०९ चैत २०८२

प्रदेश

मुख्यमन्त्री शाहीद्वारा राष्ट्रिय नदी शिखर सम्मेलन उद्घाटन

सुर्खेत, १४ चैत ,,  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एतिहासिक कर्णाली नदीलाई महत्व दिएर यसै प्रदेशमा आयोजित ‘तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन २०१९’ ले यो प्रदेशको साथै सिङ्गो नेपालको विकास र पर्यावरण संरक्षणमा सघाउ पुग्ने बताउनुभएको छ । आज यहाँ उक्त सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नदीको बहुउपयोगका लागि सबैले...बाँकी अंश →


अपाङ्गता भएका व्यक्तिका लागि पुनःस्थापना कक्ष

डोटी, १४ चैत ,,  जोरायल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक जोरायल गाउँपालिकामा प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको हो । जोरायल गाउँपालिका र युएमएन डोटीको सहयोगमा अपाङ्ग सेवा सङ्घ डोटीले पुनःस्थापना कक्षको स्थापना गरेको...बाँकी अंश →


पक्षी तथा जनावर अनुसन्धानको केन्द्र बन्दै दाङ

लमही, १४ चैत ,, पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ । देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ । देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथा विदेशबाट विद्यार्थी तथा...बाँकी अंश →


तीन कार्यकर्ताद्वारा समूह परित्याग

गोरखा, १४ चैत ,,  गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् । विज्ञप्तिमा समूहले पछिल्लो समय...बाँकी अंश →


पर्यटक लोभ्याउँदै इर्लुङ झरना

पाथर्दी (तनहुँ), १४ चैत ,, स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो । स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना...बाँकी अंश →


बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

गाईघाट, १४ चैत ,, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ...बाँकी अंश →


स्वास्थ्य कार्यालयको उद्घाटन

बेनी, १४ चैत ,, गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्घाटन गर्नुभयो...बाँकी अंश →


कृषिबाटै नाम, दाम र इज्जत

घोडाघोडी, १४ चैत ,,  गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढ्नुभएका...बाँकी अंश →


रु ४५ करोड आयात हुँदा निर्यात साढे तीन लाख मात्र

भजनी, १३ चैत ,,  चालू आर्थिक वर्षको पहिलो आठ महिनामा कैलालीस्थित सत्ती भन्सार कार्यालयबाट ४५ करोड मूल्य बराबरको सामान आयात भएको छ भने करीब साढे तीन लाख मूल्य बराबरको सामान मात्र निर्यात भएको छ । सरकारले चालू आर्थिक वर्षको शुरुमै सत्ती भन्सार कार्यालयलाई मुख्य भन्सार कार्यालयको रुपमा स्तरोन्नति गरेको थियो...बाँकी अंश →


पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ

सप्तरी, १३ चैत ,, एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अराोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ । चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको...बाँकी अंश →


चन्द समूहका तीन पक्राउ

राँझा, १३ चैत ,,  जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नियन्त्रणमा पर्नेमा समूहका तथाकथित जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटीका...बाँकी अंश →


लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’

बाँके, १३ चैत ,, प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ । बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter