१२ चैत २०८२

प्रदेश

क्याथफेष्ट मेला शुरु

काठमाडौँ, २९ पुस ,, ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट मेला २०१९ आजबाट शुरु भएको छ । ‘नेपालका समस्याहरुको समाधान’ भन्ने मूल नारासहित शुरु भएको सो मेलामा नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्पmत सम्बोधन गर्न खोजिएको छ । सो प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया...बाँकी अंश →


न्याय क्षेत्रलाई पवित्र बनाउने योजना अघि बढ्दै

विराटनगर, २९ पुस ,,  कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकार न्याय क्षेत्रलाई शुद्ध र पवित्र बनाउने योजनाका साथ अघि बढेको बताउनुभएको छ । कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो संहिता सबैलाई समेटिएको दस्तावेज भएकाले यसलाई सफल...बाँकी अंश →


राहुघाटमा मोटर चल्ने पुल निर्माण शुरु

म्याग्दी, २९ पुस ,,  रघुगङ्गा गाउँपालिका वडा नं ४ र ५ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण शुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले सो पुल निर्माण शुरु गरेको हो । कम्पनीद्वारा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थलसम्म...बाँकी अंश →


फोनिजद्वारा १७ बुँदे मिर्छुलुङ घोषणापत्र जारी

दमौली, २९ पुस ,, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सङ्घीय समितिको तेश्रो पूर्ण बैठक १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भिमाद नगरपालिका–५ मिर्छुलुङमा सम्पन्न बैठकले श्रमजीवी पत्रकार ऐन तथा सरकारले तय गरेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्नुपर्नेसहित १७...बाँकी अंश →


महिला क्रिकेट,, नेपालको लगातार दोस्रो जित

काठमाडौँ, २९ पुस,, थाइल्याण्डमा जारी महिला टी–२० स्मास–२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो पटक जित हात पारेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेशियालाई छ विकेटले पराजित गर्दैै प्रतियोगितामा दोस्रो पटक हासिल गरेको हो । यसअघि हिजो शनिबार भएको पहिलो खेलमा...बाँकी अंश →


न्यायालयप्रति जनताको विश्वास बढ्ने छ,, कानूनमन्त्री ढकाल

विराटनगर, २९ पुस ,, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताउनुभएको छ । उक्त मन्त्रालयद्वारा आज यहाँ आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तरक्रिया शुभारम्भका क्रममा उहाँले व्यक्तिको स्वतन्त्रताको हकलाई सुरक्षित पार्न सरकार सचेत भई संविधानबमोजिम मौलिक हकलगायत...बाँकी अंश →


मातृभाषामा शिक्षा

काठमाडौँ, पुस २९ ,,  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । सडक विस्तारका नाममा जनताकोे घरजग्गा अधिग्रहण...बाँकी अंश →


टिपरले ठक्कर दिँदा बालकको मृत्यु

गौशाला, २९ पुस ९ ,,  महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षका छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । बिहान करीब ८ बजे गौशालाबाट...बाँकी अंश →


स्वास्थ्य बीमा प्रभावकारी बन्दै

गलकोट, २९ पुस ,, नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ३८ हजार २७३ स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लाका दश स्थानीय...बाँकी अंश →


कोशी करिडोर प्रसारण लाइनमा देखिएका समस्या समाधान गर्न कार्यदल

काठमाडौँ, २९ पुस  पूर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक सातामै प्रतिवेदन तयार पारी प्रदेश नं १ का मुख्यमन्त्री...बाँकी अंश →


विद्यार्थीमार्फत घरघरमा राजश्वको सहुलियत पर्चा

चितवन, २९ पुस ,, आन्तरिक राजश्व कार्यालय भरतपुरले राजश्व विभागबाट यही पुस मसान्तसम्मका लागि दिइएको छुट र सहुलियतका विषयमा विद्यार्थीको हातबाट पर्चामार्फत अभिभावकलाई जानकारी गराएको छ । चितवन र नवलपुर जिल्ला हेर्दै आएको सो कार्यालयले दुवै जिल्लाका अधिकांश विद्यालयमा पुगेर विद्यार्थीमार्फत अभिभावकलाई पर्चा पठाएको हो । कार्यालयका प्रमुख शुभप्रसाद रिजालका...बाँकी अंश →


प्रौढहरूमा संस्कृतप्रति आकर्षण बढ्दै

काठमाडौँ, २९ पुस,,  नेपाली भाषाको जननी भए पनि पछिल्लो समय लुप्तप्रायः बन्न लागेको संस्कृतप्रतिको आकर्षण प्रौढहरूमा बढ्न थालेको छ । विद्यार्थीकालमा संस्कृत भाषा पढ्न नचाहनेले पनि व्यावसायिक कामका बेला ज्ञानको आवश्यकता महसुस गर्न थालेपछि यसप्रतिको आकर्षण बढेको हो । विद्यार्थीकालमा संस्कृत पढ्न नचाहेकाहरू पेशाले योग शिक्षकका रूपमा काम गर्न थालेपछि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter