
बनियानी, १७ पुस,, झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा रु १४ लाख बराबरको क्षति भएको छ । बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । विद्युत् सर्ट भई दर्जीको...बाँकी अंश →

बेझाड, १७ पुस,, रु तीस लाखको लागतमा असेर्दी– रानीबास सडक सञ्चालनमा आएको छ । गाउँमा सडक पुगेपछि कृषकलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ । रम्भा गाउँपालिका– १ हुँगीको असेर्दीदेखि वडा नं २ फोक्सिङ्कोटको रानीबास जोड्ने करीब पाँच किलोमिटर सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि अहिले गाउँमा...बाँकी अंश →

जाजरकोट, १७ पुस,, तीन जिल्लालाई सेवा प्रवाह गर्नका लागि सदरमुकाममा शहरी विकास तथा भवन कार्यालय स्थापना गरिएको छ । जाजरकोट, पूर्वी रुकुम र डोल्पा हेर्ने गरी स्थापना भएको सो कार्यालयको सोमबार सांसद गणेशप्रसाद सिंहले उद्घाटन गर्नुभयो । कर्णाली प्रदेशको मातहतमा रहेको सो कार्यालयले तीन जिल्लाको भौतिक पूर्वाधारको काम हेर्ने छ...बाँकी अंश →

गाईघाट, १६ पुस,, एक्काइस वर्ष अघि व्यावसायिकरूपमा माछापालन शुरु भएको उदयपुर जिल्लामा सात वर्षयता यसको उत्पादनमा वृद्धि हुँदैगएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष उदयपुर जिल्लामा १५० क्विण्टल माछा उत्पादन भएको छ । गत वर्ष जिल्लामा ९० क्विण्टल माछा उत्पादन भएको थियो । त्यस्तै दुई वर्षअघि...बाँकी अंश →

काठमाडौँ, १६ पुस,, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको बाह्रौँ चरणको पहिलो खेलमा मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी)बीचको खेल बराबरीमा टुङ्गिएको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा दुबै टोलीले ५÷५ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन् । मछिन्द्रका लागि विशाल राईले...बाँकी अंश →

रुकुम (पूर्व), १६ पुस,, नयाँ जिल्लाको मान्यता पाएदेखि हालसम्म रुकुम (पूर्वी भाग)को जिल्ला प्रहरी कार्यालयमा विभिन्न शीर्षकमा ५६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३६ मुद्दा फछ्र्यौट भइसकेका छन् भने २० मुद्दा चालू अवस्थामा रहेका छन् । सबैभन्दा बढी भवितव्य ज्यानका १४ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला...बाँकी अंश →

खस्यौली, १६ पुस,, मदन भण्डारी स्पोर्टस् एकेडेमीले राससकर्मी युवराज पाण्डेसहित एक दर्जन पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा पाण्डेसहित मेचीकाली दैनिकका अमृत गिरी, सैनामैना सन्देशका टीका खरेल, रेडियो मलमलाका ऋषिराम न्यौपाने र विष्णु खत्री, बुद्ध टिभिका ललित पाण्डे, रेडियो सैनामैनाका भुवन जिसी, लुम्बिनी टिभीका दीपक न्यौपाने, बुटवल टुडेका नविन...बाँकी अंश →

ललितपुर, १६ पुस,, कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ । सडक निर्माण सक्नु पहिले नै सडक विभागले सात वटा पुल निर्माण गर्ने तयारी भएकामा चार स्थानमा काम धमाधम भइरहेको काठमाडौँ चक्रपथ सडक योजनाका इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताउनुभयो । अन्य तीन स्थानमा भने ठेक्का सम्झौता भइसके पनि...बाँकी अंश →

विराटनगर, १६ पुस,, नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक...बाँकी अंश →

काठमाडौँ, १६ पुस,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको...बाँकी अंश →

विराटनगर, १६ पुस,, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग...बाँकी अंश →

काठमाडौँ, १६ पुस,, सन् २०१८ नेपाली खेलकूद क्षेत्रका लागि मिश्रित वर्ष रह्यो । अन्तर्राष्ट्रियस्तरमा भएका खेलकूदका गतिविधिसँगै नेपाली खेलकूद क्षेत्रले हासिल गरेका केही ऐतिहासिक सफलताले सन् २०१८ लाई अविस्मरणीय बनाइदिएको छ । यद्यपि खेल क्षेत्रको पूर्वाधार विकासमा भने खासै प्रगति हुन सकेन । वर्षको शुरुमै नेपाली क्रिकेटले पाएको ऐतिहासिक एक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: