१३ चैत २०८२

प्रदेश

कार्यालय प्रमुख नहुँदा समस्या

बेझाड, १८ पुस,, पाल्पाको गाउँपालिका कृषि शाखा र पशु शाखा कार्यालय प्रमुखविहीन छ । कार्यालय प्रमुख नहँुदा कृषि र पशु क्षेत्रका कार्यक्रम प्रभावित बनेका छन् । गाउँपालिकाको कृषि शाखा प्रमुख रामप्रसाद खनाल १० महीनाका लागि काजमा अध्ययन बिदामा हुनुहुन्छ । अहिले कृषि शाखा आठ महीनादेखि कार्यालय प्रमुखविहीन छ । त्यस्तै...बाँकी अंश →


प्रेस युनियन गोरखामा ढकाल

गोरखा १८, पुस,, नेपाल प्रेस युनियन गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल चयन हुनुभएको छ । सदरमुकाममा मङ्गलबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा नौ सदस्सीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नरहरि सापकोटा, सचिवमा मोहसिन अलिमियाँ, सहसचिव सस्मिता पन्त र कोषाध्यक्षमा सुनिल कुँवर चयन हुनुभएको प्रेस युनियनका निवर्तमान जिल्ला अध्यक्ष रामशरण आर्चायले...बाँकी अंश →


कर्णालीमा ११४ कुष्ठरोगी

वीरेन्द्रनगर, १८ पुस,,  कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन् । कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको सङ्ख्या सुर्खेतमा देखिएको छ । सुर्खेतमा एक वर्षको अवधिमा थप २६ कुष्ठरोगी फेला परेका छन्...बाँकी अंश →


अत्यधिक चिसोपछि विद्यालय बन्द

हुम्ला, १८ पुस,,  अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताउनुभयो...बाँकी अंश →


‘बालबालिकाकोे सुरक्षामा अभिभावक मुख्य जिम्मेवार’

साँखु, १८ पुस,, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापाले बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । मङ्गलबार समुदाय प्रहरी साझेदारी वडा समिति बुढानिलकण्ठ नगरपालिका–१२ र विद्यालय प्रहरी साझेदारी समन्वय समिति प्रशान्ति एकेडेमी कपनको आयोजनामा भएको जनचेतना कार्यक्रममा उहाँले विगतका अपहरणलगायतको घटनाको जानकारी...बाँकी अंश →


हात्ती खेल सङ्घमा घिमिरे

चितवन, १८ पुस,, क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नेपाल हात्ती खेल सङ्घ गठन गरिएको छ । राष्ट्रिय खेलकूद परिषद्ले सङ्घ पुनर्गठन गर्दै नयाँ समिति गठन गरेको हो । यसअघि चितवनकै बद्री अधिकारीको अध्यक्षतामा सङ्घ गठन गरिएको थियो । राखेपको पुस ७ गतेको निर्णयअनुसार हात्ती खेल...बाँकी अंश →


पूर्वी नाकाबाट २४ महिलाको उद्धार

भद्रपुर, १८ पुस,, माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम...बाँकी अंश →


धर्ममा राज्य विभेदकारी हुनुहुँदैन : मन्त्री रावल

सुर्खेत, १८ पुस,,  कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले धर्ममा राज्य विभेदकारी हुन नहुने बताउनुभएको छ । ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को शुभारम्भ अवसरमा इसाइ समाज, सुर्खेतद्वारा यहाँ आयोजित ‘शुभकामना आदानप्रदन’ कार्यक्रममा मन्त्री रावलले मुलुकमा सबै धर्मको अधिकार समान रहेको बताउनुभयो । “राज्य सबै धर्म, जाति, भाषिक, वर्ग, लिङ्ग,...बाँकी अंश →


भन्सारमा सीसी क्यामरा जडान

रसुवा, १८ पुस,, भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान जाँच सही रूपमा गरे नगरेको हेर्न र चोरी निकासीको निगरानी बढाउन सीसी क्यामरा जडानपछि सहज...बाँकी अंश →


शेयर बजार आज पुनः घट्यो

काठमाडौँ, १७ पुस,,  धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले घटेर एक हजार १८५ दशमलव ९१ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३३ बिन्दुले घटेर २५१...बाँकी अंश →


वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै

गोदावरी, १७ पुस,, नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । ‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको...बाँकी अंश →


युवा जागरुक भए जनतालाई सजिलो

सबैठवा, १७ पुस,, युवा जागरुक भए समाजका वृद्घवृद्घा मात्र होइन, पछि परेका वर्गका मानिसले सरकारबाट पाउने सेवा सुविधा कसरी सजिलै पाउँछन् भन्ने उदाहरण बनेको छ–वीरगञ्ज उपमहानगरपालिका–२३ स्थित गाउँ सबैठवा । वीरगञ्ज उपमहानगरपालिकाको यस वडामा कार्यरत युवाको स्वयंसेवी समूह, समाज विकास समन्वय समिति, पर्साका स्वयंसेवक स्थानीय युवाको प्रयासले यो सम्भव भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter