काठमाडौँ, २३ असार ,, परराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले सरकारको एक्लो प्रयासबाट मात्र नभई सबैको सहयोगमा मुलुकको परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्ध निर्भर रहने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत परराष्ट्र मन्त्रालयको विभिन्न शीर्षकमा सांसादहरूले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । पराष्ट्रमन्त्री ज्ञवालीले...बाँकी अंश →

हेटौँडा, २३ असार ,, हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने सडक विभागको निर्णयपछि यसक्षेत्रमा सबैले आ–आफ्नो धारणा राख्न थालेका छन् । सडक विभागले गत असार ७ गते सडक सीमाभित्रको संरचना हटाउन भन्दै सूचना निकालेपछि यस विषयमा आम हेटौँडावासीको ध्यान खिचिएको छ । डिभिजन सडक कार्यालय मकवानपुरले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन...बाँकी अंश →
काठमाडौँ, २३ असार ,, गृहमन्त्री रामबहादुर थापा बादलले समग्र शान्तिसुुरक्षालाई थप बलियो बनाई सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने बताउनुभएको छ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले निर्मला पन्तलगायतको हत्यामा संलग्नलाई कानूनी कठघरामा ल्याउने कार्यमा सरकार लागिरहेको बताउनुभयो । सुरक्षा निकायको आवश्यकतानुसार...बाँकी अंश →
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुन लागेको केबलकारको ‘बटम स्टेशन’ भवन निर्माण शुरु भएको छ । केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले निर्माण गर्न लागिएको उक्त भवन आज शिलान्यास गर्नुभएको हो । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा रु १८ करोड ५५ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त...बाँकी अंश →
काठमाडौँ, २३ असार ,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले शिक्षाको गुणस्तर सुधार्न पाठ्यक्रमलाई समयानुकूल बनाइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले विद्यालय जाने उमेरका सबै बालबालिकालाई शिक्षा दिने उद्देश्यसहितको राष्ट्रिय अभियान अगाडि बढाइएको बताउनुभयो ।...बाँकी अंश →

काठमाडौँ, २३ असार ,, मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त...बाँकी अंश →
दमौली, २३ असार ,, तनहुँको बन्दीपुर गाउँपालिका–१ चिसापानीमा गाउँपालिकाको आन्तरिक बजेटबाट बसपार्कको नक्साङ्कन र पर्खाल निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलका अनुसार पृथ्वीराजमार्गदेखि बसपार्कसम्म पुग्ने ५०० मिटर बाटोमा पर्खाल लगाइएको छ । ग्राभेल, नाला निर्माण, जग्गा सम्याउने, ढलान गर्ने लगायतका काम गर्न बाँकी रहेको पोखरेलले...बाँकी अंश →
सार्वजनिक गरिएको राष्ट्रिय आर्थिक गणना—२०७५ का अनुसार बाँकेमा अठार हजार ६६६ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । ती व्यावसायिक प्रतिष्ठानमा ४४ हजार ३३३ पुरुष र २० हजार ५४९ महिला गरी कूल ६४ हजार ८८२ जनाले रोजगारी पाएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क कार्यालय बाँकेका प्रमुख पोमनारायण पौडेलले पछिल्लो समय बाँकेमा...बाँकी अंश →

काठमाडौँ, २३ असार ,, राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन...बाँकी अंश →

जाजरकोट, २३ असार ,, वर्षांैदेखि खानेपानी अभाव झेल्दै आएका भेरी नगरपालिका–१० नुवागाउँका स्थानीयवासी आफ्नो घरघरमा खानेपानी आएपछि खुशी भएका छन् । पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा जाजरकोट) कार्यक्रमबाट रु छ लाख ४९ हजारको बजेटबाट दुई वटा मुहान संरक्षण गरी नुवागाउँ खानेपानी योजना निर्माण तथा मुहान संरक्षण भएपछि स्थानीयवासी...बाँकी अंश →

काठमाडौँ, २३ असार ,, नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री भएको छ । यही असार ८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० सम्मका कृति बिक्री भएका थिए । रु तीनको महेन्द्र प्रकाशन मालादेखि रु...बाँकी अंश →

धनगढी, २३ असार ,, कैलाली जिल्लामा रासायनिक मल डिएपीको अभावका कारण कृषक समस्यामा परेपछि सरकारले रासायनिक मल आपूर्ति गर्न पहल गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको पहलमा डिएपी मल आपूर्ति भई आजबाट कैलालीको धनगढी र बौनिया गरी दुई ठाउँबाट बिक्री वितरण शुरु गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरेशनको धनगढी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: