१५ चैत २०८२

प्रदेश

निगमलाई ठीक बाटोमा हिँडाइनेछ : मन्त्री अधिकारी

काठमाडौँ, १० पुस,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अबको दुई वर्षभित्रमा नेपाल वायु सेवा निगमलाई साझेदारको व्यवस्थासहित सबैले आशा जगाउने गरी ठीक बाटोमा हिँडाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समिति मातहतको उपसमितिको आजको बैठकमा वाइड बडी खरीदका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले आगामी दुई महीनामा...बाँकी अंश →


समितिको कार्यविधि परिमार्जनसहित पारित

काठमाडौँ, १० पुस,,  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले आफ्नो कार्यविधि पारित गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले छलफलमा उठेका विषयलाई समावेश गरी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो । समितिका सभापति निरादेवी जैरुको अध्यक्षतामा बसेको उक्त बैठकमा सदस्य भीम रावल, डा मीनेन्द्र...बाँकी अंश →


गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिन्छ : अध्यक्ष दाहाल

चितवन, १० पुष,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उहाँले सजिलै हुने काममा पनि समस्या पार्ने गरेको बताउनुभयो । चितवनबाट नवलपरासी जोड्ने गोलाघाट पुल बन्न...बाँकी अंश →


कोटेश्वर कलङ्की सडक मर्मत अवधि शुरु

ललितपुर, १० पुस,,  कोटेश्वर कलङ्की सडकखण्ड निर्माण सकिएपछि आगामी एक वर्षसम्म मर्मतका लागि चिनियाँ कम्पनी सङ्घाई निर्माण सेवा समूहको मर्मत गर्नुपर्ने अवधि शुरु भएको छ । उक्त सडक निर्माणको ठेक्का पाएकोे सो कम्पनीको यही पुस १ गतेदेखि मर्मत अवधि शुरु भएको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको...बाँकी अंश →


सरकारलाई कसैको रोकतोक छैन.. नेता पौडेल

काभ्रेपलाञ्चोक, १० पुस,, नेपाल काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताउनुभएको छ । अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताउनुभयो ।...बाँकी अंश →


‘साठी प्रतिशत जनताको बैंकसम्म पहुँच छैन’

काठमाडौँ, १० पुस,,  नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकामसम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ । सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता पु¥याउने नीतिअनुरुप हाल ६८७ स्थानीय निकायमा वित्तीय पहुँच पुगेको जनाएको छ । सोही बैंकमार्फत् सरकारको आफ्नो सञ्चित कोष सञ्चालन गरेको छ...बाँकी अंश →


भारतबाट ४० नेपाली महिलाको उद्धार

काठमाडौँ, १० पुस,, गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ । दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उहाँहरु झण्डै एक महीनादेखि भारतीय प्रहरीकोे नियन्त्रणमा हुनुहुन्थ्यो । नयाँ दिल्लीस्थित नेपाली...बाँकी अंश →


पूर्व मंत्री मिश्र को नेतृत्व मा कपिलवस्तु को विकास का लागि भारतीय राजदूत संग भेट वार्ता

कपिलवस्तु/संवाददाता पुस ९ कपिलवस्तु को सम्पूर्ण विकास र खास गरि क्षेत्र नं ३ समग्र विकास का लागि भारतीय राजदूत मुनजीव सिंह पुरी संग भेट वार्ता गरिएको छ। विकास प्रेमी  नेता पूर्व मंत्री ईश्वर दयाल मिश्र को नेतृत्व मा पूर्व स्थानीय विकास अधिकारी चिरंजीवी भण्डारी विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा र...बाँकी अंश →


चितवन महोत्सव पुस २५ देखि

चितवन, १० पुस,, उद्योग वाणिज्य सङ्घ चितवनको अगुवाइमा हुने चितवन महोत्सव आगामी पुस २५ गतेबाट शुरु हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । नारायणी नदी किनारमा १२ औँ संस्करणका रुपमा महोत्सव आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले...बाँकी अंश →


नेपालसँग व्यापारिक सम्बन्ध बढाउने तत्परता

काठमाडौँ, १० पुस,, भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा रूपान्तरण गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा नेतृत्वको १९ सदस्यीय उद्यमी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार लखनउमा भएको भेटवार्तामा उहाँले सहयोगको आश्वासन दिनुभएको...बाँकी अंश →


नास्टमा जनशक्ति अभावले कार्यक्रम प्रभावित

काठमाडौँ, १० पुस,, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का विभिन्न कार्यक्रम जनशक्ति अभावले प्रभावित बनेका छन् । पहिरोका बारेमा पूर्व सूचना दिने प्रविधि, भूकम्पको पूर्व सूचना दिने प्रविधिलगायतमा जनशक्तिको कमी भएको हो । अहिले प्रतिष्ठानको प्रविधि सङ्कायमा २५ कर्मचारी कार्यरत छन् । झण्डै २० जना थप जनशक्ति आवश्यक भएको...बाँकी अंश →


राजधानी कायम नहुँदा जनप्रतिनिधि अन्योलमा

काठमाडौँ, १० पुस,, प्रदेश नं ३ को राजधानी तोक्ने कार्य ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा देखिएका छन् । समयमै प्रदेशको राजधानी खोजी र घोषणा नभएका कारण चालू आवको बजेटलाई स्थानीय विकास तथा पूर्वाधार निर्माणका गतिविधि सञ्चालनमा कुन क्षेत्रलाई कसरी प्राथमिकता दिने विषयमा प्रदेश सांसद र स्थानीय प्रतिनिधिबीच स्पष्टताको समस्या देखिएको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter