
काठमाडौँ, २२ पुस,, गोकर्णेश्वर नगरपालिकाको सहकार्य तथा जोरपाटी फुटबल क्लबको आयोजनामा वडास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाभित्र खेलकूदको विकास गर्ने उद्देश्यका साथ शनिबारदेखि शुुरु भएको उक्त प्रतियोगिताको नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । कार्यक्रममा नेता सिंहले खेलाडीले सिकेका सीपलाई प्रयोग गरेर राष्ट्रिय...बाँकी अंश →

गलेश्वर, २१ पुस,, परम्परागत रूपमा गाउँघरतिर चल्दै आएको सुत्केरी अवस्थाका महिलालाई भुइँमा सुत्नुपर्ने बाध्यकारी चलन पछिल्लो समयमा आएर हट्दै गएको छ । बेनी नगरपालिकासहित म्याग्दीका छवटै स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालन र विभिन्न सङ्घसंस्थाले नवजात शिशु, सुत्केरी महिला र सुरक्षित मातृत्वसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेपछि सुत्केरी स्याहार गर्ने चलनमा...बाँकी अंश →

बागलुङ, २१ पुस,, तरकारीको बीउ बेचेर यहाँका एक किसानले मनग्य आम्दानी गर्दै आउनुभएको छ । बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले वर्षेनी लाखौँ रुपैयाँको काउली र काँक्राको बीउ उत्पादन गर्नुहुन्छ । “गत वर्ष १५० किलो काउलीको बीउ उत्पादन गरेर रु दश लाखमा बेचेँ”, उहाँले भन्नुभयो, “अझै ३० किलो जति बाँकी छ...बाँकी अंश →

जाजरकोट, २१ पुस,, मौरीपालन व्यावसाय विस्तारसँगै जाजरकोट नलगाडका किसानको आर्थिक अवस्थास्थितिमा सुधार हुन थालेको छ । नलगाड नगरपालिकाको डाँडागाउँ, लह, खगेनकोटलगायत क्षेत्रमा व्यावसायिकरूपले मह उत्पादन हुने गरेको हो । उक्त नगरपालिकाले मौरीपालक किसानलाई सहयोग उपलब्ध गराएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतले मह उत्पादन बढेको किसानले बताएका छन् ।...बाँकी अंश →

भक्तपुर, २१ पुस,, काठमाडौँ कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कूल रु छ करोड ५० लाख लगनीमा शुरु हुनलागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरिएको छ । सूर्यविनायक...बाँकी अंश →

नवलपरासी, २१ पुस,, कृषि तथा वन विज्ञान विश्वविद्यालयले नेपालमा निजी क्षेत्रबाट सञ्चालित आठ शैक्षिक संस्थालाई यस वर्ष स्नातक तहका कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरेको छ । विश्वविद्यालय अन्तर्गतको कृषि सङ्काय तर्फ सात र वन सङ्काय तर्फ एक निजी शैक्षिक संस्थालाई स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको हो ।...बाँकी अंश →

काठमाडौँ, २१ पुस,, एशिया यू–१४ डेभलोपमेन्ट च्याम्पियनसीपमा सहभागी हुन सात सदस्यीय नेपाली लनटेनिस टोली आज बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । यही पुस २२ गतेदेखि माघ ४ गतेसम्म हुने प्रतियोगितामा समान नेपालबाट तीन÷तीन पुरुष÷महिला खेलाडीले सिङ्गल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उक्त टोलीमा पुरुषतर्फ आरभसम्राट हाडा, आर्यन गिरी...बाँकी अंश →

दोलखा, २१ पुस,, कन्सल्टेन्टको गलत डिजाइनका कारणले यहाँको भोर्लेस्थित तामाकोसी नदीमा पुल निर्माण नौ वर्षदेखि अलपत्र परेको छ । नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने गरी भोर्लेस्थित तामाकोसी नदीको स्टिल ट्रस पुलमा गरिएको डिजाइनमा ४० टन तौल अपुग भएपछि पुल निर्माण अलपत्र परेको हो । कन्सल्टेन्टले...बाँकी अंश →

भरतपुर,२१ पुस,, चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्ग क्षेत्र र मुख्य बजारमा निस्कने फोहर ब्यवस्थापन गर्न फोहर संकलन तथा ब्यवस्थापन केन्द्र स्थापना गरेको छ । फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको रूपमा विकास गर्ने उद्देश्यले इच्छाकामना गाँउपालिका ४ कुरिनटारमा केन्द्र निर्माण गरेको हो । फोहर ब्यवस्थापन केन्द्र निर्माणको काम सकिएको र...बाँकी अंश →

लमही, २० पुस,, दाङमा आधुनिक प्रविधिको प्रयोग गरी तरकारीखेती शुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ का किसान अमृत धितालले दाङमै पहिलो पटक आधुनिक ‘हाइड्रोपोनिक’ प्रविधिको जडान गरी तरकारीखेती शुरु गर्नुभएको हो । परम्परागतरूपमा माटोमा तरकारीखेती गरेर मनग्य आम्दानी गर्न नसिकने भन्दै आधुनिक प्रविधिबाट तरकारीखेती शुरु गरेको उहाँको भनाइ छ ।...बाँकी अंश →

विराटनगर, २० पुस,, नेपाल पत्रकार महासङ्घ, मोरङ शाखाको १३औँ साधारणसभामा दुई सञ्चारकर्मी पुरस्कृत भएका छन् । नगर विकास प्रतिभा पत्रकारिता पुरस्कार रु ११ हजार राशिका धु्रव भट्टराई र महासङ्घद्वारा स्थापित रु १५ हजार राशिको पत्रकारिता प्रतिभा पुरस्कार तारा आचार्यले प्राप्त गर्नुभएको छ । यस्तै, महासङ्घमा लामो समयदेखि कार्यालय सचिवमा कार्यरत...बाँकी अंश →

मिक्लाजुङ, २०,, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताउनुभएको छ । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताउनुभयो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: