
विराटनगर, २९ पुस ,, हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ का २५ वर्र्षीय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको...बाँकी अंश →

चौतारा, २९ पुस ,, प्रथम बलेफी गाउँपालिका जिल्लास्तरीय फुटबलको उपाधि आयोजक बलेफी गाउँपालिकाले जितेको छ । उपाधिसँगै बलेफीले रु एक लाख, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वसन्तपुर खेलमैदान लामोसाँघुमा आज सम्पन्न फाइनल खेलमा सुनकोशी गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै बलेफीले उपाधि उचालेको हो । बलेफीका लागि पहिलो हाफको...बाँकी अंश →

काठमाडौँ, २९ पुस ,, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन् । सङ्घको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन् । यस्तै केन्द्रीय सदस्य कल्पना खड्का, सुनिता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारीलगायत ४५ जनाले...बाँकी अंश →

सुर्खेत, २९ पुस ९ ,, नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नचाहनु, शान्तिसुरक्षा र विकास निर्माणका काम अस्तव्यस्त हुनुले सरकारको असफलतालाई सङ्केत गर्दछ ।” गाउँ, टोल–टोलसम्म...बाँकी अंश →

इलाम, २९ पुस ,, इलाममा पाँच दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको मागअनुसार नै इलाममा आज मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिएको छ । पहाडी क्षेत्र ताप्लेजुङ, पाँचथर र तेह्रथुम क्षेत्रको मध्यमार्गी क्षेत्र इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने डा केसीको माग हो । प्रजिअ श्रवणकुमार तिम्सिनाका अनुसार एक सरकारी टोलीले...बाँकी अंश →

काठमाडौँ, २९ पुस ,, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को राष्ट्रिय भेला आगामी फागुन ८ गते कास्कीको धम्पुसमा हुने भएको छ । महासङ्घको तेस्रो पूर्ण बैठकपछि महासचिव मनोज घर्ती मगरले जारी गर्नुभएको विज्ञप्तिअनुसार सो भेलामा सङ्घीय समिति, सल्लाहकार, लेखा र अनुशासन समिति तथा संस्थागत सदस्य संस्थाले तोकेका एक÷एक प्रतिनिधि र...बाँकी अंश →

काठमाडौँ, २९ पुस ,, नेपाल हज कमिटीको अध्यक्षमा अर्घाखाँची बालकोटका शमशेर मियाँ नियुक्त हुनुभएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट उक्त कमिटीको अध्यक्षमा उहाँलाई आज नियुक्त गरिएको गृहमन्त्रालयले जनाएको छ । नेपाल हज समिति कार्यविधि २०७२ बमोजिम उहाँलाई दुई वर्षका लागि नियुक्त गरिएको हो । कमिटीले साउदी अरेबियाको मक्कामा हज गर्न जाने...बाँकी अंश →

भक्तपुर, २९ पुस ,, प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका आगामी चार वर्षभित्र नमूनाको नगरपालिका बन्ने विश्वास व्यक्त गर्नुभएको छ । सूर्यविनायक नगरपालिकाको चौथो नगरसभाको आज उद्घाटन गर्दै उहाँले सूर्यविनायक नगर क्षेत्र विकासमा निकै अगाडि लम्किसकेको बताउनुभयो । पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले सूर्यविनायकको गाउँगाउँलाई आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उल्लेख...बाँकी अंश →

काठमाडौँ, २९ पुस ,, नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पूँजी रु १२ अर्ब ५८ करोड पुगेको छ । बैंकको आज यहाँ सम्पन्न ३२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट कायम शेयर पूँजीको १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद दिने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारित भएसँगै...बाँकी अंश →
धनगढी, २९ पुस ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले विमान...बाँकी अंश →
काठमाडौँ, २९ पुस ,, विभिन्न घटनामा खुट्टा गुमाएका ५१ जनाले आज कृत्रिम खुट्ट पाएका छन् । भारतको भगवान महावीर अपाङ्गता सहायता समितिले आज काठमाडौँमा उनीहरुलाई कृत्रिम खुट्टा प्रत्यारोपण गरेको हो । चौधरी फाउण्डेसन र नर्भिक अस्पतालसँगको सहकार्यमा समितिले आयोजना गरेको कृत्रिम खुट्टा प्रत्यारोपण शिविरमा उनीहरुले कृत्रिम खुट्टा पाएका हुन् ।...बाँकी अंश →

काठमाडौँ, २९ पुस ,, लेखक युग पाठक अफ्रिकी, एशियाली र ल्याटिन अमेरिकी लेखक सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ । मोरक्कोको रवातमा आज सम्पन्न सङ्घको नवौँ अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि सन् २०१६ मा भएको सङ्घको निर्वाचनमा पाठक उपमहासचिव निर्वाचित हुनुभएको थियो । अधिवेशनले इजिप्टका सरिफ अल...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: