
दाङ, ८ पुस,, दाङको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. ५ ले दुःख व्यक्त गरेको छ । नेकपा प्रदेश नं ५ का सचिव जगप्रसाद शर्माले शोक वक्तव्य जारी गरी मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ...बाँकी अंश →

कपिलबस्तु/संवाददाता पुस ८ सरकार स्तरबाट सम्बोधन हुनुपर्ने मदरसाका सवालहरु को विषयमा सेभ द चिल्ड्रेन को सहयोग, शिक्षा विकास तथा समान्वय इकाई कपिलबस्तु को समान्वय र लिडो नेपाल आयोजनामा गौतम बुद्ध होटल तौलिहवा कपिलबस्तु मा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मा प्रदेश नं ५ का सामाजिक विकास मंत्रालय का उपसचिव...बाँकी अंश →

जुम्ला, ८ पुस,, छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताउनुभयो । श्रीमान्ले...बाँकी अंश →

काठमाडौँ, ८ पुस,, सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो । भूकम्पको धक्का करीब १० सेकेन्डसम्म महसुस भएको थियो । भूकम्पको धक्का...बाँकी अंश →

बेत्रावती, ८ पुस,, दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका दुई...बाँकी अंश →

विराटनगर, ८ पुस,, दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ । कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय पनि चिन्तित छन् । दाइजो लिनु र दिनु दुवै हराम मानेका मुसलमानहरू किन...बाँकी अंश →

हुम्ला, ८ पुस,, हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको एक विद्यालयलाई दुई थान कम्प्युटर रोटरी क्लबले सहयोग गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–४ मा रहेको इन्द्रज्वाला प्राथामिक विद्यालय लेखलाई कम्प्युटर शनिबार हस्तान्तरण गरिएको हो । रोटरी क्लबले शनिबार एक कार्यक्रमका बीच कम्प्युटर उपलब्ध गराएको सोही गाउँपालिका–४ का सदस्य राजबहादुर जेठाराले बताउनुभयो ।...बाँकी अंश →

पाल्पा, ८ पुस,, एकल महिलाले आयआर्जन गरी जीवनस्तर उकास्नका लागि परालको जुत्ता बनाउने सीप पाएका छन् । रिब्दीकोट गाउँपालिका आयोजना र गाउँपालिका स्तरीय एकल महिला सञ्चालको संयोजनमा सञ्चालित तालीममा सीप पाएपछि उनीहरु खुशी बनेका छन् । गाउँपालिकाभित्रका २५ एकल महिलाले पहिलो पटक सीप सिक्न पाएपछि खुशी भएका हुन् । तालीममा...बाँकी अंश →

चितवन, ८ पुस,, साहित्यकार हरिहर रेग्मी ‘सविता’को शनिबार राति निधन भएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी रेग्मीको राति ११ः३० बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो । साहित्यकार इन्द्र रेग्मीका अनुसार विसं २०२४ बाट साहित्यिक क्षेत्रमा लाग्नुभएका उहाँका महाकाव्य, कथा, कविता, काव्य गरी सात पुस्तक प्रकाशित छन्...बाँकी अंश →

खोटाङ, ८ पुस,, ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५...बाँकी अंश →

कास्की, पुस ८,, कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थित मर्दीखोलामा मोटरेवल पक्की पुल बन्ने भएको छ । सङ्घीय सरकारकोे रु पाँच करोड चार लाख २४ हजार १७३ लागतमा निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर हुने बताइएको छ । पुलको शनिबार युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एक...बाँकी अंश →

रोल्पा, ८ पुस,, रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रा२ख १३७९ नंको उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५ वर्षीय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । टिपर सडकबाट १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । मृतक चालक दाङ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: