१५ चैत २०८२

प्रदेश

वडा सचिव घुससहित पक्राउ

खस्यौली, ९ पुस,, अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिनुभयो । पक्राउ परेका...बाँकी अंश →


‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान

गलेश्वर, ९ पुस,, मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन गरेको छ । गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र बनाउन गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शौचालयको पिसाब सङ्कलन गरी आइतबारदेखि विद्यालयस्तरमा नै ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान थालिएको हो । सो गाउँपालिकाको वडा...बाँकी अंश →


संविधानअनुसार विधान बनाउने पहिलो पार्टी काङ्ग्रेस

काठमाडौँ, ९ पुस,, नेपाली काङ्ग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ । काङ्ग्रेसको गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले संविधानको सङ्घीयता र समावेशी व्यवस्थालाई पार्टीमा लागू गर्न पहिलोपटक विधान परिमार्जन गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काद्वारा...बाँकी अंश →


सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने

राजविराज, ९ पुस,,  अगामी तीन महीनामा सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका जनप्रतिनिधिसँग राजविराजमा आइतबार गरेको अन्तक्र्रियामा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले प्रदेश नं २ को सप्तरी र महोत्तरीसहित देशको १५ वटा जिल्लामा व्यक्तिगत विवरणसहितको चिप्स कार्ड अर्थात् राष्ट्रिय परिचयपत्र वितरण...बाँकी अंश →


पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी

धनुषा, ९ पुस,,  श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी...बाँकी अंश →


सुत्केरीलाई घ्यू र अण्डा

बैतडी, ९ पुस,, मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलाले उपप्रमुखको...बाँकी अंश →


हुलाकी सडक कालोपत्र हुँदै

बाँके, ९ पुस,,  बर्दियाको ३६ किलोमिटर हुलाकी सडकमा धूलो र हिलोबाट लामो समयदेखि प्रताडित हुँदै आएका बर्दियावासी अहिले कालोपत्र गर्न लोकामा खुशी भएका छन् । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको मूर्तिहा–गुलरिया–भुरिगाउँ, बेलवा सम्मको सडकखण्ड अत्यन्तै जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्नुपरेकामा कालोपत्र भएपछि स्थानीयवासी खुशी भएका हुन् । रु ६२ करोड...बाँकी अंश →


खडेरीपीडित किसानलाई राहत

तेह्रथुम, ९ पुस,, तेह्रथुमको आठराई गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित किसानलाई राहत रकम वितरण गरिएको छ । प्रदेश सरकारको रु २४ लाख ३० हजार र गाउँपालिकाको रु १० लाख ४० हजार ४० गरी कूल रु ३४ लाख ७० हजार ४० रकम यहाँ आयोजित कार्यक्रममा खडेरीपीडित किसानलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर...बाँकी अंश →


बाँदर नलाग्ने, असिनाले नझार्ने फल मेकाडामिया नट

पोखरा, ९ पुस,,  दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ । पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका बाली असिनाले झार्ने बढ्दोक्रसँगै कृषिप्रतिको अनिच्छाका कारण बाँझिएका जग्गामा कृषक यस खेतीतर्फ आकर्षित बनेका छन् ।...बाँकी अंश →


लुदीखोलामा पक्की पुल बन्ने

गोरखा, ९ पुस,, गोरखाको शहीद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ जोड्ने लुदीखोलामाथि पक्की पुल निर्माण हुनेभएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्व बैंकको आर्थिक सहयोगमा पुल निर्माण हुन लागेको हो । कूल रु तीन करोड ४४ लाख ३१ हजारको लागतमा पुल निर्माण गर्न लागिएको पूर्वाधार...बाँकी अंश →


प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट

चितवन, ९ पुस,, आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी रहेका छन् । फुटबल, एथलेटिक्स, मार्सलआर्टसहित १५ वटा विधामा खेलाडी छनोट गरिएको हो । आगामी माघ महीनामा प्रदेश नं–५ मा...बाँकी अंश →


गोरखाको सामागाउँ जङ्गलमा आगलागी

गोरखा, ९ पुस,, जिल्लाको चुमनुब्री गाउँपालिका–१ को जङ्गलमा गएरातिदेखि भीषण आगलागी भएको छ । सामागाउँको मनासलु बेसक्याम्प जाने बाटोमा पर्ने जङ्गलमा राति करीब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म निभाउन नेपाल प्रहरी र स्थानीयवासी लागेपनि नसकेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो । पर्यटक लिएर मनासलु बेसक्याम्पतर्फ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter