१३ चैत २०८२

प्रदेश

फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

भद्रपुर, २७ पुस,, झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् । कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो । विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले पटक÷पटक छलफल...बाँकी अंश →


महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

काठमाडौँ, २७ पुस,, थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन,...बाँकी अंश →


प्रधानसेनापति भारत प्रस्थान

काठमाडौँ, २७ पुस,,  प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत...बाँकी अंश →


संविधान संस्थागत गर्नमा सरकार चुकिरहेको छः नेता सिंह

कैलाली, २७ पुस,,  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाउनुभयो । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाई बहुमतको वर्तमान सरकार संविधानलाई संस्थागत गर्नका लागि ईमानदारिताका साथ अगाडि बढ्न नसकेको हो ।” नेता सिंहले सुशासन, विकास...बाँकी अंश →


मुलुकको एकीकरण गरेकाले पृथ्वीनारायणको सम्मान : रक्षामन्त्री

काठमाडौँ, २७ पुस,,  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताउनुभएको छ । आज २९७आँै पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उहाँले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले उहाँको जन्मजयन्तीलाई सम्मान...बाँकी अंश →


सिङ्गो गाउँ लालपुर्जाविहीन

बाँके, २७ पुस,,  नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजश्व नै पाएको छ । यसले व्यापारिक शहर नेपालगञ्ज उपमहानगरपालिका नै लालपुर्जाविहीन शहरका रूपमा चिनिन थालेको...बाँकी अंश →


दाङमा पनि छुर्पी उत्पादन शुरु

लमही, २७ पुस,, दाङमा पहिलो पटक छुुर्पी उत्पादन शुरु भएको छ । लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन शुरु गरेको हो । संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ । बजारमा माग धेरै भए पनि अहिले...बाँकी अंश →


खेल सङ्घको विवाद समाधान हुँदै.. समितिको म्याद एक महीना थप

काठमाडौँ, २७ पुस,, युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिको म्याद एक महीना थप गरेको छ । गत मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्रिस्तरीय निर्णयबाट राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय गठन भएको उक्त समितिको म्याद एक...बाँकी अंश →


विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

लहान, २७ पुस,, हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो । विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी...बाँकी अंश →


निजी क्षेत्रबाट कृषि क्याम्पस

परासी, २७ पुस,,  कृषि क्याम्पस सञ्चालनमा आएपछि यहाँका विद्यार्थी उत्साहित भएका छन् । कृषि तथा वन विज्ञान सङ्काय अध्ययन गर्ने आफूहरुको चाहना साकार भएको विद्यार्थी बताउँछन् । पश्चिम नवलपरासीमा निजी क्षेत्रको पहलमा कृषि क्याम्पस सञ्चालनमा आएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले सुनवल–१२ भूमहीस्थित रामनगर टेक्निकल एण्ड...बाँकी अंश →


भूकम्पपीडितको पूर्ण क्षतिको सूचीमा परेकाले पैसा फिर्ता गर्दै

पर्वत, २७ पुस,, पर्वतको फलेबास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ । पूर्ण क्षतिमा भए पनि उहाँले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठान्नुभयो । “घर नबनाई पहिलो किस्ताको अनुदान फिर्ता गरेँ”, भुसालले भन्नुभयो, “दुई कोठाको घर बनाउनुभन्दा फिर्ता गर्न उचित देखेँ...बाँकी अंश →


मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

डोल्पा, २७ पुस,, हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter