१० चैत २०८२

प्रदेश

रगतका लागि सेना प्रहरीकै भर

दुल्लु, २३ माघ  ,,  दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता छ । सोमबार मात्रै जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका–३ की बिमला कार्कीलाई सुर्खेत अस्पताल सिफारिश गरियो । प्रसूतिका लागि अस्पताल...बाँकी अंश →


काङ्ग्रेस बैठक बस्दै

काठमाडौँ, २३ माघ  ,,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । काङ्ग्र्रेसको गत मङ्सिर...बाँकी अंश →


डिपिएल क्रिकेट – काठमाडाँैलाई इस्लिङटन कलेजको साथ

काठमाडौँ, २३ माघ ,,,: धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाडौं गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ । यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी टोली काठमाडौंलाई इस्लिङटन कलेजले एक वर्षको...बाँकी अंश →


खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ ः मन्त्री खनाल

काठमाडौँ, २३ माघ ,,, सांसद रामबहादुर विष्ट ः विषादीरहित खाद्यान्न, फलफूल, तरकारी नेपाली जनताले कहिलेसम्म खान पाउँछन् ? कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल ः विगतको तुलनामा अहिले ९९ प्रतिशत विषादीरहित खाद्यान्न, फलफूल, तरकारी प्रयोगमा आएका छन्, विषादीरहित खाद्यान्न, फलफूल र तरकारी उत्पादनमा सरकारले जोड दिइराखेको छ । मन्त्रालयले हालै...बाँकी अंश →


धार्मिक पर्यटन प्रवद्र्धन गर्न शैव परिपथ

काठमाडौँ, २३ माघ ,,, ः धार्मिक पर्यटन प्रवद्र्धन गर्न पशुपतिनाथ, गोकर्णेश्वर महादेव, शैलमतेश्वरलगायत ६४ शिवलिङ्गलाई जोडेर शैव परिपथ निर्माण गरिने घोषणा भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राचीनकालका मन्दिरमा नित्य पूजा आरतीको व्यवस्था एवं रामजानकी आधारभूत विद्यालयका लागि अक्षय कोष स्थापना गर्न...बाँकी अंश →


एमएस्सी पशु विज्ञान विषयको भर्ना रद्द

चितवन, २३ माघ ,,, कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायले स्नातकोत्तर तहको भर्ना प्रक्रिया रद्द गरेको छ । विश्वविद्यालयको डिनको कार्यालयले यही माघ ५ गते भर्नाका लागि लिइएको प्रवेश परीक्षा रद्द गरेको जनाएको हो । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भर्ना कमिटिको निर्णयअनुसार...बाँकी अंश →


निजी क्षेत्रका भ्रष्टाचारलाई कानूनी दायरामा ल्याउनुपर्ने

काठमाडौँ, २३ माघ ,,, ; राष्ट्रिय सतर्कता केन्द्रले निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य गतिविधिलाई कानूनी दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ । केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वार्षिक प्रतिवेदन बुझाउँदै निजी क्षेत्रमा भएका भ्रष्टाचारजन्य क्रियाकलापलाई पनि कानूनी दायरामा ल्याउन सुझाव दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निजी क्षेत्रमा ठूलो...बाँकी अंश →


वनमौरी लोपोन्मुख हुँदै

कञ्चनपुर, २३ माघ ,,, ः कञ्चनपुरमा वन (भीर) मौरीको वासस्थान नासिँदै जान थालेपछि लोपोन्मुख अवस्थामा पुगेको छ । बस्ती वरपरका रुख, झाडीमा घार बनाई बस्ने वन मौरी आजभोलि देख्न मुस्किल हुन थालेको छ । मौरीले घार बनाउन रुचाउने रुख अवैध रुपमा कटानी भएपछि र झाडी मासेर बस्ती बसेसँगै वनमौरी लोपोन्मुख...बाँकी अंश →


तीन वर्षभित्रै प्रत्येकको घरमा खानेपानी

वामी, २३ माघ ,,, ः गुल्मीको मुसिकोट नगरपालिका–१ मा छोरधारा बाँङे लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । मङ्गलबार प्रदेश नं– ५ का विशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले सो आयोजनाको उद्घाटन गर्दै प्रदेश सरकारले अवको तीन वर्षभित्रमै प्रत्येक प्रदेशवासीको घरमा खानेपानी पु¥याउने उद्घोष गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य खड्क...बाँकी अंश →


शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला

काठमाडौँ, २३ माघ ,,, : सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा । एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्यो, पहिलो शृङ्खला बराबरीमा सकियो तर दोस्रोमा नेपालले ऐतिहासिक...बाँकी अंश →


स्वदेशमै रोजगारीको अवसर जुट्दै

काठमाडौँ, २३ माघ  ,,  पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणाको अन्तिम तयारीमा छ । विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सञ्चालन गर्दा रोजगारी सिर्जनालाई प्राथमिकता दिन नसकेको अवस्थामा सरकारले बेरोजगार युवालाई विकास निर्माणका आयोजनामार्फत स्वदेशी...बाँकी अंश →


टर्कीमा नेपाल प्रवद्र्धन

काठमाडौँ, २३ माघ ,, नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको छ । पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला (इएमआइटीटी)को २३आँै सस्ंकरणमा नेपालले टर्कीका दर्शकलाई विभिन्न पर्यटकीय गन्तव्य र उत्पादनको प्रदर्शनी गरी जानकारी गराएको हो । यही ३१ जनवरीदेखि ३ फेब्रुअरीसम्म टर्कीको राजधानी इस्तानबुलमा सम्पन्न उक्त मेलामा नेपालको सहभागिता पर्यटन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter