
गलकोट, २९ पुस ,, बागलुङ भित्रने जो कोहीले बुट्टेनलीका बारेमा जिज्ञासा राखेकै हुन्छन् – यो के हो ? कसरी बनाइन्छ ? तर, यसको स्पष्ट जवाफ जिल्लाका अधिकाँशसँग छैन । संस्कृति र परम्परा जोडिएका यी बुट्टेनली हातले कुँदेर तयार पारिन्छ । बागलुङको पहिचानका रुपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा प्रख्यात रहे पनि पुस्तान्तरण नहुँदा...बाँकी अंश →

चितवन, २९ पुस ,, पवित्र तीर्थस्थल देवघाटको बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेर शुरु गरिने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । स्वदेशी तथा विदेशी पाँच लाखभन्दा बढी तीर्थालु भक्तजन भित्रिने सो मेला देवघाट क्षेत्र विकास समितिले गर्दै आएको छ । समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेका अनुसार मेला तयारीका...बाँकी अंश →

काठमाडौँ, २९ पुस ,, वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले यस्तो नेपाल कम्युनिष्ट पार्टीलाई संसदीय र शान्तिपूर्ण रुपबाट बहुमत प्राप्त सरकार भएको यस स्थितिबाट समाजवादतिर हिँडेमा संसारमा नै नमूना देखाउन सकिने बताउनुभएको छ । राणाविरोधी आन्दोलनका मुक्तियोद्धा (नेपालगञ्ज–धनगढी) मानन्धरले आफ्नो निवास मैतीदेवीमा रासससँगको अन्तर्वार्तामा मुलुकलाई समाजवादमा लैजान जनताको शिक्षा, स्वास्थ र...बाँकी अंश →

सुर्खेत, २९ पुस,, कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ । रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो । शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, पत्रकार रवि लामिछाने...बाँकी अंश →

काठमाडौँ, २९ पुस ,, स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । सङ्घले ‘स्पिच थेरापी’ तालीम र स्वयंसेवी समूहसम्बन्धी कार्यक्रमको आयोजना गरेको हो...बाँकी अंश →

जनकपुरधाम, २९ पुस,, धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी विजयी हुनुभएको छ । सङ्घको निर्वाचन समितिका अनुसार चौधरी २०२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विवेकानन्द मिश्रले १८६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा रामदुलार साह, महासचिवमा रमेशकुमार यादव, सचिवमा जयप्रकाश साह र कोषाध्यक्षमा...बाँकी अंश →

काठमाडौँ, २९ पुस,, महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला...बाँकी अंश →

बनेपा, २९ पुस,, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेँसीमा सञ्चालन गरिरहेको इँटाभट्टा उद्योग हटाउने विषयमा भएको छलफलपछि आगामी २०७६ असार मसान्तभित्रमा त्यहाँबाट उद्योग हटाउने सम्झौता भएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको समन्वयमा नगरपालिका र इँटा व्यवसायीबीच शनिबार धुलिखेलमा भएको छलफलपछि त्यहाँबाट इँटाभट्टा हटाउने विषयमा आठबुँदे सम्झौता भएको हो । यसअघि नगरपालिकाले...बाँकी अंश →

दमौली, २९ पुस ,, खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो । व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८...बाँकी अंश →

गलेश्वर, २९ पुस ,, म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई शनिबार सौन्दर्य कला व्यवसायी सङ्घ र लायन्स क्लब अफ बेनी महारानीले न्यानो कपडा वितरण गरेको छ । सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा वृद्धवृद्धालाई पछ्यौरा, मफलर र ओँठमा लगाउने लिपगार्ड हस्तान्तरण गरिएको हो । सोही...बाँकी अंश →

रुकुम (पूर्व), २९ पुस ,, सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । उहाँ पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्कनुभएको थियो । घरदेखि तीन किलोमिटर...बाँकी अंश →

लहान, २९ पुस ,, पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जीप...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: