०९ चैत २०८२

प्रदेश

गोरखा भूकम्पको परकम्प

काठमाडौँ, ४ चैत ,, आज बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्प भएको छ । मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । –––बाँकी अंश →


दुई गाउँपालिकाको सीमा विवाद टुङ्गियो

लमही, ४ चैत  ,,  दाङको दुई गाउँपालिकाको सीमामा उत्खनन विवाद छलफलबाट टुङ्ग्याइएको छ । राप्ती गाउँपालिकाले राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न गरेको ठेक्का आह्वान गरेको क्षेत्र गढवा गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भनेपछि विवाद सिर्जना भएको थियो । आइतबार आयोजित बैठकमा भएको सहमतिअनुसार राप्ती गाउँपालिकाले उक्त नदीको चार स्थानमा वातावरणीय...बाँकी अंश →


जनप्रतिनिधिको यातायात सुविधाको रकम जनताको सेवामा

गाईघाट, ४ चैत ,,  स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय गरेका छन् । जिल्लाकोे चार नगरपालिका र चार गाउँपालिकामध्ये चार नगरपालिकाले यसअघि नै प्रमुख...बाँकी अंश →


अवैधरूमा राखिएका हतियार बुझाए कारवाही नहुने

पाल्पा, ४ चैत ,,  अवैधरुपमा रहेका हातहतियार सरकारलाई बुझाउन आदेश गरिएको छ । समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा...बाँकी अंश →


पुर्जा भएको जमीन भारतीयको कब्जामा

भीमदत्तनगर, ४ चैत ,, आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन ।उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं २०५८ मा...बाँकी अंश →


जातीय छुवाछूत अन्त्यका लागि पैदलयात्रा

कञ्चनपुर, ४ चैत ९ ,, जातीय छुवाछूत अन्त्यका लागि होमराज आचार्य र अशोक दर्नालले कञ्चनपुरको भीमदत्तनगर बजारको मदन चोकबाट आइतबारदेखि ‘नेपाल पैदलयात्रा २०७५’ शुरु गर्नुभएको छ ।प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पैदलयात्राका सहभागीलाई फूलमाला र खादा ओढाइ ब्यानरमा हस्ताक्षर गरेर यात्रा शुभारम्भ गर्नुभयो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले...बाँकी अंश →


इच्छाकामना मन्दिर पुनःनिर्माण गरिँदै

मुग्लिन, ३ चैत ,,  चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा रहेको पवित्र धार्मिकस्थल इच्छाकामना माई मन्दिरको पुनःनिर्माण गरिने भएको छ । अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम शुरु गरिएको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माणका लागि प्रदेश सरकारबाट रु ५० लाख मन्दिर पुनःनिर्माणका लागि बजेट...बाँकी अंश →


विद्यालयमा बौद्ध शिक्षा लागू हुने तयारी

जीतपुर, ३ चैत ,,  कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू गरिने भएको छ । बुद्धले २९ वर्ष बिताएको ठाउँको रुपमा परिचित प्राचीन कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभूत तहका पाठ्यक्रममा बौद्ध शिक्षा र कपिलवस्तुसम्बन्धी विषयलाई पाठ्यक्रममा उर्ताने गरी अहिले तयारी अगाडि बढेको छ । बुद्धसँग सम्बन्धित ऐतिहासिक, पुरातात्विक...बाँकी अंश →


इष्टर्न हाइड्रोपावरको शेयर खुला

भोजपुर, ३ चैत ,, पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ । प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता...बाँकी अंश →


महासङ्घ झापाको तालाबन्दी खुल्यो

बनियानी, ३ चैत ,,  नेपाल पत्रकार महासङ्घ झापा शाखाको तालाबन्दी खुलेको छ । सदस्यता नवीकरणसम्बन्धी विवादका कारण गत माघ २९ गते प्रेस चौतारी झापा र नेपाल आदिवासी–जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले महासङ्घको कार्यालयमा तालाबन्दी तथा प्रेस युनियन झापाले ध्यानाकर्षण गराएको थियो । आज विर्तामोडमा बसेको संयुक्त बैठकबाट सहमति जुटेसँगै तालाबन्दी...बाँकी अंश →


गाईको सट्टामा भ्रुण ल्याउनुपर्छ

चितवन, ३ चैत  ,,  विदेशबाट गाई झिकाउन उपयुक्त नहुने विज्ञले सुझाव दिएका छन् । सरकारले चीनबाट गाई ल्याउने तयारी गरिरहेका बेला गाईको नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न क्रियाशील विज्ञले गाईको सट्टामा भ्रुण ल्याउनुपर्ने बताएका हुन् । गाईको तुलनामा निकै सस्तो, सजिलो र वातावरणमा घुलमिल गराउनसमेत सहज हुने भएकाले...बाँकी अंश →


अस्पताल वरपर मदिरा निषेध

ओखलढुङ्गा, ३ चैत  ,,  ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ । लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो । स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्षेत्र हो भनेर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter