१५ चैत २०८२

प्रदेश

हिउँदे अधिवेशन शुरु

काठमाडौँ, ११ पुस,, सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आब्हान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो...बाँकी अंश →


हिउँदे अधिवेशन प्रभावकारी बनाउन नेकपाले भूमिका खेल्ने

काठमाडौँ, ११ पुस,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सङ्घीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ । नेकपा संसदीय दलको आज यहाँ बसेको बैठकले संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली...बाँकी अंश →


एन्फा निर्वाचनमा अनियमितताको आरोप

काठमाडौँ, ११ पुस,,  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । आज यहाँ पत्रकार सम्मेलन गर्दै भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फा निर्वाचनका बेला अनियमितता भएको र आर्थिक...बाँकी अंश →


राष्ट्रिय जलवायु सम्मेलन हुने

काठमाडौँ, ११ पुस,,  जलवायु परिर्वतनका कारण र असरबारे देशभरका जनप्रतिनिधिलाई बुझाउने र त्यसबाट बच्न अनुकूलन बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुने भएको छ । जिल्ला समन्वय समिति महासङ्घ सिन्धुपाल्चोकले यही पुस १५, १६ र १७ गते ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को आयोजना गर्न आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो...बाँकी अंश →


भूकम्पसम्बन्धी फोटो प्रदर्शनी

काठमाडौँ, ११ पुस,,  भूकम्पले पु¥याएको क्षति र पुनःनिर्माणका काम समेटेर फोटो प्रदर्शनी शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा शुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले भूकम्पको अवधि र त्यसपछिको पुनःनिर्माणसम्बन्धी गतिविधि समेटेर सङ्ग्रहालय निर्माण गर्ने...बाँकी अंश →


सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

दाङ, ११ पुस,,  सवारी दुर्घटना मानवीय कमजोरीले हुने गरेको भन्दै प्रदेश नम्बर ५ को प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकलाई निःशुल्क स्वास्थ्य जाँच शिविर शुरु गरेको छ । लमही राजमार्गमा लामो तथा छोटो दूरीका सवारी चालकलाई बाटोमा नै निःशुल्क स्वास्थ्य परीक्षण गरिएको प्रदेश नम्बर ५ का प्रहरी प्रवक्ता पुष्पराज मल्लले...बाँकी अंश →


भूमिहीनको समस्या समाधानका लागि सरकार गम्भीर.. उपप्रम यादव

लहान, ११ पुस,, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको आज लहानमा उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री यादवले भूमिहीन सुकुम्बासी समस्याबाट वास्तविक तथ्य पत्ता लगाएर समाधानका लागि सरकार तत्पर रहेको छ भन्नुभयो । प्रदेश...बाँकी अंश →


शेयर बजारमा उच्च अङ्कको वृद्धि

काठमाडौँ, ११ पुस,,  धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६ दशमलव २७ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज ६ दशमलव ४१...बाँकी अंश →


भूकम्प पूर्वसूचना प्रणाली विकास गर्दै नाष्ट

गोदावरी, ११ पुस,, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको...बाँकी अंश →


प्रयोगशाला सेवा विस्तार

काठमाडौँ, ११,, तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चानमा आएको छ । नगरपालिकाका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन आधारभूत प्रयोगशाला प्रयोगमा ल्याइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताउनुभयो । “कार्यक्रम सात वडामा शुरु भइरहेको छ र अब अन्य वडामा पनि सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो । प्रयोगशाला सञ्चालनमा आएसँगै एक लाख...बाँकी अंश →


माओको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय

काठमाडौँ, ११ पुस,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनुभएको छ । माओको १२५औँ जन्म दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका...बाँकी अंश →


पूर्व सभापति अधिकारीको निधन

वालिङ, ११ पुस,,  जिल्ला विकास समिति स्याङ्जाका पहिलो सभापति शिवकुमार अधिकारीको निधन भएको छ । २०४९ सालमा स्याङ्जा जिल्लाको पहिलो जिविस सभापति हुनुभएका अधिकारी ब्रेन ट्युमरबाट ग्रसित हुनुहुन्थ्यो । प्रजातन्त्र सेनानी अधिकारीको मङ्गलबार काठमाडौँमा ७८ वर्षको उमेरमा निधन भएको हो । २०१७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहनुभएका अधिकारी पटकपटक पक्राउ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter