०९ चैत २०८२

प्रदेश

बक्यौता नतिर्नेको लाइन काटियो

दमौली, २९ फागुन ,,  नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो । साठी दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव...बाँकी अंश →


रोकिएन नदीजन्य पदार्थको उत्खनन

राँझा, २९ फागुन ,,  राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय बासिन्दा चिन्तित हुन पुगेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउँक्षेत्र नजिकै राप्ती नदीबाट अवैधरूपमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको छ । यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा मानवबस्ती, खेतीयोग्य जमीनमा...बाँकी अंश →


सडक छेउमै शवगृह, दुर्गन्ध फैलियो

परासी, २९ फागुन ,,  पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ । पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ । दुर्गन्धका कारण...बाँकी अंश →


प्राथमिकतामा कृषि विकास कार्यक्रम

नेपालगञ्ज, २९ फागुन ,,  बर्दियाको बढैयाताल गाउँपालिका माछा उत्पादन र व्यावसायिक तरकारी खेतीको मुख्य क्षेत्रका रुपमा चिनिदै आएको छ । माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ र व्यावसायिक रुपमा तरकारी खेती पनि हुँदै आएको छ । तर अधिकांश किसान अहिले पनि परम्परागत तरिकाबाट खेती गर्दै आएका छन् । गाउँपालिकाले यो वर्ष...बाँकी अंश →


विजयनगर गाउँपालिका को चौँथो गाउँ सभा सम्पन्न

कपिलवस्तु / संवाददाता फागुन २८ कपिलवस्तुको विजयनगर गाउँपालिकाको आज चौँथो गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरु गाउँसभामा बाट पारित गरेको छ । जस अन्तरर्गत ,कर सम्बन्धी र न्यायीक सम्बन्धी विविध योजनाहरु ल्याएको हो । गाउँ सभाले साक्षरता अभियान,जनता उद्घार उपचार कोष,महिला समुह सहकारी चालु कोष...बाँकी अंश →


प्रदेशसभा बैठक

विराटनगर, २८ फागुन ,,  ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पायो । प्रदेश नं–१ को प्रदेशसभा नियमावली २०७४ को नियम ९३(२) बमोजिम सो विधेयकमा प्रदेशसभा सदस्यहरु केदार कार्कीले सहकारी नहुनेलाई हुने बनाउनेतर्फ केन्द्रित रहनुपर्छ भन्दै यो विधेयकमा अझ विचार परिस्कृत गरिनुपर्ने कुरामा...बाँकी अंश →


बृहत् सामाजिक सुरक्षा कार्यक्रम

गाईघाट, २८ फागुन ,,  उदयपुर जिल्लाको बेलका नगरपालिकाले पहिलोपटक नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिकाभित्रका जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको सेवाको अनुभूति गराउन र लोककल्याणकारी सेवा प्रदान हुने गरी विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरभित्रको जुनसुकै उमेरका नागरिक भएपनि कुनै बिरामी भएर...बाँकी अंश →


विद्यालय पुनः निर्माण सम्पन्न

तनहुँ २८ फागुन ,,  भूकम्पले क्षति पु¥याएकामध्ये १६५ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । शिक्षा विभाग र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट १४५ र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट २० गरी कुल १६५ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको हो । तनहुँमा प्रावि, निमावि र मावि गरी कूल ४८६ सामुदायिक विद्यालय रहेकोमा भूकम्पबाट २९१...बाँकी अंश →


‘सबैको सहकार्यले सुखी नेपाली, समृद्ध नेपाल’

दमौली, २८ फागुन  ,,  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेकाले त्यसतर्फ अगाडि बढ्न सबै तहका सरकारबीच हातेमालो...बाँकी अंश →


छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री हुनुपर्छ

रुपन्देही, २८ फागुन ,, प्रदेश नं ५ सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री बनाउन सरोकारवालाले सुझाव दिएका छन् । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले आज बुटवलमा आयोजना गरेको “छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक” माथिको अन्तरक्रिया कार्यक्रममा उनीहरुले मिडिया बलियो भएमात्र सरकार...बाँकी अंश →


केबलकारका लागि पूर्वाधार बन्दै

दमौली, २८ फागुन ,,  तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना बनाएको हो । बन्दीपुर केबलकार प्रालिले निर्माण शुरु गरेको केबलकारको काम...बाँकी अंश →


सामाजिक सुरक्षा भत्ता घरघरमै

खस्यौली, २८ फागुन ,,  बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter