०९ चैत २०८२

प्रदेश

बाबुको किरिया गर्दै १५ वर्षीया किशोरी

भरतपुर, १७ फागुन ,, भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । उहाँका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । गोरखाको पालुङटार घर...बाँकी अंश →


आलेख ः विकास भनेकै बाटो

नारायणपुर, १७ फागुन ,, दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर, स्थानीय सरकार गठन भएपछि पहिलो प्राथमिकता सडक निर्माणले पायो । अहिले टाकुरा गाउँमा पहिलो पटक गाडी पुगेको छ ।...बाँकी अंश →


धार्मिक पर्यटनको केन्द्र बाबा बर्दगोरिया धाम

परासी, १६ फागुन ,, आध्यात्मिक सुखको अनुभूति गराउने चुरे पहाडको काख हो बाबा बर्दगोरिया धाम । थरीथरीका रङ्गीबिरङ्गी फूल र चराचुरुङ्गीको कुहुकुहुबाट गुञ्जायमान हुने यो ठाउँ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ११ केरावानीमा अवस्थित छ । शिवभक्त नन्दीकेश्वरको तपोभूमिको रुपमा परिचित यो धामको दाहिनेतर्फ पानभार नदी र बाँयातर्फ भूमही...बाँकी अंश →


हिमपातले यातायात ठप्प

सोलुखुम्बु, १६ फागुन ,,  जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करीब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रराज बास्तोलाले बताउनुभयो ।...बाँकी अंश →


मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त

पोखरा, १६ फागुन ,,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति पोखरा उद्योग वाणिज्य सङ्घले दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सङ्घका महासचिव अर्जुन पोखरेलले आज विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीको निधनले सङ्घ, कास्कीवासी र समग्र राष्ट्रले भरोसायोग्य राजनेता, एक...बाँकी अंश →


रवीन्द्र स्मृति उद्यान नामकरण

चिप्लेढुङ्गा, १६ फागुन  ,, पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअध्यक्ष एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले...बाँकी अंश →


प्रदेशसभाको बैठक स्थगित

धनगढी, १६ फागुन ,,  सुदूरपश्चिम प्रदेशसभाको आजका लागि आह्वान गरिएकोे बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ । बैठकका लागि छलफलको विषय नभएको अवस्थामा राष्ट्रिय शोकसमेत परेकाले सभामुखको आग्रहमा आजका लागि तोकिएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो । अर्कोे बैठक यही फागुन २१ गते मङ्गलबार १...बाँकी अंश →


टेलिफोन सेवा अवरुद्ध

प्यूठान, १६ फागुन ९ ,,  जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो । फागुन ४ गते चट्याङले क्षति पु¥याएको बिटिएस टावर अझै बन्न सकेको छैन । सो टावरमा...बाँकी अंश →


विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद

पर्वत, १६ फागुन ,,  आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो । विगत एक वर्षदेखि...बाँकी अंश →


अधिकारीको निधनमा गण्डकीका सबै जिल्लामा शोकसभा गरिने

कास्की, १६ फागुन ,, ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि...बाँकी अंश →


मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

पोखरा, १६ फागुन ,,  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताउनुभएको छ । उहाँद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्री अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका...बाँकी अंश →


शहरी सुव्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्दै कामपा

काठमाडौँ, १६ फागुन ,,   काठमाडौँ महानगरपालिका र महानगरीय प्रहरी परिसर, काठमाडौँबीच शहरी सुव्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ एक कार्यक्रममा कामपाका तर्फबाट सहसचिव टोकराज पाण्डे र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कापमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter