०९ चैत २०८२

प्रदेश

विप्लव समूहका सात नेता पक्राउ

चितवन, १३ चैत ,,  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट...बाँकी अंश →


अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ

गलकोट, १३ चैत ,, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । धवलागिरि अञ्चल अस्पताल बागलुङको आज अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने बताउनुभयो । उहाँले हरेक संस्था सबल हुनका लागि व्यवस्थापन, जनशक्ति,...बाँकी अंश →


पार्टी एकता टुङ्ग्याउन नेकपाद्वारा कार्यदल गठन

गलेश्वर, १३ चैत ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ । मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो । बैठकले...बाँकी अंश →


भाइरल ज्वरोको सङ्क्रमण

डडेल्धुरा, १३ चैत ,, मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक...बाँकी अंश →


मिथेन ग्यास उत्खनन गरिँदै

दैलेख, १३ चैत ,,  पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्कालीन प्रधानमन्त्री केपी...बाँकी अंश →


खेलमैदानसहित पार्क बनाउन जग्गा दान

दमौली, १२ चैत ,, तनहुँको भिमाद नगरपालिका–९ निवासी दिलबहादुर थापाले सोही वडाको पाथर्दी गाउँलाई तीन रोपनी ९ आना जग्गा दान गर्नुभएको छ । खेलमैदानसहित पार्क निर्माणका लागि थापाले करीब रु १० लाख बराबरको जग्गा खरीद गरी पाथर्दी गाउँलाई दान गर्नुभएको हो । काठमाडाँैमा अपार्टमेन्टको व्यवसाय गर्नुभएका उहाँले आफ्नो गाउँको विकासका...बाँकी अंश →


पर्यटकीय गन्तव्य बन्दै रानी झरना

पाल्पा, १२ चैत ,,  जिल्लाको तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित रानी झरना र तल निलो आकर्षक पोखरी छ । प्राकृतिक रूपमा रहेको झरना र पोखरीले आन्तरिक पर्यटनलाई लोभ्याउँछ । करीब १० वर्षअघि मात्र स्थानीय बासिन्दाले झरना र पोखरीका विषयमा थाहा भएको हो । घाँसदाउरा गर्ने मानिसले देखे पनि यसको प्रचारप्रसार हुन नसक्दा...बाँकी अंश →


एक वर्षमा आठ गिद्ध मृत भेटिए, संरक्षणको माग

पशुपतिनगर, १२ चैत ,,  इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् । खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको गिद्ध मृतावस्थामा भेटिएका छन् । सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सीमा एक वर्षअघि आठ गिद्ध मृत भेटिए । हुल बाँधेर...बाँकी अंश →


हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा

हुम्ला, १२ चैत ,, यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका...बाँकी अंश →


जिम्मेवारी बाँडफाँड नहुँदा सेवा प्रवाहमा अन्योल

जनकपुरधाम, १२ चैत ,,  प्रदेश नं २ को स्थानीय तहमा न्यायिक कार्यसम्पादन, सार्वजिनक खरीद प्रक्रिया, पदाधिकारीको जिम्मेवारी बाँडफाँड, सूचना प्रवाह र विकास कार्यमा नागरिक संलग्नताका विषयमा अन्योल देखिएको छ । सेन्टर फर मिडिया फ्रिडमद्वारा सोमबार यहाँ आयोजित छलफल कार्यक्रममा स्थानीय तहका पदाधिकारीले सेवा प्रवाहमा अन्योल विद्यमान रहेको खुलासा गरेका हुन्...बाँकी अंश →


ब्रेललिपिका विद्यार्थीलाई परीक्षा दिन समस्या

हुम्ला, ११ चैत ,,  बे्रललिपिको माध्यमबाट अध्ययन गरेका विद्यार्थीलाई स्वस्र्फुत रुपमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन समस्या भएको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका न्यून दृष्टियुक्त विद्यार्थीलाई एसइईमा ब्रेललिपि र कम्प्युटरबाट परीक्षा दिने व्यवस्था नहुँदा उनीहरुलाई समस्या परेको हो । त्यो व्यवस्था नहुँदा उनीहरुलाई सहयोगीको भरमा...बाँकी अंश →


अख्तियारको उजुरी फछ्र्याैट

बुटवल, ११ चैत ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले चालू आर्थिक वर्ष २०७५÷०७६ को आठ महीनामा झण्डै ५० प्रतिशत भ्रष्टाचारका उजुरीको फछ्र्याैट गरेको छ । आयोगमा विभिन्न तहबाट आएका एक हजार एक वटा प्रारम्भिक उजुरीमध्ये चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४९२ उजुरी फछ्र्याैट गर्न सफल भएको आयोगको बुटवल कार्यालयले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter