
कञ्चनपुर, ११ पुस,, कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते हुनुभएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताउनुभयो । उहाँका अनुसार खर काटिरहेको बेला एक्कासि...बाँकी अंश →

चौतारा, ११ पुस,, सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ । वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले रामवुआ भनेर पुकारिने अनौठो रखमा फलेको फलको वैज्ञानिक परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागमा पठाइएको थियो ।...बाँकी अंश →

कैलाली, ११ पुस,, नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई बिहान...बाँकी अंश →

कञ्चनपुर, ११ पुस,, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारू समुदायका महिला हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् । थारू समुदायका महिलाले लगाउने लेहङ्गा र चोलीलगायतका विभिन्न प्रकारका पहिरन बनाउने सीप सिकाउन थालिएको छ । विशेष गरी धार्मिक अनुष्ठान र सांस्कृतिक समारोहमा लगाउन प्रयोग हुने परम्पारगत पहिरन बनाउने कार्यमा...बाँकी अंश →

रोल्पा, ११ पुस,, विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु समेत पठनपाठन गर्न लजाउने शिक्षक तथा विद्यार्थी अहिले भने धक नमानेरै खुला बहस गर्ने गर्दछन् । पाठ्यक्रममा समावेश यौन तथा प्रजनन स्वास्थ्य...बाँकी अंश →

तेह्रथुम, ११ पुस,, तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् । ताप्लेजुङका उत्तरी गाउँमा खसेको पहिरोसँगै आएको बाढीले तमोर नदीमा रहेका धेरै माछा बगाएपछि माझीको रोजीरोटी नै खोसिएको छ । तेह्रथुम र पाँचथरका माझीटार, नक्कलेघाट,...बाँकी अंश →

बाजुरा, ११ पुस,, जिल्लामा मौसम परिवर्तन भएसँगै चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि बाजुराको बडीमालिका नगरपालिका–७ मा मङ्गलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभएको छ । नगरपालिकाको उक्तमा रहेका आठ टोलका ४० वृद्धवृद्धालाई कम्मल, वितरण गरिएको छ भने यसैगरी सोही...बाँकी अंश →

कपिलवस्तु/संवाददाता पुस १० देशव्यापी रुपमा मनाईदै आएको दाईजो विरुद्धको अभियान जिल्ला कपिलबस्तुको महराजगंज नगरपालिका को मुजहना गाउमा ईस्लामी संघ नेपालको अयोजनामा एक कार्यक्रमका बीच दाईजो बिरुद्धको अभियान सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापति हाजी ईलीयास फलाही प्रमुख अतिथी महराजगंज नगरपालिका का मेयर अब्दुल कलाम खान मुख्य अतिथि शिवराज नगरपालिका का...बाँकी अंश →

काठमाडौँ, ११ पुस,, सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को...बाँकी अंश →

काठमाडौँ, ११ पुस,, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ जनक्रान्तिका नेता माओत्से तुङको जन्मजयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै श्रमजीवी जनताका लागि माओको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमार्फत महान् नेता माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न...बाँकी अंश →

बर्दिवास, ११ पुस,, आपराधिक गतिविधिका बढी जसो घटनामा मदिरा र लागुपदार्थ दुव्र्यसनको लत लागेका व्यक्ति संलग्न हुने गरेका निष्कर्षसहित यसविरुद्ध अभियान थालेको प्रहरीले लागुपदार्थका कारोवारी र दुव्र्यसनीको खोजसँगै महोत्तरी जिल्लामा मदिरा भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । चोरी, डकैती, लुटपाट, हुलहुज्जत र बलात्कारसम्मका गम्भीर अपराधका बढीजसो घटनामा लागुपदार्थ...बाँकी अंश →

बैतडी, ११ पुस,, जिल्ला प्रशासन कार्यालय बैतडीबाट हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन् । गोठलापानी बजारस्थित उदीप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसीटिभी जडानको लागि अनुमति लिएको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्र भट्टले जानकारी दिनुभयो । कार्यालयले यसअघि गएको मङ्सिरमा अनुमति नलिएर सिसीटिभी जडान गरेकालाई ३५...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: