१२ चैत २०८२

प्रदेश

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ, २९ पुस  ,,  काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियस थियो ।...बाँकी अंश →


लमजुङमा भूकम्पको धक्का

लमजुङ, २९ पुस ,,   लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेंसीशहरमा छोटो तर कडा झड्का महसुुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार...बाँकी अंश →


वार्ता टोली गठन

काठमाडौँ, २९ पुस ,, कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सिक सङ्घ र स्वास्थ्य सहायक सङ्घसँग वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली आज गठन भएको मन्त्रालयले जनाएको छ ।...बाँकी अंश →


मदिरा नष्ट

हुम्ला, २९ पुस ,,  प्रहरीले बेवारिसे अवस्थामा भेटाएको अवैध मदिरा आज नष्ट गरेको छ । बजार गस्तीको टोलीले बिहीबार राति सिमिकोट माथिल्लो गाउँ पाखो जमीनमा भेटाएको भन्दै आज चाइनिज झिनीगिन्टी १५ कार्टुन दुई बोतल र ४२ कार्टुन क्यानवियर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खड्काले बताउनुभयो । अहिलेसम्म...बाँकी अंश →


अवैध हतियार बनाउने पक्राउ

गुल्मी (तम्घास), २९ पुस  ,,   जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले आज यहाँ पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण बन्दोबस्तीका सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको छ । जिसीको घरबाट...बाँकी अंश →


वाइड बडी खरीद प्रकरणमा संलग्नता छैन,, देउवा

धनगढी, २९ पुस ,,   नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले विमान...बाँकी अंश →


हर्न बजाउने चालक कारवाहीमा

दाङ, २९ पुस ,,  तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ महीनाको अवधिमा सो पालन नगर्ने ३७९ चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकलका चालक छन् । त्यस्तै बस, जिप, कार, ट्र्याक्टर, ट्रक,...बाँकी अंश →


निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई

पर्वत, २९ पुस  ,, भूकम्पपीडितको निजी आवास निर्माणलाई प्रभावकारी बनाउन पर्वतका सातवटै तहलाई जिम्मेवार बनाउने तथा गुनासो फछ्र्योटको काम स्थानीय तहबाटै सम्पन्न गर्ने निर्णय भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा आज बिहान बसेको पुनःनिर्माण जिल्ला समन्वय समितिको बैठकले सातवटै स्थानीय तहलाई पुनःनिर्माणको काम प्रभावकारी बनाउन जिम्मेवार बनाउँदै गुनासो...बाँकी अंश →


दलित मञ्चको अध्यक्षमा मरिक

सप्तरी, २९ पुस  ,, दलित सरोकार मञ्च नेपालको प्रथम जिल्ला अधिवेशनले युक्तिलाल मरिकलाई अध्यक्षमा चयन गरेको छ । सप्तरीको कञ्चनरुपमा आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा शिवकुमार मण्डल, सचिवमा सुसिन्द्र पासवान र कोषाध्यक्षमा प्रमिलाकुमारी पासवानलाई सर्वसम्मतले चयन गरेको हो । यसैगरी सदस्यमा रमानन्द राम, सोविताकुमारी सरदार र मुनेश्वर पासवान रहेको मञ्चका सचिव...बाँकी अंश →


सामुदायिक विद्यालयमा वैज्ञानिक शिक्षामा जोड

विदुर, २९ पुस  ,,  समयानुकूल र वैज्ञानिक शिक्षाबाट समृद्ध समाज निर्माण गर्न राज्यले चाहे सम्भव रहेको सरोकार पक्षले बताउनुभएको छ । सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन शिक्षण पद्धतिमा परिमार्जन हुनुपर्ने धारणा व्यक्त गर्दै अभिभावक, विद्यार्थीलगायत शैक्षिक क्षेत्रका व्यक्तिले शिक्षाको व्यापारलाई रोकेर यसलाई नैसर्गिक अधिकारका रुपमा र निःशुल्क बनाउनुपर्ने मागसमेत गर्नुभयो ।...बाँकी अंश →


टेलिकमको ‘विन्टर अफर’

काठमाडौँ, २९ पुस ,, नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध...बाँकी अंश →


शेयर बजार घट्यो

काठमाडौँ, २९ पुस ९ ,,  धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter