काठमाडौँ, २९ पुस ,, रामेछापको लिखु–तामाकोशी गाउँपालिकामा निर्माणाधीन २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजनामा भएको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले आपत्ति जनाएको छ । इपानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निःशुल्क विद्युत् र निःशुल्क शेयरको माग राखेर आयोजनाको काम नै रोक्ने प्रयास गरिनु दुःखद् रहेको जनाएको...बाँकी अंश →
नुवाकोट, २९ पुस ,, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको छैटौँ जिल्ला अधिवेशनले प्रकाश कुइँकेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रजनी कार्की, सचिवमा पुरुषोत्तम अधिकारी, सहसचिवमा राममणि अधिकारी, कोषाध्यक्षमा रामजी भट्ट र सहकोषाध्यक्षमा तोयानाथ पोखरेल रहनुभएको छ । प्याब्सनमा जिल्लाका ४९ विद्यालय आबद्ध छन्...बाँकी अंश →

काठमाडौँ, २९ पुस ,, संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका लागि सुडान जाने प्रहरी अधिकारीलाई प्रशिक्षण दिइएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा केन्द्रीय प्रहरी विशेष कार्यदल काठमाडौँमा सञ्चालित १६औँ समूहको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो । कात्तिक ७ गतेदेखि शुरु ४८ दिने तालीममा १९८ प्रहरी अधिकारी सहभागी भएको...बाँकी अंश →

ललितपुर, २९ पुस ,, महानगरीय प्रहरी परिसर ललितपुरले फूलचोकीमा घुम्न जाँदा बेपत्ता भएका १६ किशोरकिशोरी फेला पारेर अभिभावकलाई बुझाएको छ । बेपत्ता हुनेमा १२ किशोर र चार किशोरी थिए । शनिबार समूहमा घुम्न गएका उनीहरु जङ्गलमा हराएको परिसरले जनाएको हो । अपराह्न ४ः३० बजे उनीहरु हराएको भन्ने सूचनाका आधारमा प्रहरीले...बाँकी अंश →

बेत्रावती, २९ पुस ,, राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने उक्त सडक ८२ किमीको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ । सरकारले उक्त सडक...बाँकी अंश →
काठमाडौँ, २९ पुस ,, नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञसभा सदस्यले शपथ ग्रहण गरेका छन् । प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले २४ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । प्राज्ञसभा सदस्य प्रा केशव सुवेदी, रमा शर्मा, राम विनय (रामकुमार श्रेष्ठ), प्राडा खेम कोइराला बन्धु, प्राडा कपिल लामिछाने, आरडी...बाँकी अंश →

बुटवल, २९ पुस ,, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारले महत्वपूर्ण र ऐतिहासिक काम गरेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्नुहुँदै प्रदेशको सम्पूर्ण संरचना शून्यबाट शुरु भएको बताउनुभयो । प्रदेश सरकार संस्थागत प्रक्रियामा अगाडि बढ्न सफल भएको उहाँको भनाइ...बाँकी अंश →

हेटाँैडा, २९ पुस ,, लागुऔषध कोरेक्स ओसार–पसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ४२०९ नंको ट्याङ्करलाई खानतलासी गर्ने क्रममा तेल ट्याङ्की र चेसिसको बीच भागमा रहेको खाली ठाउँमा लुकाइछिपाई राखेको अवस्थामा दुई लिटर लागुऔषध कोरेक्ससहित उनीहरुलाई पक्राउ गरिएको...बाँकी अंश →

काठमाडौँ, २९ पुस ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले पाकिस्तान र नेपालमा महिलाको अवस्था समान रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको ‘पाकिस्तानी महिला लेखन’ पुस्तक लोकार्पण कार्यक्रममा मन्त्री ज्ञवालीले महिला लेखकको दोहोरो जिम्मेवारीको चर्चा गर्नुभयो । नेपाल र पाकिस्तानका बीचमा निकटता ल्याउन धेरै कुराले भूमिका खेलेको उहाँको भनाइ थियो...बाँकी अंश →

हेटौँडा, २९ पुस ,, प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश माग गर्नेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठकले...बाँकी अंश →

दमौली, २९ पुस ,, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने जिम्मेवारी सरकारको रहेको बताउनुभएको छ । नारी जागरण अभियान पोखराको समन्वयमा तनहुँ देवघाट गाउँपालिका–२ खानीभित्तास्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई आज न्यानो कपडा वितरण गर्दै उहाँले भन्नुभयो, “ हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने दिशातर्फ सरकार अगाडि बढिरहेको...बाँकी अंश →

काठमाडौँ, २९ पुस ,, राष्ट्रिय सभा विधायन समितिले राहदानी विधेयक २०७५ माथि संशोधन प्रस्ताव हाल्ने सदस्यहरुसँग छलफल गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्तासँग विधेयक संशोधन गर्नु पर्नाका औचित्य पुष्टि गर्न धारणा माग गरिएको थियो । बैठकमा विधेयकका बारेमा सांसदहरुले राख्नुभएको जिज्ञासाको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिनुभएको थियो । सभापति...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: