
इनरुवा, २९ पुस ,, नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको हो । नेकपा माओवादी केन्द्रको भ्रातृसंस्थाको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुनसरी र नेकपा एमालेको निकट रुपमा रहेको नेपाल राष्ट्रिय...बाँकी अंश →

बेनी, २९ पुस ,, कालीगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम शुरु हुन ढिलाइ भएको छ । गत भदौमा आएको बाढीको कारण बेनी बजारस्थित कालीगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरी बजारलाई उच्च जोखिममा पारेको थियो । बेनी...बाँकी अंश →

नवलपरासी, २९ पुस,, वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई शनिवार पूर्वी नवलपरासीको गैँडाकोटका बासिन्दाले शनिबार नागरिक अभिनन्दन गरेका छन् । पूर्वी नवलपरासीको गैँडाकोटमा जन्मेर नेपाली साहित्यमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै गैँडाकोटका नागरिकका तर्फबाट भव्य अभिनन्नदन गरिएको हो । विनोदीको घरबाट शोभायात्रा निकाली गैँडाकोटका विभिन्न क्षेत्रमा परिक्रमा गराई नागरिक अभिनन्दन गरिएको ज्येष्ठ...बाँकी अंश →

पर्वत, २९ पुस ,, नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचाँै अधिवेशनले माया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कूल खसेका ६० मतमध्ये मायाको पक्षमा ३० मत परेको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी उत्तम अधिकारीले पनि ३० मतनै प्राप्त गर्नुभएको थियो । अध्यक्षका दुवै उम्मेदवारको मत बराबर परेपछि गरिएको...बाँकी अंश →

पोखरा, २९ पुस,, पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४÷०७५ मा टिकट बिक्रीबाट रु चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन...बाँकी अंश →
धादिङ, २९ पुस ,, काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका...बाँकी अंश →

नारायणपुर, २९ पुस ,, लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ । १७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बन्नुभएकी उहाँले जम्माजम्मी चार सन्तान हुर्काउनुभयो । सन्तान सँगसँगै रोग पनि हुर्किएको उहाँले...बाँकी अंश →

रुपन्देही, २९ पुस ,, नेपालमा बौद्ध पर्यटनले ठूलो सम्भावना बोकेका कारण पर्यटन क्षेत्रमा लगानी बढाउन विज्ञले सुझाव दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले शनिबार लुम्बिनीमा आयोजना गरेको एक दिवसीय गोष्ठीमा बोल्दै उनीहरुले नेपालको पर्यटनको आधार नै बौद्धदर्शन भएकाले यसलाइ प्रवद्र्धन गर्न जरुरी रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास...बाँकी अंश →

डोटी, २७,, अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् । सुदूरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र हो । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा...बाँकी अंश →

बर्दिवास, २७ पुस,, “रमुआ हाथ, गोड ठिठूरगेल, कनि घुर सुन्गो न...” (रमुआ हात, गोडा कठङ्ग्रिएको छ, घुर (पतिङ्गर थुपारिएर बालिएको आगो) बाल्न), महोत्तरी भङ्गाहा नगरपालिका–६ हतिसर्वाको मदनपट्टीस्थित मुसहरीटोलकी भुठ्ठी सादाले छोरा रमुआलाई अह्राउनुभयो । ओढ्ने, ओछ््याउने र लगाउने न्यानो लुगा नहुँदा पुस अन्त्यको मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने...बाँकी अंश →

सुर्खेत, २७ पुस,, कर्णाली प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भन्नुभयो, “मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।” उहाँले आफ्नै...बाँकी अंश →

काठमाडौँ, २७ पुस,, राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उहाँको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाँको योगदानको स्मरण गर्नुभयो । सो अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: