१० चैत २०८२

प्रदेश

जयराम–हलेसी सडक जोखिमपूर्ण

खोटाङ, २४ माघ  ,,  मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ । जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डाखुल्डी बनेपछि यात्रा जोखिमपूर्ण बनेको हो । जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलो पटक २०६७...बाँकी अंश →


उन्नाइस हजार सवारी चालक कारवाहीमा

चितवन, २४ माघ  ,,   जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७०० सवारी चालकलाई कारवाही गरेको छ । कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार ९८८, सिटबेल्ट नबाँध्ने र हेल्मेट नलगाएका एक हजार १७८, सवारी चलाउँदा आवश्यक पर्ने कागजपत्र...बाँकी अंश →


जीप दुर्घटनामा दुईको मृत्यु

दमौली, २३ माघ  ,,  तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग२च ३२७० नं को जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा आज राति ७ः३० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ रहेको...बाँकी अंश →


शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौँ, २४ माघ  ,,   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक...बाँकी अंश →


निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित

बेनी, २४ माघ  ,,   म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित मङ्गला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित भएका छन् । म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परीक्षण गरिएको हो ।...बाँकी अंश →


मेचीनगरलाई अग्निनियन्त्रणका सामग्री

भद्रपुर, २४ माघ  ,,  बेलायतस्थित गोर्खा मेमोरियल फण्डले झापाको मेचीनगर नगरपालिकालाई रु १५ लाख बराबरको अग्नि नियन्त्रणका सामग्री प्रदान गरेको छ । फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेटलगायत सामग्री प्रदान गर्नुभएको हो । गुरुङसहित बेलायतका अग्निनियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ...बाँकी अंश →


मुख्यमन्त्री कृषि कार्यक्रम

डोटी, २४ माघ   ,,  जिल्लाका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानीय तहमा एक–एक शीतभण्डारगृह निर्माण गर्ने लक्ष्यअनुरूप कृषि औजार उपकरण अनुदान, शीतभण्डार निर्माण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको सुदूरपश्चिम...बाँकी अंश →


रक्तिम सांस्कृतिक अभियानको सम्मेलन फागुनमा

चिप्लेढुङ्गा, २४ माघ  ,,   रक्तिम सांस्कृतिक अभियानको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन पोखरामा फागुन १, २ र ३ गते हुने भएको छ । यसको पूर्वतयारीको सिलसिलामा देशका विभिन्न जिल्लामा बैठक, भेला र सम्मेलन भइरहेको रक्तिम अभियानले जनाएको छ । सम्मेलन सम्पन्न गर्न राष्ट्रिय जनमोर्चा कास्कीसँग सम्बन्धित जनवर्गीय सङ्गठनको विशेष भेलाले उक्त...बाँकी अंश →


कालिका मन्दिर निर्माण

तनहुँ, २४ माघ  ,,  व्यासनगरपालिका–४ स्थित कालिका जङ्गल पार्कमा प्यागोडा शैलीको कलात्मक कालिका मन्दिर निर्माण गर्न थालिएको छ ।उक्त मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले काठ, इँटा र धातु प्रयोग गरी मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण अघि बढाइएको हो । सैँतिस हेक्टर क्षेत्रफल वनमध्ये करीब आठ हेक्टर जमीन ओगटेको...बाँकी अंश →


डिपिएल क्रिकेट – काठमाडाँैलाई इस्लिङटन कलेजको साथ

काठमाडौँ, २३ माघ  ,,  धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाडौं गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ । यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी टोली काठमाडौंलाई इस्लिङटन कलेजले एक वर्षको...बाँकी अंश →


चितवन र नवलपुरमा हुलाकी सडकको काम अगाडि बढाउन माग

काठमाडौँ, २३ माघ  ,,  चितवन र नवलपुर जिल्लामा तत्काल हुलाकी सडक निर्माणमा सरकारले प्राथमिकता नदिएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चितवन र नवलपुरमा हुलाकी सडक निर्माणको काम शुरु हुन नसक्दा ती जिल्लाका हजाराँै नागरिक समस्यामा परेको भन्दै सांसद तिलबहादुर महत क्षेत्रीले तत्काल सो राजमार्ग निर्माणमा ध्यान...बाँकी अंश →


बाढीको जोखिम न्यूनीकरणका लागि सामग्री हस्तान्तरण

नेपालगञ्ज, २३ माघ  ,,  बाढी र डुबानबाट अति प्रभावित बाँकेको डुडुवा गाउँपालिका कार्यालयलाई विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विपद् पूर्वतयारी तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम र आपतकालीन स्वास्थ्य सेवा प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रमको सहयोगमा खोज तथा उद्धार र आपतकालीन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter