१५ चैत २०८२

प्रदेश

धनगढी विमानस्थलमा दिउँसोको उडान बन्द

धनगढी, १० पुस,, धावनमार्ग मर्मतका लागि आजदेखि पुस १७ गतेसम्म धनगढी विमानस्थलमा दिउँसोको हवाई उडान तथा अवतरण बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको धनगढी शाखाका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्ग मर्मत गर्नुपर्ने भएकाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने बताउनुभयो । धावन मार्गको करीब २५० मिटर...बाँकी अंश →


राजधानी कायम नहुँदा जनप्रतिनिधि अन्योलमा

काठमाडौँ, १० पुस,,  प्रदेश नं ३ को राजधानी तोक्ने कार्य ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा देखिएका छन् । समयमै प्रदेशको राजधानी खोजी र घोषणा नभएका कारण चालू आवको बजेटलाई स्थानीय विकास तथा पूर्वाधार निर्माणका गतिविधि सञ्चालनमा कुन क्षेत्रलाई कसरी प्राथमिकता दिने विषयमा प्रदेश सांसद र स्थानीय प्रतिनिधिबीच स्पष्टताको समस्या देखिएको छ...बाँकी अंश →


तीन पेट्रोल पम्पमाथि कारबाही

हेटौँडा, १० पुस,, पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पलाई कारबाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४०० मिलीलिटरसम्म पट्रोलीयम पदाथको परिमाण कमी गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही तीन महीना कैद र रु १० हजार...बाँकी अंश →


विभागीय टोलीको फितलो प्रदर्शन

काठमाडौँ, १० पुस,, शहीद स्मारक ‘ए’ डिभिजन लिगमा छ पटकको लिग विजेता नेपाल पुलिसले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । विसं २०१२, २०१३, २०६३, २०६६, २०६७ र २०६८ सालको विजेता टोली जारी लिगमा दशौँ चरणका खेल सकिँदासम्म पुलिसले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । जारी लिगमा पुलिस चारमा जित,...बाँकी अंश →


कर्मचारी अभावले समस्या भएको सामाजिक विकासमन्त्री दुलालको गुनासो

हेटौँडा, १० पुस,, प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जनअपेक्षाअनुसार काम गर्न कर्मचारी अभावले समस्या भएको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको स्वीकृत कार्यक्रम, वार्षिक बजेट, सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रमबारे जानकारी दिँदै उहाँले कर्मचारीको अभावमा सहजरूपले काम गर्न समस्या भएको बताउनुभएको हो । जनताको अपेक्षाअनुसार पारदर्शी शासन व्यवस्था...बाँकी अंश →


बैठकपछि साङ्गठनिक एकता पूरा गरिने : प्रवक्ता श्रेष्ठ

कास्की, १० पुस,, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले...बाँकी अंश →


कुखुरापालनबाट मनग्य आम्दानी

गाईघाट, १० पुस,,  वैदेशिक रोजगारीबाट फर्केपछि त्यहाँको सीप र अनुभव उपयोग गर्दै आफ्नै गाउँघरमा स्वरोजगार बन्नेक्रम बढ्न थालेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने दीपक राईले स्थानीय जातका कुखुरा पाल्न थालेपछि मासिक रु ५० हजारसम्मको कुखुरा बिक्री गर्न थाल्नुभएको छ । सात वर्ष अगाडि वैदेशिक रोजगारीबाट स्वदेश फर्केका...बाँकी अंश →


हिउँदे अधिवेशन र संसद्को कार्यभार

काठमाडौँ, १० पुस,, सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन भोलि बुधबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानले सरकारको सिफारिशमा राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्य गर्ने...बाँकी अंश →


उद्धारका लागि गएको प्रहरी नै घाइते

धादिङ, १० पुस,,  दुर्घटनामा परेको कारका चालकको आज उद्धारका लागि गएको प्रहरी नै घाइते भएका छन् । काठमाडाँैबाट बुटवलतर्फ जाँदै गरेको बा १४ च ९८०० नं को ट्याक्सी बेनीघाट रोराङ गाउँपालिका–५ भैँसेबाट ६० मिटर तल खसेको कारको चालक उद्वार गर्न जाँदा ट्राफिक प्रहरी पोष्ट बेनीघाटमा कार्यरत प्रहरी हबलदार सुरेशबहादुर चन्द...बाँकी अंश →


मण्डपमा बसिरहेकी बेहुलीलाई कुटपिट गरेपछि…

तेह्रथुम, १० पुस,, तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०.३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो । उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन् । प्रहरीले विवाहमा कुटपिट...बाँकी अंश →


मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा

गलकोट, १० पुस,, दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा बागलुङ जिल्ला ताराखोलाका एक उद्यमीले गाउँमै बसेर व्यवसाय सञ्चालन मात्र गर्नुभएन, आफूजस्तै अन्य युवालाई पनि रोजगारी दिन सफल हुनुभएको छ । ताराखोला गाउँपालिका–५ करिमेला निवासी धनबहादुर विश्वकर्माले पाँच वर्षदेखि मतेस खोला नजिकै सञ्चालन गरेकोे ढुङ्गा ९स्लेट० खानीबाट त्यहाँका स्थानीय ३५...बाँकी अंश →


नेपालगञ्जमा हुस्सु

राँझा, १० पुस,, बाँकेमा आजदेखि जाडो बढेकोे छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ । दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ । उडान अवरुद्ध बिहानैदेखि शुरु भएको शीतलहर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter