
काठमाडौँ, २ असार ,, संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिनुभयोे । सांसद उमाशङ्कर अरगरिया, कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा...बाँकी अंश →

काठमाडौँ, २ असार ,, सांसद दिलेन्द्रप्रसाद बढूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । केही दिन पहिले उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेस भएको थियोे । प्रतिनिधिसभाको आजको बैठकको शुरुआतमा नेपाली काङ्ग्रेसका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसद बढूलाई बोल्न समय उपलब्ध गराउनुभएपछि उहाँले उक्त विधेयक...बाँकी अंश →

नेपालगञ्ज, २ असार ,, कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक स्तर राम्रो बनाउन बर्दियामा एक वर्षदेखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा रहेको छ । बाँकेमा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई गत साउन महीनादेखि बर्दियामा सो कार्यक्रम सञ्चालनको जिम्मेवारी दिएको हो ।...बाँकी अंश →

रामपुर, २ असार ,, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशको आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुने बताउनुभएको छ । आइतबार प्रदेशसभामा प्रस्तुत बजेट सम्बन्धमा नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले आवश्यक कानूनमध्ये कतिपय बनिसकेको तथा केही बन्ने क्रममा रहेका कारण...बाँकी अंश →

रामपुर, २ असार ,, पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन् । स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र दानकुमारीसिं ठकुरीलाई उपचारपछि...बाँकी अंश →

जीतपुर,२ असार ,, केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । यही असार...बाँकी अंश →

ललितपुर, २ असार ,, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा फूल फुल्ने र नफुल्ने करीब एक लाख ६५ हजार बिरुवा सुकाएर नमूना सङ्कलन गरी राखिएका छन् । नेपालमा पाइने सम्पूर्ण वनस्पति प्रजातिको विवरण कागजमा टाँसी वैज्ञानिक नाम र परिवार उल्लेख गर्दै अध्ययन, अनुसन्धान, अभिलेखीकरण...बाँकी अंश →
उर्लाबारी, २ असार ,, मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गए राति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रङ्गेली–डाइनिया सडकखण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ११७८ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को२त २३२० नंको ट्र्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक भोजपुर...बाँकी अंश →

पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको...बाँकी अंश →
हेटौँडा २ असार ,, चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ । मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →

मेलम्ची, असार २ ,, मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी...बाँकी अंश →

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको दोस्रो वर्षको परीक्षा इस्लाम धर्मावलम्बीहरूको महानपर्व ईदुल अजहाको दिन राखेको प्रति असन्तुष्टि जनाउदै ‛कन्फिडेन्स नेपाल' ले आज मुस्लिम आयोगको अध्यक्ष शमीम मिया अंसारीको ध्यानाकर्षण गराएको छ । यही आउदो साउन महिनाको २६,२७ र २८ गते इस्लाम धर्मावलम्बीहरूको ३ दिन सम्म धूमधाम सहित मनाईने (ईदुल अजहा) बक्रईद...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: