१३ चैत २०८२

प्रदेश

पर्यटकलाई एक सयमा कोठा

बागलुङ, १५ पुस,, अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले रु १०० मा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार साङ्गीतिक साँझको आयोजना गर्दैछ । सोही कार्यक्रमलाई लक्षित...बाँकी अंश →


दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

गौशाला, १५ पुस,,  महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सोही दुर्घटनामा परेर उनका छोरा...बाँकी अंश →


नगरप्रमुखको तलबबाट विद्यार्थीलाई न्यानो कपडा

पर्वत, १५ पुस,,  आफूले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवासुविधावापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रबार फेरि अर्को सहयोग हस्तान्तरण गर्नुभएको छ । नगरप्रमुख जोशीले सिटी एक्सप्रेससँगको सहकार्यमा कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको जगदम्बा आधारभूत विद्यालय र कुश्मा नगरपालिका–५ मा रहेको बाल मन्दिर आधारभूत विद्यालयका...बाँकी अंश →


मन्त्रीले प्रतिबद्धता पूरा गरेपछि स्थानीय खुशी

जाजरकोट, १५ पुस,, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो चुनावी प्रचारप्रसारको क्रममा जुम्लाको सिमानासँग जोडिएको कुशेगाउँपालिकामा एक वर्षभित्र बस सञ्चालन गराउने प्रतिबद्धता पूरा गरेको बताउनुभएको छ । मन्त्री बस्नेतले गर्नु भएको प्रतिबद्धता पूरा भएपछि जाजरकोट कुशे गाउँपालिका, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकाका स्थानीयवासी खुशी भएका छन् । सडक निर्माणकार्य थालिएको...बाँकी अंश →


जग्गा प्रकरण : बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

कञ्चनपुर, १५ पुस,,  महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको हो । प्रदेश सांसद, नेपाली काङ्ग्रेस, नेकपा र तीनका विद्यार्थी...बाँकी अंश →


पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

सुर्खेत, १५ पुस,,  सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी...बाँकी अंश →


प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

काठमाडौँ, १५ पुस,, महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय वीरबहादुर खत्रीलाई शनिबार पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले प्यूठानमा हत्या गरी काठमाडौँ...बाँकी अंश →


स्वर्णपदक विजेता महर्जन पुरस्कृत

काठमाडौँ, १५ पुस,,  नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महेश्वर महर्जनलाई शनिबार यहाँ एक कार्यक्रममा रु एक लाख एक हजार नगदसहित सम्मान गरेको छ । हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपमा विश्वविजेता बनेर महर्जनले राष्ट्रको गौरव बढाएको भन्दै सो सम्मान गरिएको हो । कार्यक्रममा वरिष्ठ चिकित्सक सन्दुक...बाँकी अंश →


पृथ्वीनारायण शाहको योगदानको चर्चा

काठमाडौँ, १५ पुस,,  पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले उहाँले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको छ । नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले देशको निर्माणमा वडामहाराजाधिराजको...बाँकी अंश →


ऊर्जामन्त्रीलाई प्रश्न–लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन्

काठमाडौँ, १४ पुस,,  ‘‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन । सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपुर्जा छैन । के हामीले बिजुली बाल्न नपाउने हो र ?’’ यो भनाइ हो महोत्तरी पिपरा अल्लीपट्टीका काशिम राइनको । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री...बाँकी अंश →


डिजिटल नेपालको ढाँचा महीना दिनमैैः मन्त्री बाँस्कोटा

काठमाडौँ, १४ पुस,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रविधिको उच्चतम प्रयोग गरी समृद्धिलाई सार्थक तुल्याउन उक्त डिजिटल फ्रेमवर्कका आधारमा पाँचवर्षे कार्यक्रम बनाएर...बाँकी अंश →


घरेलु तथा साना उद्योगमा २४ लाखलाई रोजगारी

काठमाडौँ, १४ पुस,, नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् । महासङ्घका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अहिलेसम्म नेपालमा तीन लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter