको बसोबास रहेको बस्ती पुस लागेसँगै छिप्पिदै गएको जाडोले अत्यधिक प्रभावित भएको हो ।...बाँकी अंश →


विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग

दमक, ८ पुस,, दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन् । स्कूलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रमलाई खाद्य सामाग्रीसहितका राहत दिएका हुन् । कक्षा ७ देखि १० सम्मका १२० विद्यार्थीले मासिक रु ३० सङ्कलन गरी त्यही रकममार्फत उक्त...बाँकी अंश →


कतारमा ज्यान गुमाएका सार्कीको परिवारलाई बीमा रकम

खोटाङ, ८ पुस,, वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ । गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार रु १४ लाख बीमावापतको रकम उपलब्ध...बाँकी अंश →


विभिन्न क्षेत्रका २६ व्यक्ति सम्मानित

काठमाडौँ, ८ पुस,, नागरिक एकता समाजले मुलुक निर्माणमा सहयोग पु¥याउने विभिन्न क्षेत्रका २६ जना व्यक्तिलाई सम्मान गरेको छ । समाजद्वारा यहाँ शनिबार आयोजित ‘मुलुकको आर्थिक समृद्धि र सहकार्य राष्ट्रका लागि अपरिहार्य’ विषयक अन्तरक्रिया, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेल र धनुषा...बाँकी अंश →


समाज विकास र सामाजिक कार्यमा एकताबद्ध भएर लाग्नुपर्छ–उपप्रम पोखरेल

भक्तपुर, ७ पुस,, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समाज विकास र सामाजिक कार्यमा सबै दल एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । भक्तपुरको अरनिको राजमार्ग सफाइ अभियानको दोस्रो चरणको समापन एवं हनुमन्ते नदी सफाइ सामाजिक सेवा उद्घाटन कार्यक्रममा उहाँले सामाजिक कार्यमा कसैले पनि राजनीति गर्न हुँदैन भन्नुभयो । उहाँले भन्नुभयो,“भक्तपुरमा सञ्चालन...बाँकी अंश →


धर्म प्रचारमा बालबालिका प्रयोग

काभ्रेपलाञ्चोक, ७ पुस,,  काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे ।...बाँकी अंश →


खुम्बुवान र तराईमुक्ति मोर्चाले बुझाए हतियार

इनरुवा, ७ पुस,, सुनसरी सदरमुकाम इनरुवामा आज खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ । खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक...बाँकी अंश →


अस्पतालको जग्गा खरीद गर्न १० लाख सहयोग

गलकोट, ७ पुस,, बागलुङ जिल्लाको पैयुँपाटा स्वास्थ्य केन्द्रलाईस्तर उन्नति गरी प्राथमिक अस्पताल निर्माण गर्नको लागि आवश्यक जग्गा खरीद गर्न उद्यमी चन्द्र ढकालले रु १० लाख सहयोग गर्नुभएको छ । केन्द्रले अस्पताल निर्माण गर्न थालेको सुविधा सम्पन्न तीन तले भवन निर्माणका लागि आवश्यक पर्ने सात रोपनी जग्गा खरीदका लागि सहयोग प्राप्त...बाँकी अंश →


सबै स्थानीय तहमा यातायात सञ्चालन

तेह्रथुम, ७ पुस,, तेह्रथुमका सबै स्थानीय तहसम्म नियमित यातायात सेवा सञ्चालन भएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहका केन्द्रबाट पूर्वी तराईसम्म पुग्ने नियमित सवारी सेवा सञ्चालन हुन थालेको हो । हालै आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारबाट सदरमुकाम म्याङ्लुङ हुँदै धरानसम्म सीधा बस सेवा शुरु भएको...बाँकी अंश →


हात्तीको आक्रमणमा परी एकको मृत्यु

पर्सा, ७ पुस,, पर्साको ठोरी गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ । ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । ठोरी गाउँपालिकामा मागी हिँड्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्तिको राष्ट्रिय वनजन्तु आरक्षभित्र हात्ती...बाँकी अंश →


‘रातभरि थुन्ने अभियान’

बाँके, ७ पुस,, कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ । “लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौँ”, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर विसीले भन्नुभयो,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter