
चितवन, १८ चैत ,, भूकम्पका कारण क्षति पुगेर लाभग्राहीको सूचीमा नपरेकाको लागि लक्षित गर्दै छुट तथा पुनःजाँच निरीक्षण कार्यक्रम शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यक्रमअन्तर्गत आइतबारबाट जिल्लाका सबै तहमा १३ जना प्राविधिक कर्मचारी खटिएका हुन् । जसअन्तर्गत छुट तथा...बाँकी अंश →

तौलिहवा, १८ चैत ,, कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ...बाँकी अंश →
बागलुङ, १८ चैत ,, जिल्लाका ७९६ भूकम्पपीडितले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराउनेमा लगत सङ्कलनमै छुटेकादेखि सर्वेक्षण भए पनि लाभग्राहीमा पर्न नसकेकासम्म छन् । प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण गर्ने भएपछि गुनासा थप बढ्ने देखिएको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकाबाट ३११ ले गुनासा दर्ता...बाँकी अंश →

गोरखा, १८ चैत ,, गोरखा नगरपालिका–३ नारेश्वरमा करीब रु ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ । भूकम्पले क्षति पु¥याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । कूल रु ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद आचार्यले...बाँकी अंश →

कपिलवस्तु/ संवाददाता चैत्र १७ संघिय समाजवादी फोरम नेपाल कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिका मा विधिवत रुपमा वडा अधिवेशन चलिरहेको छ। जस्मा कृष्णानगर नगरपालिका मध्ये वडा नं १,५,६,७ र ८ विजयनगर गाउँपालिका मा वडा नं १,२,५,६, र ७ साथै शिवराज नगरपालिका मध्ये ६,७,८ र ९ वडा...बाँकी अंश →

हेटौँडा, १७ चैत ,, हेटौँडा अस्पतालबाट प्रदेश नं ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम नमूनाको रुपमा शुरु भएको छ । प्रदेश सरकारले शुरु गरेको जनता स्वास्थ्यपरीक्षण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन विभिन्न किसिमका नौलो कार्यक्रम शुरु गरेको बताउनुभयो । “तीस देखि...बाँकी अंश →

राँझा, १७ चैत ,, बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा रुपान्तरण भएको छ । विसं २०७५ भदौ २२ गते नेपाल सरकार मन्त्रिपरिषद्ले बागेश्वरी क्याम्पसलगायत १० वटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरे बमोजिम शुक्रबारदेखि बागेश्वरी बहुमुखी क्याम्पसले मध्यपश्चिम विश्वविद्यालयको सातौं आङ्गिक क्याम्पसको रुपमा मान्यता पाएको हो ।...बाँकी अंश →

सुर्खेत, १७ चैत ,, जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको...बाँकी अंश →

गलेश्वर, १७ चैत ,, पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाअन्तर्गत विभिन्न वडामा बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प शुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो । बच्चा जन्मिएको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था पत्ता लगाउन...बाँकी अंश →
नवलपरासी, १७ चैत ,, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् । सुस्ता पुग्न नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलसमेत निर्माण अलपत्र पर्नु र यसबाहेक नागरिकता, जग्गाधनी पुर्जा, शिक्षा, स्वास्थ्य, बिजुलीबत्तीलगायत चौतर्फी समस्या समयमै हल गर्न राज्य पक्षले बेवास्ता...बाँकी अंश →

जाजरकोट, १७ चैत ,, कारागारमा जेल जीवन बिताइरहेका दर्जनाँै कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु साथीसँग रमाइरमाई विभिन्न घरेलु वस्तु निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने...बाँकी अंश →
पर्वत, १७ चैत ,, जिल्ला प्रशासन कार्यालय पर्वतले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दाहरु महत्वका साथ उठिरहेको बेला जिल्ला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रवाहलाई महिलामैत्री...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: