१२ चैत २०८२

प्रदेश

घोडेपानी–घान्द्रुक पदमार्गमा ६५ हजार पर्यटक

म्याग्दी २ माघ  ,,  म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय घान्द्रुकले जनाएको छ ।...बाँकी अंश →


रासस पूर्व कर्मचारी श्रेष्ठ सहयोग प्रदान

विराटनगर, २ माघ  ,, “आफूलाई जन्मदिने आमाबुबा वृद्धहुँदा अनाथाश्रममा लानुभन्दा उहाँहरुको सेवा गर्नु सर्वोत्तम धर्म हो” भन्ने धारणाका साथ राससका पूर्व कर्मचारीले सहयोग गर्नुभएको छ । राष्ट्रिय समाचार समिति प्रदेश नं १ को कार्यालय विराटनगरमा विसं २०३३ मा सेवामा प्रवेश गरी २६ वर्ष लगातार सेवा गरेपछि अवकाश लिनुभएका विराटनगर निवासी...बाँकी अंश →


खेतीयोग्य जमीनमा सिँचाइ अभाव

बैतडी, २ माघ  ,,  बैतडीमा पन्ध्र हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण यहाँका धेरैजसो किसान आकाशे पानीको भरमा वर्षा याममा मात्र खेती गर्ने गरेका छन्् । भिरालो जमीनमा ओसिलो पन नहुँदा लगाएको सबै अन्नबाली सुक्ने भन्दै हिउँदे याममा किसानका...बाँकी अंश →


रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै

बेझाड, २ माघ  ,,  पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलो पटक यहाँ अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको हो । दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा आजदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा...बाँकी अंश →


भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी

दुल्लु, २ माघ  ,,  एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान दैलेखमा भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी गराइएको छ । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार’ भन्ने मूल नारासहित भूकम्प सुरक्षा दिवस मूलसमारोह समिति दैलेखद्वारा आयोजित कार्यक्रममा भूकम्प प्रतिरोधी भवन निर्माणको प्रविधिबारे सर्वसाधारण...बाँकी अंश →


पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन

धादिङबेँसी, २ माघ  ,, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गर्नुभएको छ । लिःल फङ (घले समाज) केन्द्रीय समितिले आज धादिङ बेँसीमा आयोजना गरेको हो (मृर्गवर्ग) ल्होसार कार्यक्रममा उहाँले घले जातिलाई आदिवासीमा सुसूचित गराउन...बाँकी अंश →


थारू बस्तीमा भलमन्सा छनोटको चटारो

धनगढी, २ माघ  ,,  धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका भलमन्सा सन्तकुमार चौधरी गाउँलेले आग्रह गरेमा पुनःसोही पदमा बसिरहने सोचमा हुनुहुन्छ । वर्ष दिनमा गाउँको सिँचाइका लागि कुलोपानी, बाटो, सडकबत्ती निर्माणलगायतको विकासको कामको लागि आफूलाई पुनःसोही पदको जिम्मेवारी लिन गाउँलेले आग्रह गरिरहेको चौधरीले बताउनुभयो । भादा गाउँ नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेको...बाँकी अंश →


राखेपका कर्मचारी खेल सङ्घका पदाधिकारी बन्न नपाइने

काठमाडौँ, २ माघ  ,,   राष्ट्रिय खेलकूखद परिषद् (राखेप)का कर्मचारी कुनै पनि खेल सङ्घको पदाधिकारी बन्न नपाइने भएको छ । राखेपको केही समयअघि बसेको सञ्चालक समितिले बैठकले अहिले अनुमति लिएर खेल सङ्घका पदाधिकारी बनेका कर्मचारीलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ । यसअघि खेलकूद विकास ऐन २०४८ तथा खेलकूद विकास नियम...बाँकी अंश →


गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत ,, नेता महत

सुर्खेत, २ माघ  ,,   नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा महतले विकासको जग काङ्ग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको दाबी गर्नुभयो । “मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व...बाँकी अंश →


प्रतिष्ठानमा तालाबन्दी

नारायणपुर, २ माघ  ,,  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय घोराहीमा तालबन्दी गरेका छन् । कर्मचारी सङ्घर्ष समितिले भोलिदेखि आकस्मिक र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ । राप्ती...बाँकी अंश →


तीन सडकलाई तीन करोड

गलकोट, २ माघ  ,,  बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । जिल्लाको पश्चिम क्षेत्रमा यातयातको सहज पहुँच पु¥याउन व्यापारिक केन्द्र बुर्तिवाङदेखि तमानखोला लाममेला हँुदै म्याग्दीको दरवाङ जोड्ने सडक...बाँकी अंश →


कुटपिटको घटनाको यथार्थ सार्वजनिक गर्न माग

जनकपुरधाम, २ माघ ,,  पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गर्नुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सचिवलाई कुटपिट गर्नु गैरकानूनी कार्य भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter