०९ चैत २०८२

प्रदेश

विस्थापित परिवारलाई लालपूर्जा

रसुवा, १८ चैत ,,  विसं २०७२ वैशाख १२ को भूकम्पबाट विस्थापित तिरु र गोगनेका जोखिमयुक्त बस्तीका भूकम्पपीडित लाभग्राहीलाई तिरुमा एकीकृत बस्ती विकास गरि पुनःस्थापना गरिने भएको छ । यसका लागि १०९ विस्थापित परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जग्गा खरीद गरी लालपूर्जा वितरण गरिएको छ । प्रतिनिधिसभा सदस्य मोहन आचार्य, प्रदेशसभा सांसद...बाँकी अंश →


क्षणभरमै खोसिएको खुसी

काठमाडौँ, १८ चैत ,, दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो...बाँकी अंश →


पत्रकार खड्काको खोजी गर्न टोली गठन

डोटी, १८ चैत ,, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका साधारण सदस्य तथा पत्रकार तेजबहादुर खड्का(तेजु)को खोजीका लागि टोली गठन गरिएको छ । खड्का बेपत्ता भएको करीब आठ महीना पुग्नै लाग्दा पनि उहाँको अवस्था कसैले पत्ता लगाउन नसकेपछि महासङ्घ जिल्ला शाखाले एक टोली गठन गरी घटनाको अध्ययन गर्ने तयारी गरेको हो...बाँकी अंश →


हुरि पिडितलाई एक दिनकाे तलब दिने निर्णय

  कृष्णनगर , चैत्र १८ । प्रदेश नम्बर २ मा हुरिले गरेकाे धनजन क्षतिप्रति दुख व्यक्त गर्दै कृष्णनगर नगरकार्यपालिकाले सबै कार्यपालिका सदस्यहरुकाे एकदिनकाे तलब पिडित परिवारलाई दिने निर्णय गरेकाे छ । हिजाे प्रदेश नम्बर २ काे बारा र पर्सा जिल्लामा अाएकाे हुरिले ज्यान गुमाएका र घाईते परिवारप्रति दुख व्यक्त गर्न...बाँकी अंश →


बर्डफ्लुको आशङ्का सात हजार चल्ला नियन्त्रणमा

गोरखा १८, चैत ,,  भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा गएराति सदरमुकाम भित्र्याउँदै गरिएका सात हजार भन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो । सदरमुकामतर्फ ल्याइँदै गरिएका दुई गाडीबाट...बाँकी अंश →


प्रभावकारी बन्दै २० किलो चामल कार्यक्रम

जुम्ला, १८ चैत ,, सरकारले कर्णालीवासीलाई जन्म र मरणमा निःशुल्क वितरण गर्दै आएको २० किलो चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सेवाग्राहीले चामल लिन आएवापत ज्यालासमेत पाउने गरेका छन् । घोषणाताका अर्थात दुई वर्षअघि कार्यक्रम निकै आलोचना भएको र विवादमा समेत आएको थियो, तर पछिल्लो समय जन्म र मरणमा...बाँकी अंश →


ग्यास सिलिण्डर पड्किँदा चार घाइते

सर्लाही, १८ चैत ,,  हरिपुर नगरपालिका–९ पिडारी बजारमा आज बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् । बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएको छ । बजारमा फोहर नष्ट गर्न बालिएको आगो हावाहुरीले छेउमै रहेको खुश्वु फर्निचर उद्योग...बाँकी अंश →


सफाइ अभियानमा ९२ वर्षीया मङ्गली

चिप्लेढुङ्गा, १८ चैत ,, पोखरा सुन्दर छ, सफा छ, घुम्न आउनेहरु भन्ने गर्छन् । शहर सफा राख्न र सुन्दरता जोगाउनुपर्छ भनेर हरेक हप्ता हातमा कुचो बोकेर सफा गर्न सडकमा निस्कने अभियानकर्मीको पनि कमी छैन । ‘सके सफा गरौँ, नसके फोहोर नगरौँ’ ‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराकासाथ सडकमा...बाँकी अंश →


प्रदेशसभाबाट पाएको सेवा सुविधा सामाजिक काममा

पोखरा, १८ चैत ,, नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थापाले विसं २०७४ माघ महीनादेखि २०७५ माघसम्म आफ्नो...बाँकी अंश →


बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै

भरतपुर, १८ चैत ,, तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो । चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी...बाँकी अंश →


पत्रकार अधिकारी पक्राउ

कास्की, १८ चैत ,, नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । आज बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुग्नुभएका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी...बाँकी अंश →


मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

धनुषा, १८ चैत ,, गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter